राजनीति

जिल्ला प्रशासनलाई गृहको परिपत्र : नवरात्रमा शक्तिपीठ खोल्न नदिनू

जिल्ला प्रशासनलाई गृहको परिपत्र : नवरात्रमा शक्तिपीठ खोल्न नदिनू

राजनीति
काठमाडौं । गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी यस वर्षको नवरात्रमा कुनै पनि मठमन्दिर एवं शक्तिपीठ खोल्न नदिन निर्देशन दिएको छ । बिहीबार मन्त्रालयले सबै स्थानीय प्रशासनलाई परिपत्र जारी गरी मन्त्रिपरिषद्ले मठमन्दिर खोल्ने विषयमा कुनै पनि निर्णय नगरेकोले दशैंमा शक्तिपीठमा नित्यपूजाका लागि बाहेक प्रवेश नदिन निर्देशन दिएको हो । गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले शक्तिपीठ खुला गर्दा कोरोनाको प्रसार झनै बढ्नेबारेमा स्वास्थ्य मन्त्रालयको समेत चासो रहेको र मन्त्रिपरिषद्ले समेत धार्मिक क्षेत्र खुला गर्ने निर्णय नगरेकोले सोही अनुसार परिपत्र गरिएको जानकारी दिए । असोजको दोस्रो साता शक्तिपीठ एवं देवालय खोल्न आग्रह गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सीसीएमसीमा प्रस्ताव पठाएको थियो । मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले आफूहरुले शक्तिपीठ खोल्नेबारे...
सचिवहरुको सरुवा, कुन मन्त्रालयमा काे ? (विवरणसहित)

सचिवहरुको सरुवा, कुन मन्त्रालयमा काे ? (विवरणसहित)

राजनीति
काठमाडौं । नवनियुक्त तीन मन्त्रीसहित बिहीबार बसेकाे मन्त्रिपरिषद् बैठकले करिब एक दर्जन सचिवहरुको सरुवा गरेको छ । नवनियुक्त तीन मन्त्रीले सपथ ग्रहण गरेकै दिन बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरुको सरुवा गरेपछि चर्चाकाे विषय बनेकाे छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ओलीले नयाँ मन्त्रीहरुलाई ढुक्कसँग काम गर्न सहयोग गर्ने बताए । कुन सचिवको सरुवा कहाँ ? प्रधानमन्त्री कार्यालयमा कार्यरत सचिव केदार न्यौपाने उपराष्ट्रपतिको कार्यालयमा सरुवा भएका छन् भने उपराष्ट्रपति कार्यालयका सचिव खगराज बराललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ । त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमलाई युवा तथा खेलकुद मन्त्रालयमा सुरुवा गरिएको छ । खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाको सार्वजनिक खरीद अनुगमन कार्यालयमा सरुवा भएका छन् । भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द...
कोरोनासँग जुध्दै आर्थिक क्रियाकलापलाई बढाउन अर्थमन्त्रीको निर्देशन

कोरोनासँग जुध्दै आर्थिक क्रियाकलापलाई बढाउन अर्थमन्त्रीको निर्देशन

राजनीति
काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना भाइरसको महामारीका कारण अन्य मुलुकमा झैँ नेपालको आर्थिक क्षेत्र पनि प्रभावित भएकाले यसविरुद्ध जुध्दै अगाडि बढ्नुपर्ने बताएका छन् । आफ्नो पद बहलीपछि बिहीबार मन्त्रालय र मातहतका निकायका प्रमुखलाई निर्देशन दिँदै उनले अर्थतन्त्रलाई थप सबल बनाउनुपर्ने भएकाले त्यसमा सबैको उत्तिकै साथ र सहयोग जरुरी रहेको बताए । कोरानाका कारण अन्तर्राष्ट्रिय र राष्ट्रिय अर्थतन्त्र तथा आर्थिक क्रियाकलाप सुस्त भएकाले यस्तो अवस्थामा आर्थिक क्रियाकलापलाई माथि उठाउनुपर्नेमा जोड दिँदै उनले अर्थतन्त्रलाई गतिशील बनाउँदै रोजगारी सिर्जना गरी आर्थिक वृद्धिमा समेत लाग्नुपर्ने बताए । सरकारको बजेट र मौद्रिक नीतिले लिएका लक्ष्य हासिल गर्न सबैको इमान्दार प्रयास जरुरी रहेकोमा जोड दिँदै उनले नागरिकको जीवनरक्षा गर्दै आर्थिक गतिविधिलाई बढावा दिनुपर्ने धारणा राखे । चालु आ...
चीनले मिचेको नेपाली भूमि फिर्ताको माग राख्दै नेवि संघद्वारा प्रदर्शन

चीनले मिचेको नेपाली भूमि फिर्ताको माग राख्दै नेवि संघद्वारा प्रदर्शन

राजनीति
दार्चुला । चीनले मिचेको नेपाली भूमि फिर्ताको माग राख्दै नेपाल विद्यार्थी संघले दार्चुलामा विरोध प्रदर्शन गरेको छ । हुम्लामा भएको चिनियाँ अतिक्रमणको विरोध गर्दै नेविसंघले सरकारविरुद्ध नाराबाजी गरेको हो । सीमा अतिक्रमणको विषयलाई सरकारले गम्भीर रुपमा नलिएको हुँदा आफूहरुले विरोध प्रदर्शनमा उत्रिएको नेविसंघ नेता सुरेन्द्र जोशीले जानकारी दिए । सरकार जनभावना अनुसार चल्न नसक्दा जनताले दुःख र सास्ती मात्र भोग्नु परेको उनले आरोप लगाए । नेविसंघका युवाहरुले सरकारविरुद्ध नाराबाजी गर्दै खलंगा बजार परिक्रमा गरेका थिए । उनीहरुले ‘बेसार होइन् पीसीआर, हत्या हिंसा बन्द गर । शान्ति सुव्यवस्था कायम गर, गो ब्याक चाइना, मिचिएको नेपाली भूमी फिर्ता गर’ त्रीभूवन विश्व विद्यालयमा नेविसंघलाई लगाइएको झुटा मुद्धा खारेज गर जस्ता नारा लगाएका थिए । विरोध र्‍यालीमा नेविसंघ, नेपाल तरुण दल र नेपाल दलित संघका कार्यकर्ता...
डा. भट्टराईकाे भन्छन् – अधिकार सम्पन्न लोकपाल बनाएर सम्पत्ति छानबिन गरौं !

डा. भट्टराईकाे भन्छन् – अधिकार सम्पन्न लोकपाल बनाएर सम्पत्ति छानबिन गरौं !

राजनीति
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजबादी पार्टी (जसपा) नेपालका नेता डा. बाबुराम भट्टराईले अधिकार सम्पन्न जनलोकपाल गठन गर्न प्रस्ताव गरेका छन् । बुढीगण्डकीमा ९ अर्ब अनियमितता प्रकरणमा प्रतिक्रिया दिँदै उनले अधिकार सम्पन्न जनलोकपाल गठन गरेर सबै उच्च पदासीनहरूको सम्पत्ति छानवीन गर्न प्रस्ताव गर्दै यसमा पूर्ण सहयोग गर्न र दोषी ठहरे दण्डित हुन तयार रहेको बताएका हुन् । डा. भट्टराईले गत विहिबार गोरखामा आयोजित कार्यक्रममा बुढीगण्डकीमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले ९ अर्ब अनियमितता गरेको दावी गरेपछि नेकपाले आज व्यक्तव्य निकालेर दिएको चुनौतीको जवाफ दिदै आफ्नो प्रतिक्रिया दिएका हुन् । साथै डा. भट्टराईले जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाउन आग्रह गरेका छन् ।...

कांग्रेसले भन्यो : हुम्लामा चीनले सीमा मिचेकै हो, सरकारको मौनता राष्ट्रघात

राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हुम्लामा छिमेकी देश चीनले नेपाली भूमि अतिक्रमण गरेको जिकिर गर्दै यस विषयमा सरकारी मौनता राष्ट्रघात भएको दावी गरेको छ । कांग्रेस केन्द्रीय सदस्य जीवनबहादुर शाहीसहितको टोलीले हुम्लाको लिमीमा २ किलोमिटरसम्म सीमा अतिक्रमण भएको फेला पारेको भन्दै कांग्रेसले सरकारको मौनता दुखद, लज्जास्पद र आपत्तिजनक भएको बताएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार विज्ञप्ति जारी गरी चीनले गरेको अतिक्रमण एक सार्वभौम राष्ट्र नेपालका लागि गम्भीर आपत्तिको विषय भएको बताएका छन् । ‘झनै आपत्ति, आश्चर्य र निन्दनीय विषय त नेपाल सरकारले गर्न खोजेको ढाकछोप र मौनता साथको राष्ट्रघात छ’ शर्माले भनेका छन् । कांग्रेसले सीमा अतिक्रमणको विषयमा तत्काल धारणा सार्वजनिक गर्न, राष्ट्रको साझा धारणा निर्माण गर्न, चीन सरकारसमक्ष ‘प्रोटेस्ट नोट’ पठाउन र कुटनैतिक संवाद मार्फत हल खोज्ने प...
मन्त्रिमण्डल हेरफेर: अर्थमा विष्णु पौडेल

मन्त्रिमण्डल हेरफेर: अर्थमा विष्णु पौडेल

राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेर गरेका छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिइएका छ। पुनर्गन भएकाे नयाँ मन्त्रीमण्डल अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव विष्णु पौडेल अर्थ मन्त्रीमा र सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा पार्वत गुरुङ नियुक्त भएका छन् । यस्तै सहरी विकास मन्त्रालयको जिम्मेवारी कृष्ण गोपाल श्रेष्ठलाई दिइएको छ । यस्तै लीला श्रेष्ठलाई महिला बालबालिका तथा सामाजिक विकास मन्त्री बनाइएको छ। बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानका धारा ७६ को उपधारा (९) बमोजिम सरकारको सिफारिसमा नयाँ मन्त्री नियुक्त गरेकी हुन् ।...
‘उत्तरी सीमामा अतिक्रमण राेक्न कर्णालीवासी एकजुट हुनुपर्छ’

‘उत्तरी सीमामा अतिक्रमण राेक्न कर्णालीवासी एकजुट हुनुपर्छ’

राजनीति
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उत्तरी सीमामा अतिक्रमण रोक्न कर्णालीवासी एकजुट हुनुपर्नेमा जोडदिएको छ। जिल्ला कार्य समिति कालिकोटका काँग्रेस नेता मोतिराज बमले वर्तमान कम्युनिष्ट सरकार सीमा संरक्षणको विषयमा दोहोरो नीति लिएको आरोप लगाए। कर्णाली प्रदेशको कालिकोट जिल्लामा सीमा अतिक्रमण विरुद्ध आयोजित कार्यक्रममा उनले भने,' हाम्रो देशको छिमेकी मुलुक भारत र चीन हुन्, यीनीहरूसँग राम्रो सम्बन्ध बनाउँनु पर्छ।' तर उत्तरी सीमा मिच्दा पनि सरकार चुप लागेर बसेको छ।' कर्णाली प्रदेशको सीमा चीन सँग मात्र जोडिएको छ, त्यसैले कर्णाली प्रदेशका जनता चिनियाँ अतिक्रमणविरूद्द एकजुट हुन जरूरी रहेको उनले बताए। उनले भने,' हुम्लामा चीनले खुलेआम सीमा मिचेर भवन बनाइ बस्दा पनि सरकार चुप लागेको बसेको छ।'उनले चिनियाँ अतिक्रमणविरूद्द कर्णाली बासीले शसक्त कदम चाल्न जरूरी रहेको बताए।...
अपराध रोक्ने रणनीति बनाउन गृहमन्त्रीको निर्देशन

अपराध रोक्ने रणनीति बनाउन गृहमन्त्रीको निर्देशन

राजनीति
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा 'बादल'ले कोरोनाका कारण उत्पन्न आर्थिक र सामाजिक असरले अपराधका घटना बढ्न सक्ने भएकाले त्यसलाई रोक्ने गरी सुरक्षा रणनीति बनाउन निर्देशन दिएका छन्। भर्चुअल रुपमा आज आयोजना गरिएको प्रदेश १ को प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री थापाले कोरोनाका कारण अपराधका नयाँ शैली बढ्न थालेकाले यसलाई रोक्ने गरी सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई निर्देशन दिएका हुन्। उनले भने, “नयाँ चुनौतीलाई सफलतापुर्वक सम्पन्न गर्न र जनताको जीउधनको सुरक्षा गर्न सुरक्षा रणनीति परिमार्जन गर्नुपर्छ, उच्चस्तरको सुरक्षा योजना र रणनीति बनाउन आजको गोष्ठीले सहयोग गर्ने छ ।” उनले पछिल्लो समय लैङ्गिक हिंसा र बलत्कारका घटना बढेको बताउँदै यस्ता घटनामा चनाखो र संवेदनशिल हुन निर्देशन दिए । गृहमन्त्री थापाले अन्तर्राष्ट्रिय सिमानाका बन्दलाई यथावत राख्ने निर्णय भएको जानकारी गराए । सी...
चीनले मिचेको भूमी फिर्ता माग्दै हिन्दु महासंघको र्‍याली

चीनले मिचेको भूमी फिर्ता माग्दै हिन्दु महासंघको र्‍याली

राजनीति
कपिलवस्तु । कपिलवस्तु जिल्लामा सरकार बिरुद्ध बिरोध प्रदर्शन भएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तु तौलिहवाको कार्यालय अगाडी बिरोध प्रदर्शन भएको हो । नेपाल बिश्व हिन्दू महासंघ जिल्ला कार्य समितीको आयोजनामा जिल्ला प्रशासनको अगाडि बिरोध प्रदर्शन भएको हो । विभिन्न माग र नाराका साथ उनीहरु बिरोध प्रदर्शन गरेका थिए । मिचिएको नेपाली भुमि फिर्ता गर, चिनिया अतिक्रमण बन्द गर, चौतर्फी सिमा सुरक्षा सुनिस्चित गर, चिनिया बिस्तारवाद मुर्दावाद, हिन्दू धर्म संस्कृति माथी हस्ताक्षेप बन्द गर, कोरोनाको बहाना दशै तिहार लाई निसाना बनाउन पाइदैन, मुर्ति बनाइ पूजा अर्चना एवम् बिसर्जन रोक्न पाइदैन, हिन्दु मठ मन्दिर र चाड पर्वले मात्र कोरोना फैलिन्छ सरकार ? जस्ता नाराले लेखिएका व्यानरका साथ प्रदर्शन गरेका हुन । प्रदेश महासचिव निरन्जन यादवको उपस्थिति र उदयभन यादवको अध्यक्षतामा गरिएको उक्त प्रदर्शनमा यदि सरकारले ...