राजनीति

कर्णाली प्रदेशकाे विवाद मिलाउन ओली र प्रचण्डबीच चार बुँदे सहमति

कर्णाली प्रदेशकाे विवाद मिलाउन ओली र प्रचण्डबीच चार बुँदे सहमति

राजनीति
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच कर्णाली प्रदेशको विवाद समाधानका लागि चार बुँदे सहमति भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच मंगलबार बिहान चार बुँदे सहमति भएको हो । प्रधानमन्त्री ओली र प्रचण्डबीच मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिने, कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री शाहीले हटाउने निर्णय बदर गर्ने, प्रमुख सचेतकमा मुख्यमन्त्री शाहीले नियुक्त गरेकी सीता नेपालीको निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने, र अनय विषयहरूमा सल्लाह र समझदारीका साथ आवश्यक निर्णय हुने भएको छ।  ...
विश्व मष्ट धर्म महासंघ गठन, अध्यक्षमा युवराज कार्की

विश्व मष्ट धर्म महासंघ गठन, अध्यक्षमा युवराज कार्की

राजनीति
काठमाडाैँ । मष्टलाई पूजा गर्ने खसहरुको एक भेलाले खस क्षेत्री एकता समाजका संस्थापक अध्यक्ष युवाराज कार्कीको अध्यक्षतामा ४७ सदस्यीय विश्व मष्ट धर्म महासंंघ केन्द्रीय समिति गठन गरेको छ । आइतबार आयाेजित जुम भर्चुअल बैठकले महासंघको उपाध्यक्षहरुमा शिवबहादुर बस्नेत, चुडामणि रेग्मी, बीरबहादुर शाही, मदनराज थापा, भीमबहादुर थापा, रघुबीर ठगुन्ना, भीम बर्मा, सागरराज क्षेत्री चयन गरेको छ । महासचिवमा प्रेमनारायण थापा, उपमहासचिवमा रामहरी कार्की, सचिवमा टेकबहादुर थापा र हरि क्षेत्री र कोषाध्यक्षमा राजेन्द्र खस छन् । सदस्यहरुमा लिला बस्नेत, परशुराम बस्नेत, अरुण क्षेत्री, विनोद बस्नेत, टंक थापा, डिलुकुमारी खड्का, इन्द्र्रबहादुर बराल, पृथ्वीनारायण कार्की, अनन्त कार्की, विरेश गोदार थापा, रामबहादुर जाग्री, रविन्द्र्र बस्नेत, नेत्रजंग कार्की, हरिबहादुर बस्नेत, निगमकुमार कार्की, तपेन्द्र क्षेत्री, रबिन बुढाथोकी...
सीडीओ र सुरक्षा प्रमुखलाई कार्यक्षेत्र नछाेड्न निर्देशन

सीडीओ र सुरक्षा प्रमुखलाई कार्यक्षेत्र नछाेड्न निर्देशन

राजनीति
काठमाडाैं । सरकारले देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला सुरक्षा प्रमुखहरूलाई चाडपर्वका बेला कार्य क्षेत्र नछाड्न निर्देशन दिएको छ । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले सोमबार एब विज्ञप्ति जारी गर्दै कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि आवश्यक निर्णय लिइनुपर्ने हुन सक्ने औंल्याउँदै दसैंको बेला बिदा नबस्न निर्देशन दिएका छन् । चाडपर्वका बेला आवागमन बढ्दा संक्रमणको जोखिम पनि वृद्धि हुन सक्ने गृहले औंल्याएको छ । ‘जोखिम नियन्त्रणका लागि समन्वयात्मक रूपमा हरसम्भव उपाय गर्न गराउन दसैं बिदाको अवधिमा प्रजिअ र सुरक्षा निकायका प्रमुखलाई जिल्ला नछाड्न निर्देशन दिइसकिएको छ,’गृहको विज्ञप्तिमा भनिएको छ । गृहको परिपत्रसँगै प्रजिअहरूलाई बिदा बस्न रोक लागेको छ । गृहले निर्देशन दिनुभन्दा अघि नै सुरक्षा निकायले मातहतका सबै युनिटलाई परिपत्र गरेर चाडपर्वमा कर्मचारीलाई बिदा नछाड्न सर्कु...
रामप्रसाद ओलीकाे अध्यक्षमा श्रम अदालत गठन

रामप्रसाद ओलीकाे अध्यक्षमा श्रम अदालत गठन

राजनीति
काठमाडौं । सरकारले न्यायाधीश रामप्रसाद ओलीकाे अध्यक्षतमा श्रम अदालत गठन गरेको छ । मपन्त्रिपरिषद्को असोज २९ गतेको बैठकले नेपालभरका श्रम सम्बन्धी मुद्दा हेर्ने गरी श्रम अदालत गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए । उच्च अदालत तुल्सीपुरका न्यायाधीश ओली अध्यक्ष छन् भने सदस्यहरुमा भोजपुर जिल्ला षडानन्द नगरपालिकका सदस्य प्रेम कुमार राई र म्याग्दी जिल्ला पुलाचौर गाविसका नीशा बाँनिया छन् । बैठकले नेपाली सेनाका प्राविधिक महसेनानी गजेन्द्रनाथ कर्माचार्यको पदावधि २०८० मंसिर २३ गतेसम्म र सहायक रथी सागरबहादुर केसीको पदावधि २०७८ पुष १९ गते सम्म थप गर्ने निर्णय गरेको छ ।...
मन्त्रिपरिषद्का निर्णयहरू (सूचिसहित)

मन्त्रिपरिषद्का निर्णयहरू (सूचिसहित)

राजनीति
काठमाडाैं । सरकारले सार्वजनिक सवारी साधनमा चैत ११ गतेअघिको भाडा लागू हुने निर्णय गरेकाे छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले असोज २६ र २९ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णय आज सार्वजनिक गर्दै सिट क्षमताभन्दा बढी यात्रु पनि राख्न नपाउने निर्णय गरेकाे जानकारी दिए । मन्त्रिपरिषद बैठकले विभिन्न सचिवहरुले सरुवा गरेको छ। नेपाल प्रवेशका लागि सीमा क्षेत्रहरु तोकेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई सरकारको प्रवक्ताको जिम्मेवारी पनि दिइको छ। मन्त्रिपरिषद बैठकका निर्णय यस्ता छन्...
प्रधानमन्त्री र मन्त्रीको दसैं भत्ता पनि कोरोना कोषमा जम्मा गरिने

प्रधानमन्त्री र मन्त्रीको दसैं भत्ता पनि कोरोना कोषमा जम्मा गरिने

राजनीति
काठमाडौं । सरकारले मन्त्रिपरिषद्का सबै सदस्य प्राप्त गरेकाे दसैं भत्ता वापतको रकम कोरोना कोरोना जम्मा गर्ने निर्णय गरेकाे छ । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुले दसैँ भत्ता वापतको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय भएको सोमबारको पत्रकार सम्मेलनमा जानकारी दिए । यसअघि कोरोना महामारीकाबीच सांसदहरुले दसैँ भत्ता लिएको समाचार बाहिरिएपछि नेकपा र काँग्रेसका सांसदहरुले पाएको दसैँ भत्ता वापतको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरिसकेको छ । यस्तै पार्टी निर्णयअघि नै केही सांसदहरुले स्वतस्फूर्त रुपमा रकम फिर्ताको घोषणा समेत गरेका थिए ।...
संकटकाल र कर्फ्यु लाग्ने सूचना तथ्यहीन, भ्रामक, निराधार हाे : गृह मन्त्रालय

संकटकाल र कर्फ्यु लाग्ने सूचना तथ्यहीन, भ्रामक, निराधार हाे : गृह मन्त्रालय

राजनीति
काठमाडौं । गृह मन्त्रालयले संकटकाल र कर्फ्यु लाग्ने भनेर फैलिएको सूचना गलत भएको जनाएकाे छ । सर्ट म्यासेज सर्भिस (एसएमएस) र सामाजिक सञ्जालमा संकटकाल र कर्फ्यु लाग्ने भनेर फैलिएको सूचना गलत भएको गृह मन्त्रालयले विज्ञप्ती जारी गरेर जानकारी गराएकाे हाे । गृह मन्त्रालयका प्रवक्ता सह–सचिव चक्रबहादुर बुढाले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै सूचना तथ्यहीन, भ्रामक, निराधार र गलत भएको जनाएका छन् । एसएमएस प्रकरणलाई गम्भीरतापूर्वक लिइएको भन्दै जारी विज्ञप्ती मार्फत नै आवश्यक अनुसन्धान प्रक्रिया समेत अघि बढाइएको उनले निर्देशन दिएका छन् । मन्त्रालयकाे सूचना यस्ताे छ...
ललिता निवास प्रकरण : गच्छदारको सम्पत्ति रोक्का

ललिता निवास प्रकरण : गच्छदारको सम्पत्ति रोक्का

राजनीति
काठमाडाैँ । बहुचर्चित ललिता निवास प्रकरणमा संलग्नको सम्पत्ति भाइरहेको छ । छानबिनका क्रममा पूर्वउपप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारको सम्पत्ति रोक्का गरिएको छ । सम्पत्ति शुद्धीकरण तथा अनुसन्धान विभागले काठमाडौँ, सुनसरी र मोरङमा रहेको उनको सम्पत्ति रोक्का गरेको हो । गच्छदारसहित ललिता निवास जग्गा प्रकरणमा संलग्नमाथि विभागले सम्पत्ति छानबिन गरिरहेको छ । उक्त प्रकरणमा संलग्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको यसअघि नै विभागले सम्पूर्ण सम्पत्ति रोक्का गरेको थियो । विभागले यसमा संलग्न पूर्वमन्त्री र कर्मचारीविरुद्ध छिट्टै मुद्दा दायर गर्ने तयारी गरेको स्रोतले जनायो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।...
चीनद्वारा सीमा निरीक्षणमा पुगेका परराष्ट्र मन्त्रीसहितको टोली अपमानित !

चीनद्वारा सीमा निरीक्षणमा पुगेका परराष्ट्र मन्त्रीसहितको टोली अपमानित !

राजनीति
काठमाडौं । शुक्रबार दुई जना संघीय मन्त्री सहितको जम्बो टोली सीमानाका निरीक्षणका लागि मुस्ताङको लोमाङथाङ पुग्‍यो । जसमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बाणिज्य मन्त्री लेखराज भट्टसहित वाणिज्य सचिव वैकुण्ठ अर्याल, भौतिक पूर्वाधार तथा यातायात सचिव देवेन्द्र कार्की, भन्सार विभागका महानिर्देशक सुमन दाहाल, संघीय सांसद प्रेम तुलाधर, प्रदेश सांसद इन्द्रविष्ट र महेन्द्र थकाली रहेका थिए । उक्त टोलीले लोमाङथाङ गाउँपालिका-१ स्थित २४ नम्बर सीमा स्तम्भ निरीक्षण गरेका छन् । परराष्ट्र मन्त्रीसहितको टोलीले सीमा निरीक्षणमा जाँदा चीन पक्षले भने आफ्नो कुनै पनि प्रतिनिधि पठाएन । सरकारी तहबाट हुने औपचारिक सीमा निरीक्षणका क्रममा दुई मुलुकको प्रतिनिधिहरु सहभागी हुनुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड रहेको छ । चीनले हुम्लामा सीमा मिच्दा पनि कुनै समस्या छैन भन्‍ने परराष्ट्र मन्त्री ज्ञवाली सीमा निरीक्षणका लागि...
प्रधानमन्त्री ओलीलाई भट्टराईको जवाफ : कुराले होइन काम गरेर देखाउनुस्

प्रधानमन्त्री ओलीलाई भट्टराईको जवाफ : कुराले होइन काम गरेर देखाउनुस्

राजनीति
काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जवाफ फर्काएका छन् । प्रधानमन्त्री ओलीले बूढीगण्डकीबारे भट्टराईले दिएको अभिव्यक्ति निराधार र गैरजिम्मेवार रहेको अभिव्यक्ति दिए लगत्तै भट्टराईले पनि त्यसको जवाफ फर्काएका हुन् । प्रधानमन्त्री केपी ओलीले शुक्रबार नेपाल प्रहरी दिवसका अवसरमा भट्टराईको अभिव्यक्ति निराधार र गैरजिम्मेवार भएको बताएका थिए । प्रधानमन्त्री ओलीले भट्टराईले दिएको अभिव्यक्तिको खण्डन गर्दै भनेका थिए –‘हामी त्यस्तो गैरजिम्मेवार र अनैतिक हुन सक्दैनौ ।’ प्रधानमन्त्री ओलीले बोलेको एक घण्टा वित्न नपाउँदै भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत ‘प्रम केपी शर्मा ओलीको भ्रष्टाचारप्रति साँच्चै शून्य शहनशीलता हो भने बूढीगण्डकी, एनसेल, वाइडबडी, सुरक्षा प्रेस, यति, ओम्नी लगायत ठूला भ्रष्टाचार प्रकरणको उच्चस्तरीय निश्पक्ष छानविन गर्न कसले रोकेको हो ?...