राजनीति

बागमती प्रदेशका मुख्यमन्त्री पौडेललाई कोरोना संक्रमण

बागमती प्रदेशका मुख्यमन्त्री पौडेललाई कोरोना संक्रमण

राजनीति
काठमाडाैं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ। मुख्यमन्त्री पौडेलसँगै उनकी धर्मपत्नी, एक सुरक्षाकर्मी, दुई जना चालक र एक कार्यालय सहयोगीलाई समेत काेराेना संक्रमण पुष्टि भएको मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए। पछिल्लाे केही दिनदेखि सामान्य रुघाखोकीपछि मुख्यमन्त्री पौडेल होम आइसोलेसनमा रहेका थिए ।...
राष्ट्रपतिद्वारा ३ देशका राजदूत नियुक्त

राष्ट्रपतिद्वारा ३ देशका राजदूत नियुक्त

राजनीति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जर्मनी, बेल्जियम र पाकिस्तानका लागि राजदूत नियुक्त गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि राष्ट्रपति भण्डारीले जर्मनीका लागि रामकाजी खड्का, बेल्जियमका लागि गेहेन्द्र राजभण्डारी र पाकिस्तानका लागि तापस अधिकारिलाई राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए । घिमिरेले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, 'राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २८२ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा बेल्जियम अधिराज्यका लागि गेहेन्द्र राजभण्डारी, इस्लामिक गणतन्त्र पाकिस्तानका लागि तापस अधिकारी र संघीय गणतन्त्र जर्मनीका लागि रामकाजी खड्कालाई आवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।'...
विशेष अदालतको अध्यक्षमा न्यायाधीश कार्की नियुक्त

विशेष अदालतको अध्यक्षमा न्यायाधीश कार्की नियुक्त

राजनीति
काठमाडौं । सरकारले उच्च अदालत दिपायलका न्यायाधीश प्रेमराज कार्कीलाई विशेष अदालतको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेकाे छ । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले विशेष अदालतको अध्यक्षमा कार्कीलाई नियुक्त गरेको जानकारी दिए । यसैगरी सदस्यहरुमा अब्दुल अजिज मुलसमान र नित्यानन्द पाण्डेलाई नियुक्त गरेको पनि उनले जानकारी दिए। यसैगरी सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट बजेटरी सहायताको रुपमा २ सय मिलियन अमेरिकी डलर अर्थात झण्डै २४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकार गरेको छ। विभिन्न विकास कार्यक्रममा खर्च गर्ने गरी अर्थ मन्त्रालयको प्रस्तावमा उक्त सहयोग स्वीकार गरिएको मन्त्री गुरुङले बताए। नेपालमा सञ्चालित उत्पादनमूलक उद्योगहरुमा नेपाली जनशक्ति र श्रमिकहरुबाट सम्भव नभएका काममा निश्चित मापदण्ड पूरा गरेर वि...
विज्ञापनरहित विदेशी च्यानल प्रसारण गर्न सरकारको आग्रह

विज्ञापनरहित विदेशी च्यानल प्रसारण गर्न सरकारको आग्रह

राजनीति
काठमाडौं । सरकारले विज्ञापनरहित विदेशी च्यानल प्रसारण गर्न टेलिभिजन सेवा प्रदायकहरुलाई आग्रह गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयाेजित पत्रकार सम्मेलन मार्फत सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कात्तिक ७ गते (भोलि) देखि क्लिनफिड सहितका विदेशी च्यानल प्रसारण गर्न आग्रह गरेका हुन् । नेपालमा विज्ञापन नियमन गर्ने ऐन २०७६ लागू गर्ने अवधि २०७७ कात्तिक ७ गते सम्म रहेकोले उक्त दिनदेखि क्लिनफिडलाई पूर्णरुपमा लागू गर्न आग्रह गरेका हुन् । २०७६ कात्तिक ८ गते विज्ञापन नियमन गर्ने ऐन लागू भएको थियो । त्यसको ठिक एकवर्ष देखि क्लिनफिड लागू हुने व्यवस्था ऐनमा रहेकाले २०७७ कात्तिक ७ गते भित्र विदेशी च्यानलमा विज्ञापन रहित क्लिनफिड प्रसारण गर्नुपर्नेछ ।यससम्बन्धी मन्त्रालयले छुट्टै विज्ञप्ति समेत जारी गरेको छ।...
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

राजनीति
काठमाडाैं । सरकारले उच्च अदालतका न्यायाधीशलाई सैनिक विशेषज्ञ अदालतको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कानून न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको प्रस्तावमा कानूनको प्रावधान अनुसार सैनिक विशेषज्ञ अदालतको अध्यक्ष, पुनरावेदन समितिको अध्यक्ष र विशेष अदालतको अध्यक्ष, राजस्व न्यायाधिकरणको कानूनी अध्यक्षमा उच्च अदालतका न्यायाधीशहरुलाई अध्यक्ष तोक्ने निर्णय गरेको जानकारी दिए । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यसबारे निर्णय गरेको हो । यस्तै सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय बजेटरी सहायताकोरुपमा प्राप्त हुने २ सय मिलियन डलर स्वीकार गर्ने निर्णय गरेको छ । करिब २४ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता गुरुङले जानकारी...
नेपालमा बसिरहेका भारतीय यूवाहरूद्वारा कालाे दिवस मनाइँयाे

नेपालमा बसिरहेका भारतीय यूवाहरूद्वारा कालाे दिवस मनाइँयाे

राजनीति
काठमाडाैँ। नेपालमा बसिरहेका भारतीय यूवाहरूले अक्टाेबर २२ तारेखका दिनलाई कालाे दिनकाे रूपमा मनाएकाे छन। काठमाडाैँकाे महराजगन्जस्थित रहेकाे पकिस्तान दूतावास अगाडि उनीहरूद्वारा निकालिएकाे र्यालीमा सहभागीहरूले विभिन्न नारा लगाउँदै अक्टाेबर २२ तारेखका दिनलाइ कालाे दिनकाे रूपमा मनाइएकाे हाे। सहभागीहरूले पकिस्तान काश्मिर छाेड, पाकिस्तानी सेना - हत्या हिंसा बलात्कार बन्द गर लगायतका नारा लगाउँदै पकिस्तानविरूद्द प्रदर्शन गरेका थिए। भारतीयहरूले आज विश्वभर कालो दिवस मनाउदै छन् । साेही अनुसार नेपाल पनि कालाे दिवस मनाइएकाे बुझिएको छ। अक्टोबर २२ सन् १९४७ मा, पाकिस्तानी आक्रमणकारीहरूले अवैध रूपमा जम्मू कश्मीरमा प्रवेश गरेको दिनलाई कालो दिवसको रूपमा मनाइएको हो । तरवार र बन्दुकले सशस्त्र आदिवासीहरूको नाम पाकिस्तानी सेनाको लश्करहरूले काश्मिरमा आक्रमण गरे र पुरुष, बालबालिकहरूलाई मारे र महिलालाई पनि आफ्नो द...
गण्डकी प्रदेशले पनि कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने

गण्डकी प्रदेशले पनि कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने

राजनीति
काठमाडौ । कोरोना संक्रमितको निःशुल्क उपचार गर्नबाट संघीय सरकार पन्छिएपछि प्रदेश सरकारहरुले धमाधम काेराेना संक्रमितकाे निःशुल्क रुपमा गर्ने निर्णय गरिरहेका छन् । त्यसै अनुरूप गण्डकी प्रदेशले पनि काेराेना संक्रमितको उपचार निःशुल्क रुपमा गर्ने निर्णय गरेकाे छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले संक्रमितको उपचारको जिम्मा प्रदेश सरकारले लिने बताए। ‘यसअघि जसरी उपचार भइरहेको छ। हाम्रो प्रदेशमा त्यसैगरी अघि बढ्छ। शुल्क तिराउने लिने पक्षमा छैनौँ,’ उनले भने। गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ६७ पुगेको छ। त्यसमध्ये ५४ जना संक्रमितको मृत्यु भएको छ। तीन हजार ६ सय ५ जना निको भएर घर फर्किको गुरुङले जनाए । यसअघि लुम्बिनी प्रदेश र प्रदेश-१ सरकारले काेराेना संक्रमितको निःशुल्क उपचार गर्ने निर्णय गरेको थियो ।...
प्रदेश २ काे चौथो अधिवेशन अन्त्य, १८ विधेयक पारित

प्रदेश २ काे चौथो अधिवेशन अन्त्य, १८ विधेयक पारित

राजनीति
जनकपुर । प्रदेश नम्बर २ प्रदेशसभाको चौथो अधिवेशन विभिन्‍न १८ वटा विधेयक पारित गर्दै मंगलबार राति १२ बजेदेखि लागु हुनेगरी अन्त्य गरिएकाे छ । मंगलबार बसेको प्रदेशसभा बैठकमा सभामुख सरोजकुमार यादवले प्रदेशसभाको चौथो अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन् । कोरोना भाइरस (कोभिड १९) को प्रभाव बढेपछि मुलुकमा बन्दाबन्दी घोषणा गरिएपछि तीन महिनादेखि अवरुद्ध रहेको प्रदेशसभा असोज २५ गतेदेखि बस्न थालेको थियो । पछिल्लो साता पाँच दिन बैठक बस्दा विभिन्‍न नौवटा विधेयक पारित गरिएको प्रदेशसभा सचिवालयका सचिव रञ्‍जित यादवले जानकारी दिए । उनका अनुसार गत असोज २५ गतेयता स्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश दुग्ध विकास बोर्ड गठन र सञ्चालन गर्न बनेको विधेयक, प्रदेश वनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, प्रदेश अनुसन्धान ब्‍युरो गठन तथा काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधे...
नेपाल-चीनबीच भएका सम्झौताहरू कार्यान्वयनको गर्ने समय आएको छ : प्रधानमन्त्री ओली

नेपाल-चीनबीच भएका सम्झौताहरू कार्यान्वयनको गर्ने समय आएको छ : प्रधानमन्त्री ओली

राजनीति
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीच भएका आपसी सम्झौताको व्यावहारिक कार्यान्वयनको समय आएको बताएका छन् । हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल सहयोग सम्बन्धमा नेपाल र चीनका राजनीतिक दलबीचको संयुक्त परामर्श संयन्त्रको भर्चुअल रुपमा आज आयोजित पहिलो बैठकमा प्रधानमन्त्री ओलीले दुई देशका जनताको आपसी लाभका लागि बेल्ट एण्ड रोड इनिसियटिभमा नेपालले सन् २०१७ मा हस्ताक्षर गरेको स्मरण गरे । बैठकमा प्रधानमन्त्रीको उक्त लिखित सन्देश राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेका थिए । प्रधानमन्त्री ओलीले पछिल्ला वर्ष चीनका राष्ट्रपति सी चिनफिङको नेपाल र नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको चीनको राजकीय भ्रमणले आपसी सम्बन्धलाई रणनीतिक साझेदारमा रुपान्तरण गर्न योगदान गरेको बताउँदै परस्पर सम्मान, विश्वास र सहकार्यमा दुई देश र यहाँका पार्टीबीचको सम्बन्धी रहिआएकाले आगामी...
स्वास्थ्यमन्‍त्री भन्छन् : जनताको चाहना अनुसार निजी प्रयोगशालामा कोरोना परीक्षण ! (सम्बोधनको पूर्णपाठ)

स्वास्थ्यमन्‍त्री भन्छन् : जनताको चाहना अनुसार निजी प्रयोगशालामा कोरोना परीक्षण ! (सम्बोधनको पूर्णपाठ)

राजनीति
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले स-शुल्क काेराेना परीक्षणकाे निर्णय जनताकाे चाहना अनुसार नै गरिएकाे जिकिर गरेका छन् । मंगलबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनपछि सम्बोधन गर्दै मन्त्री ढकालले नागरिक र निजी क्षेत्रको चाहना अनुसार निजी क्षेत्रका प्रयोगशाला र अस्पतालबाट कोरोना परीक्षण सुरु भएको बताए । सरकारले कोरोना निःशुल्क परीक्षणको मापदण्ड हटाएको भन्दै चौतर्फी आलोचना भइरहेका बेला नागरिक र निजी क्षेत्रको चाहना र माग अनुसार परीक्षण तथा उपचार भइरहेको उनको भनाइ छ । मन्त्री ढकालको सम्बोधनकाे पूर्णपाठ यस्ताे छ । आदरणीय आमाबुवा, दिदीबहिनी तथा दाजुभाईहरू, हामी कोभिड-१९ महामारीको विषम परिस्थितिबाट गुज्रीरहेका छ। दशै, तिहार, नेपाल सम्बत, छठ लगायतका आसन्न महान चाडपर्वहरू मनाउँदा विशेष सावधानी अपनाई, आफ्नो परिवार र नजिकका प्रियजनहरूको जीवन रक्षा गर्ने गरी मनाउनु पर्ने अहम...