राजनीति

देहरादुन घटनाप्रति सरकार गम्भीर छ : परराष्ट्र मन्त्रालय 

देहरादुन घटनाप्रति सरकार गम्भीर छ : परराष्ट्र मन्त्रालय 

राजनीति
काठमाण्डौ । सरकारले भारत उत्तराखण्डको देहरादुनमा रहेको एक विद्यालयका विद्यार्थीमाथि भएको घटनाप्रति गम्भीर भएको बताएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले नेपाली विद्यार्थीका विषयमा नयाँ दिल्लीमा रहेको नेपाली राजदूतावासमार्फत घटनाको सत्यतथ्यबारे जानकारी लिएको जानकारी दिए । नेपाली सञ्चार माध्यममा सार्वजनिक भएजस्तो घटना नभएको र १० नेपाली विद्यार्थीमाथि मात्र कुटपिट भएको उनको दाबी छ । यस्तै उनले घर फर्कन चाहनेलाई अनुमति दिन विद्यालय प्रशासन तयार रहेको पनि जानकारी दिए । उत्तराखण्ड बाल अधिकार आयोगका अध्यक्षलगायत पदाधिकारीको उपस्थितिमा छलफल भएको तथा घटनाप्रति दुःख व्यक्त गर्दै विद्यालय प्रशासनले माफी माग्नुका साथै भविष्यमा यस्ता घटना नहुने प्रतिबद्धता जनाएको पनि परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले बताए । अभिभावकको चाहनाअनुसार सहजकर्ताको भूमिका निर्वाह गर्न मन्त्रालय तयार...
कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

राजनीति
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक कात्तिक २१ गते बस्ने भएकाे छ । शुक्रबार दिउँसो १ बजे बैठक बस्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। पार्टीको १४ औं महाधिवेशनबारे छलफल गर्न कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको हो। बैठकमा पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थित हुन कांग्रेसले आग्रह गरेको छ। कांग्रेसको १४ औं महाधिवेशन फागुन ७ देखि गर्ने कार्यतालिका छ। कोरोनाभाइरस महामारीले क्रियाशील सदस्यता वितरण तथा नवीकरणका काम प्रभावित भएपछि कांग्रेसले महाधिवेशनको मिति सार्ने तयारी गरेको छ।...
‘वास्तविकता बुझ्न नखोजेर नक्शाको राजनीति र अफवाह फैलाउन खोजियो’

‘वास्तविकता बुझ्न नखोजेर नक्शाको राजनीति र अफवाह फैलाउन खोजियो’

राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैंका अवसरमा ट्वीट गरेको शुभकामनामा प्रयोग भएको निशान छापमा रहेको नक्शामा लिम्पियाधुरासहित नेपालका सबै भाग स्पष्ट देख्न सकिने उनको सचिवालयले जनाएको छ । नक्शाको सानो आकार प्रयोग गर्दा यस्तो हुनु स्वाभाविक भएको र केही ठूलो आकारको सोही नक्शामा सबै प्रष्ट देख्न सकिने जनाउँदै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले डिजाइनको यति सामान्य वास्तविकतालाई बुझ्न नखोजेर नक्शाको राजनीति र अफवाह फैलाउन खोजिएको जनाएका छन्। उनले शुक्रबार जारी गरेको प्रेस नोटमा लिम्पियाधुरासहितको नेपालको नक्शा प्रकाशन गर्ने निर्णय, निशान छापमा प्रकाशित नयाँ नक्शाको औपचारिक प्रयोगका लागि संसद्को सर्वसम्मतिमा संविधान संशोधन नै गरिएको हो र तदनुरूप अगाडि बढ्ने ऐतिहासिक कदम प्रधानमन्त्री ओलीकै दृढ र साहसिक नेतृत्वमा चालिएको स्मरण गराइएको छ । “अहिले यस विषयमा योजनबद्ध रूपमा सि...
‘रअ’ का प्रमुखसँग भेटेर प्रधानमन्त्रीले राष्ट्रिय स्वाभिमानको खिल्ली उडाए : मोहन वैद्य

‘रअ’ का प्रमुखसँग भेटेर प्रधानमन्त्रीले राष्ट्रिय स्वाभिमानको खिल्ली उडाए : मोहन वैद्य

राजनीति
काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय 'रअ'का प्रमुख सामान्तकुमार गोयलसँग भेट गरेर कुटनीतिक मर्यादा र राष्ट्रिय स्वाभिमानको खिल्ली उडाएको टिप्पणी गरेका छन् । महासचिव वैद्यले विज्ञप्ति निकालेर प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर निकाय 'रअ'का प्रमुख सामान्तकुमार गोयलसँग भेट गरेकाे घटनाले नेपालका प्रधानमन्त्रीलाई भारतको गुप्तचर विभागका प्रमुखको हैसियतमा गिराएको टिप्पणी गरेका छन् । ‘त्यसमाथि भारतीय विस्तारवादी अतिक्रमणले सीमा नाघेको बेला नेपालका प्रधानमन्त्रीले भारतको एकजना गुप्तचरलाई एकान्तमा भेट्ने र त्यसको महिमामण्डन गर्ने कामले देशमा फेरि अर्को गम्भीर राष्ट्रघातको तयारी हुँदैछ भन्ने आभाष दिन्छ’ विज्ञप्तिमा भनिएको छ ।...
संस्कृति र सभ्यताहरुको संरक्षण समृद्धिका आधारहरु हुन् : प्रचण्ड

संस्कृति र सभ्यताहरुको संरक्षण समृद्धिका आधारहरु हुन् : प्रचण्ड

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश विकास तथा समृद्धिका लागि  जाति, भाषा, धर्म, संस्कृति र सभ्यताहरुको संरक्षण गर्नुपर्ने बताएका छन् । दसैँ, तिहार, छठ, नेपाल संवत् लगायतका चाडपर्वहरुको अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले ‘विविधतायुक्त सांस्कृतिक ऐक्यवद्धता हामी नेपालीहरुको मौलिक विशेषता भएकाे बताएका हुन् । सबै जाति, भाषा, धर्म, संस्कृति र सभ्यताहरुको संरक्षण र विकास देशको समृद्धिका आधारहरु हुन्,’ उनले शुभकामना सन्देशमा भनेका छन्। यस्तै कोरोना भाइरसको महामारीको विषम परिस्थितिमा स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डहरुको पालना गर्दै चाडपर्व मनाउन पनि उनले आग्रह गरेका छन्।...
राष्ट्रपति भण्डारीले दसैँकाे टीका प्रदान नगर्ने

राष्ट्रपति भण्डारीले दसैँकाे टीका प्रदान नगर्ने

राजनीति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले यसवर्षको विजया दशमीमा विगतका वर्षहरुमा झै टीका प्रदान नगर्ने भएकी छिन् । राष्ट्रपति कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै कोरोना महामारीका कारण विगतका वर्षहरुमा झै याे वर्ष टीका प्रदान गर्ने कार्यक्रम नहुने जनाएको छ । यस्तै महाअष्टमी र कोजाग्रत पूर्णिमाको अवसरमा विभिन्नन शक्ति पिठहरूमा दर्शनार्थ सरिक हुनुहुने कार्यक्रम पनि स्थगित रहेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी महाअष्टमी र कोजाग्रत पूर्णिमाको अवसरमा विभिन्नि शक्ति पिठहरूमा दर्शनार्थ सरिक हुनुहुने साथै सम्माननीयज्यूले विजया दशमीको दिन इच्छुक महानुभावहरूलाई टीका प्रदान गर्नुहुने परम्परा रहेकोमा यस पटक विश्वइव्यापी महामारीको रूपमा फैलिएको नोबल कोरोनाभाइरस ९कोभिड–१९० का कारण उक्त सबै कार्यक...
कोरोना संक्रमण फैलन नदिन सरकारले सम्पूर्ण प्रयास गरेको प्रधानमन्त्रीको दावी (पूर्णपाठसहित)

कोरोना संक्रमण फैलन नदिन सरकारले सम्पूर्ण प्रयास गरेको प्रधानमन्त्रीको दावी (पूर्णपाठसहित)

Featured, राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमण रोक्न सरकारले सम्भव भएजति सबै प्रयास गरेको दावी गरेका छन्। प्रधानमन्त्री ओलीले आज देशबासीको नाममा सम्बोधन गर्दै भने 'दशैंको मुखमा यस महामारीको संक्रमण अहिलेसम्मकै उच्च देखिएको छ, अहिले राजधानी काठमाडौं उपत्यका यस संक्रमणको केन्द्रजस्तै बन्न पुगेको छ, यस महामारीको संक्रमणको वेग थामिन केही समय लाग्न सक्छ,' प्रधानमन्त्रीले सम्बोधनमा भने, 'यसलाई रोक्न, नियन्त्रण गर्न र संक्रमितको उपचारमा सरकारले आफ्ना सम्पूर्ण प्रयासहरु केन्द्रित गरेको छ।' अहिले महामारीको समय भएकाले जो जहाँ छन्, त्यही दशैं मनाउन अपिल समेत गरे। शुक्रबारको सम्बोधनमा प्रधानमन्त्री ओलीले भने– 'यसपालिको बडादशैं हामी जो जहाँ-जहाँ छौं, त्यहीँ-त्यहीँ रहेर मनाउन म सबैसँग विनम्र अनुरोध गर्न चाहन्छु ।' प्रधानमन्त्री ओलीले संक्रमणको सम्भावित जोखिमलाई ध्यानमा राखेर प्रधानमन्...
विद्युत प्राधिकरणलाई मन्त्रीको निर्देशन : दशैँका बेला कतै बत्ती ननिभोस्

विद्युत प्राधिकरणलाई मन्त्रीको निर्देशन : दशैँका बेला कतै बत्ती ननिभोस्

राजनीति
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले नेपालीको महान् चाड बडादशैंँका अवसरमा देशैभर विद्युत् सेवा थप चुस्त, भरपर्दो र प्रभावकारी बनाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् । चाडपर्वका बेला अन्य समयभन्दा विद्युत् खपत बढ्ने भएकाले चनाखो भएर सेवा प्रवाह गर्न तथा विद्युत् प्रवाहमा अनियमित हुन नदिन मन्त्री पुनले निर्देशन दिए। मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइराला, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक ब्रजभूषण चौधरी, सोही निर्देशनालयका दीर्घकुमार श्रेष्ठ र भारप्रेषण केन्द्रका निर्देशक सुरेश भट्टराईसँग आज बैठक आयोजना गरी मन्त्री पुनले उक्त निर्देशन दिएका हुन् । “दशैंँका बेला कहीँं पनि विद्युत् काटिने समस्या नआओस्”, प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका मन्त्री पुनले भने, “मलाई विश्वास छ, ग्राहकबाट वि...
संकटको घडीमा नेपाली जनता अभिभावकविहीन बने : ज्ञानेन्द्र शाह

संकटको घडीमा नेपाली जनता अभिभावकविहीन बने : ज्ञानेन्द्र शाह

राजनीति
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले संकटको घडीमा अहिले नेपाली जनता अभिभावकविहीन टुहुरा बनेका बताएका छन् । बिहीबार विजया दशमी २०७७ को उपलक्ष्यमा ‘शुभकामना सन्देश’ जारी गर्दै पूर्व राजा शाहले जनतालाई बचाउन सके मात्र राज्य बच्ने र राज्य रहे मात्र राजनीति बाँच्ने आत्मबोध सबैमा हुनु पर्ने बताएका छन् । संकटमो घडीमा अभिभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताका आधारमा हेर्दा सबै नेपाली जनता अभिभावक विहीन टुहुरा बनेको पीडाबोध यति बेला हुँदैछ ।’ जिम्मेवार पक्ष (सरकार)बाट विपत्तिसँग भिड्दा नागरिक जीवन सहज र सुरक्षित बनाउने व्यवस्थापकीय कौशल प्रस्तुत हुन नसक्दा आम जनताको दैनिक जीवन अत्यन्त कष्टकर बन्दै गएको पनि पूर्वराजा शाहले बताएका छन् ।...
काेराेना संक्रमितकाे निःशुल्क उपचार गर्न देउवाको माग

काेराेना संक्रमितकाे निःशुल्क उपचार गर्न देउवाको माग

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काेराेना संक्रमितकाे निःशुल्क उपचार गर्न सरकारसँग माग गरेका छन् । बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै सभापति देउवाले नागरिकको स्वास्थ्य परीक्षणदेखि सङ्क्रमितको उपचारसम्मका सबै काम निशर्त, विनाभेदभाव निःशुल्क गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीलाई आग्रहसमेत गरेका हुन् । सभापति देउवाले कोरानाका कारण प्रत्येक नागरिक आफ्नो र परिवारको स्वास्थ्यको विषयमा चिन्तित बनेको वर्तमान अवस्थामा जनताको अभिभावकका रुपमा उभिन सरकारलाई सुझाव समेत दिएका छन् । सभापति देउवाले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका सबैको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।...