काठमाडाैँ । राष्ट्रीय एकता अभियानले महानायक राजेश हमालविरूद्द प्रदर्शन गरेकाे छ।
अभियानले हिन्दुबिरोधी टिभी कार्यक्रम संचालन गरेको बिरोधमा आज हमालमाकाे समेत पुतला दहन गरेको छ।
अभियानका केन्द्रीय संयाेजक विनय यादवका अनुसार चर्चको पैसाबाट संचालित कार्यक्रममा जातको नाममा हिन्दू बिरोधी कार्यक्रम संचालन गरिएकाे हाे।
उनले भने,’ कान्तिपुर टेलिभिजनमा शनिबार साँझ साढे ६ र १० बजे हिन्दू बिरोधी कार्यक्रम संचालन भएकाे हामी प्रदर्शन गरेका हाैँ।
प्रदर्शनमा सहभागीहरूले महानायक कि खलनायक ?, राजेश हामल इन सेल, क्रिश्चियनको दलाली बन्द गर, हिन्दुत्वमाथिको आक्रमण बन्द गर र हिन्दुद्रोह राष्ट्रद्रोह हाे भन्दै
नाराबाजी लगाएका थिए।
