राजनीति

‘संविधान बचाउन कांग्रेसले आन्दोलनको नेतृत्व लिनुपर्छ’

‘संविधान बचाउन कांग्रेसले आन्दोलनको नेतृत्व लिनुपर्छ’

Featured, राजनीति
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानमाथि आएको संकटलाई बचाउन नेपाली कांग्रेसले नै आन्दोलनको नेतृत्व लिनु पर्ने बताएका छन् । सोमबार गणेशमान सिंह तथा शहीद स्मृती शान्ति प्रतिष्ठानले राजधानीमा गरेको अन्तक्रियामा डा. भट्टराईले आन्दोलनमा जाने कि निर्वाचनमा भनेर कांग्रेस अलमलमा रहेको भन्दै देशको नेतृत्व गर्न निर्वाचन नै कुर्न नपर्ने बताए । संसद पुनःस्थापना भए कांग्रेसले नै नेतृत्वको अवसर पाउन सक्ने उनको भनाइ थियो । कार्यक्रममा डा. भट्टराईले भने, ‘प्रतिनिधि सभा विघटन संविधानको व्यवस्थाभन्दा बाहिरबाट गरिएको छ, यो संविधानमाथिको प्रहार हो, संविधानलाई जोगाउन अब कांग्रेसले नै आन्दोलनको नेतृत्व लिने समय आयो ।’...
‘बहुमतको प्रधानमन्त्रीले सरकार चलाउदिँन भन्न मिल्दैन’

‘बहुमतको प्रधानमन्त्रीले सरकार चलाउदिँन भन्न मिल्दैन’

Featured, राजनीति
काठमाडाैं । अधिवक्ता दिनमणि पोखरेलले बहुमत प्राप्त दलको नेताले सरकार चलाउदिँन भन्न नपाउने बताएका छन् । संसद् विघटनबारेका मुद्दामाथिको सुनुवाइका क्रममा सर्वोच्च अदालतको संवैधानिक इजलासमा भाग लिँदै रिट निवेदकका तर्फबाट अधिवक्ता पोखरेलले बहुमत दलको नेताले सरकार चलाउदिँन भन्न नपाउने बताए । साेमबारकाे बहसमा प्रतिनिधिसभा विघटन गर्नु पछाडिको कारण पार्टीभित्रको विवाद रहेको र राजीनितिक निर्णय लिएको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको लिखित जवाफ तथा सार्वजनिक अभिव्यक्तिमाथि पनि प्रश्न उठिरहेका छन् । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइको दोस्रो दिन सोमबार प्रधामन्त्रीको कदम सही हो कि होइन भन्नेमा केन्द्रित रहेको छ । प्रधानमन्त्री ‌ओलीले पार्टीभित्रको विवादलाई लिएर संसद्‍माथि प्रहार गरेको अधिवक्ता पाेखेरेलले बताए । आफू सरकार सञ्चालन गर्न पनि नसक्ने र अरुलाई आउने बाटो छेक्ने काम प्रधानमन्त्...
प्रतिनिधि सभा विघटनको मुद्दामा सुनुवाइ सुरु

प्रतिनिधि सभा विघटनको मुद्दामा सुनुवाइ सुरु

राजनीति
काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध दायर रिटमाथि सर्वोच्च अदालतकाे संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नेतृत्वमा गठन गरिएको संवैधानिक इजलासमा साेमबार अधिवक्ता दिनमणि पोखरेलले बहस सुरु गरेका छन् । आइतबार चार जना अधिवक्ताहरुले रिटमाथि बहस गरेका थिए । आइतबार रिट निवेदनकर्ताको तर्फबाट अधिवक्ताहरु भीमार्जुन आचार्य, बद्रीराज भट्ट, सुनील पोखरेललगायतले बहस गरेका थिए । सर्वोच्चले अब दैनिक रुपमा रिटमाथि बहस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् । संसद विघटन असंवैधानिक भएको जिकीरसहित सर्वोच्चमा एक दर्जन बढी रिटहरु दायर भएका छन् ।...
संसद विघटनसम्बन्धी मुद्दाको आज पनि सुनुवाइ हुँदै

संसद विघटनसम्बन्धी मुद्दाको आज पनि सुनुवाइ हुँदै

Featured, राजनीति
काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दाको आज पनि सुनुवाइ हुँदैछ । आइतबार प्रधानन्यायाधीश चाेलेन्द्र समशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा मुद्दाको सुनुवाइ भएकोमा वकिलहरुले बहस गर्ने क्रम जारी रहेकाले लगातार सुनुवाइ हुने गरी हेर्दाहेर्दैमा राखेका थिए । आइतबार रिट निवेदनकर्ताको तर्फबाट अधिवक्ताहरु भीमार्जुन आचार्य, बद्रीराज भट्ट, सुनील पोखरेललगायतले बहस गरेका थिए ।...
‘केपी ओली भगुवा हुन्’

‘केपी ओली भगुवा हुन्’

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता भीम रावलले प्रधामन्त्री केपी शर्मा ओली भगुवा भएको बताएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले आयोजना गरेको वाग्मती प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रावलले ओली संसददेखि भागेको बताएका हुन्। संसदबाट, पार्टीबाट भाग्नेलाई शब्दकोषमा एक नम्बरको भगुवा भनिन्छ ,उनले भने । रावलले ओलीलाई प्रश्न गरे, तपाई कुन धारा अन्तर्गतको प्रधानमन्त्री हो? जवाफ दुनुस ओली जी। नेकपा (एमाले) हुँदाबाट नै ओलीले गुटबन्दी सुरु गरेको उनको आरोप छ। ओलीले पार्टी एकीकरण गर्दै तीन बर्ष अघि पार्टी नफुटाउने खाएको वाचा बिर्सिएको समेत रावलले बताए।...
निर्वाचन आयोगद्वारा राजनीतिक दलसँग परामर्श, यस्ता छन् सुझाव

निर्वाचन आयोगद्वारा राजनीतिक दलसँग परामर्श, यस्ता छन् सुझाव

राजनीति
काठमाडौं । निर्वाचन आयोगले सङ्घ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिसँग आगामी प्रतिनिधिसभा निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र मितव्ययी बनाउने उद्देश्यले राय सुझाव लिएको छ । राजनीतिक दलका प्रतिनिधिलाई आयोगमा बोलाएर मतदाता नामावली अद्यावधिक एवं मतदानस्थल र केन्द्र पुुनरालोकनका विषयमा केन्द्रित रहेर सुुझाव लिइएको हो । मुुलुकका ७५३ वटै पालिकामा यही माघ १५ देखि २१ गतेसम्म मतदाता नामावली अद्यावधिक गरिँदैछ । केन्द्र, प्रदेश र स्थानीय तहका राजनीतिक दलका समितिको उल्लेख्य सहयोग, समन्वय र सहभागिताका लागि आवश्यक निर्देशनको अपेक्षा राख्दै आयोगले राजनीतिक दललाई यसअघि नै पत्राचार गरिसकेको छ । आयोगका अनुुसार माघ १५ गते कार्यक्रमको सूूचनासहित मतदाता नामावली प्रकाशन गर्ने, कुुनै नाम वा विवरण त्रुुटि भएमा सच्च्याउन १६ र १७ गते निवेदन दिने र कसैले झुुठा विवरण दिई मतदाता नामाव...
‘प्रधानमन्त्रीको हैसियतमा गरेका कामको जवाफदेहिता लिन तयार छु’

‘प्रधानमन्त्रीको हैसियतमा गरेका कामको जवाफदेहिता लिन तयार छु’

राजनीति
काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष केपी शर्मा ओलीले आफूले प्रधानमन्त्रीको हैसियतमा गरेका कामको जवाफदेहिता लिन तयार रहेको बताएका छन् । आइतबार अखिल नेपाल महिला संघको काठमाडौंमा आयोजित केन्द्रीय कमिटीको दोस्रो बैठकमा प्रधानमन्त्री ओलीले आफूले संविधानसम्मत् तथा कानुनसम्मत् काम गरेकोले जवाफदेहिता लिन तयार रहेको बताए । आफूले गरेको काम लोकतन्त्र, गणतन्त्र तथा राष्ट्रको सार्वभौमसत्ताको पक्षमा रहेको उनको भनाइ थियो । प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षले स्वतन्त्र न्यायपालिकाको मर्यादामाथि हमला गर्ने तथा हुर्मत लिने काम गरेको पनि कार्यक्रममा बताए । निर्वाचन आयोगलाई निर्वाचन नर्गन आग्रह गरेर लोकतान्त्रिक अभ्यास र संविधान कार्यान्वयनको विपरित लागेको उनको भनाइ छ ।...
मोतिलाल दुगड प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त

मोतिलाल दुगड प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त

राजनीति
काठमाडौं । सरकारले पूर्वराज्यमन्त्री मोतिलाल दुगडलाई प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा  नियुक्त गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रहेका दुगड संसद विघटन भएपछि भएको मन्त्रिपरिषद हेरफेरमा बहिर्गमनमा परेका थिए। प्रधानमन्त्री ओलीले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाको स्थानमा दुगडलाई विशेष आर्थिक सल्लाहकार बनाएका छन् । डा. खतिवडा अमेरिकाका लागि नेपालको राजदूत नियुक्त भएका छन् । उनी अमेरिका जाने भएसँगै दुगडलाई मन्त्रीसहरको सुविधा दिएर विशेष आर्थिक सल्लाहकार बनाइएको हो । तत्कालीन नेकपा एमालेको तर्फबाट समानुपातिकबाट प्रतिनिधि सभामा सांसद भएका दुगडलाई ओलीले नै उद्योग राज्यमन्त्री बनाएका थिए।...
संसद विघटनविरुद्धको मुद्दामा आजको सुनुवाइ सकियो

संसद विघटनविरुद्धको मुद्दामा आजको सुनुवाइ सकियो

Featured, राजनीति
काठमाडौं । सर्वाेच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथि आजको सुनुवाइ सकिएको छ । आजबाट निरन्तर सुरुवाइ सुरु भएको संसद विघटन विरुद्धको मुद्दामा भोलि फेरी सुनुवाइ हुनेछ । आजको सुनवाइमा संविधानविद् भीमार्जुन आचार्य र वरिष्ठ अधिवक्ता सुनीलकुमार पोख्रेलले सर्वोच्च अदालतको संवैधानिक इजलासमा लामो बहस गरेका थिए । दुवै जनाले प्रतिनिधि सभाले प्रधानमन्त्री दिनसक्ने अवस्था रहेसम्म विघटन गर्न नपाउने भन्दै विघटन असंवैधानिक भएको जिकिर गरेका थिए । इजलासबाट बारम्बार धारा ७६ (१) को प्रधानमन्त्रीले विघटन गर्न पाउँछन् कि पाउँदैनन् भन्ने जिज्ञासा आएको थियो । सो क्रममा वरिष्ठ अधिवक्ता पोख्रेल र आचार्यले अहिलेको प्रधानमन्त्रीलाई विघटनको अधिकार नभएको जिकिर गरेका थिए । प्रधानमन्त्री संसद्‌मा नगएको र प्रतिनिधि सभाले प्रधानमन्त्रीलाई असहयोग पनि नगरेको अवस्था रहेकाले संसद् विघटन असंवैधा...
संसद पुनर्स्थापनाका लागि आन्दोलन सशक्त बनाउनुपर्छ : नेता पाण्डे

संसद पुनर्स्थापनाका लागि आन्दोलन सशक्त बनाउनुपर्छ : नेता पाण्डे

राजनीति
मोरङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले सर्वोच्च अदालतको दैनिक बेन्च बस्ने भएकाले संसद् पुनर्स्थापना गर्न दबाबका लागि आन्दोलन सशक्त बनाउन आवश्यक रहेको बताएका छन् । त्यसका लागि सबैले आन्दोलनलाई सशक्त बनाउनुपर्ने बताएका छन् । विराटनगरमा आइतबार मोरङमा प्रचण्ड-नेपाल समूहका नेता, कार्यकर्तासँगको भेटघाटमा पाण्डेले प्रधानमन्त्री ओलीको प्रतिगमनकारी कदम असफल पार्न सबैलाई एकजुट भएर आन्दोलनमा उत्रिनुको विकल्प नरहेको बताएका हुन् । उनले भने, ‘संविधान र अन्तर्राष्ट्रिय अभ्यासका आधारमा समेत प्रतिनिधिसभा विघटन गर्न मिल्दैन । त्यसैले सर्वोच्च अदालतको निर्णय पुनर्स्थापना नै हुन्छ तर त्यसका लागि दबाब सिर्जना गर्नु अहिलेको आवश्यकता हो ।’ सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना नगरेको अवस्थामा राजनीतिक अस्थिरताले द्वन्द्व निम्तिनुका साथै मुलुक अँध्यारो सुरुङमा ...