राजनीति

संसद् पुनर्स्थापनाको माग प्रतिगमनको बाटो हो : गृहमन्त्री थापा

संसद् पुनर्स्थापनाको माग प्रतिगमनको बाटो हो : गृहमन्त्री थापा

राजनीति
धनकुटा । गृहमन्त्री रामबहादुर थापाले संसद् पुनर्स्थापना हुनु भनेको प्रतिगमन हुँदै राजसंस्था स्थापनातर्फ लाग्नु भएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले धनकुटामा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले अब चुनावका लागि सबै तयार हुनुपर्ने बताए । गृहमन्त्री थापाले जनताको बीचमा संघीय गणतन्त्रको नारा लिएर जाने उल्लेख गर्दै संसद् पुनर्स्थापनाको नारा लिएर हिँड्नेहरु पश्चगामी भएको आरोप समेत लगाए । कार्यक्रम स्थलमा जाने क्रममा नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेता कार्यकर्ताले मन्त्री थापालाई कालो झण्डा समेत देखाएका थिए ।...
संविधानमाथिकाे प्रहारले देश स्तब्ध छ, यस्ताे बेला हाँस्न सक्दैनाैं : प्रचण्ड

संविधानमाथिकाे प्रहारले देश स्तब्ध छ, यस्ताे बेला हाँस्न सक्दैनाैं : प्रचण्ड

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपलब्धिमाथि प्रहार भएका बेलामा हाँस्न नसक्ने बताएका छन् । काठमाडौंको बुद्धनगरमा आयोजित राष्ट्रिय युवा संघको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले संसद् विघटन गर्ने निर्णयले संविधानकै हत्या भएको भन्दै प्राप्त उपलब्धिमाथि प्रहार गरी हत्या गरेकाे बेलामा हाँस्न नसक्ने बताए । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष ओलीले शनिबार आफूले जनता हसाँएकामा आपत्ति जनाएको भन्दै र आफू मान्छे मार्दै, विधुवा बनाउन जान नसक्ने भन्दै कटाक्ष गरेका थिए । त्यसको जवाफ दिँदै प्रचण्डले उपलब्धिमाथि प्रहार भएका बेलामा आफूहरु हाँस्न नसक्ने बताए । "उहाँले जनतालाई हसाउँनु भएकामा मलाई पीर पर्नेभन्दा पनि नेपाली जनताले सात दशक लडेर ल्याएको उपलब्धिको हत्या भएको छ । हामी मातङ मनाएका छौं । हामी झन्डै-झन्डै बा-आमा मरेपछि चिन्ता हुन्छ परिवारका सबैलाई । त्य...
मुर्त–अमुर्त सम्पदा संरक्षणमा महानगरपालिका एकाग्र छः प्रमुख शाक्य

मुर्त–अमुर्त सम्पदा संरक्षणमा महानगरपालिका एकाग्र छः प्रमुख शाक्य

राजनीति
काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले मुर्त–अमुर्त सम्पदाको संरक्षणमा काठमाडौँ महानगरपालिका एकाग्र भएर लागेको बताउनु भएको छ । वडा नं. २१ स्थित लगन टोलमा रहेको ऐतिहासिक कीर्तिपुण्य महाविहारको आगँ छेँ पुनःनिर्माणको शिलान्याश गर्दै शाक्यले यस्तो बताउनु भएको हो । ‘काठमाडौँ ऐतिहासिक र सांस्कृति शहर हो । यहाँ लामो समयदेदेख जीर्ण बनेका सयौँ सम्पदा छन् । यिनीहरुको संरक्षण गर्नु राज्य र हाम्रो पनि दायित्व हो,’ शाक्यले भन्नुभयो, ‘अब पनि हामीले सहयोग नगरी त्यस्तै अवस्थामा छाडिदिने हो भने जीर्ण बनेका सम्पदा भग्नावशेष अवस्थामा पुग्ने निश्चित छ ।’ शाक्यले परम्परा, इतिहास, सँस्कृति र सस्कारलाई जीवन्न बनाउन सबैको हातेमालो आवश्यक रहेको स्मरण गराउनुभयो । ‘हाम्रो परम्परा, इतिहास, सँस्कृति र सस्कारलाई जोगाउने काम गुठियारहरुले गरिरहेका छन्,’ शाक्यले भन्नुभयो, ‘यस्तो अवस्थामा जीर्ण सम...
प्रतिगमनका लागि मिडिया सेटिङ सबैभन्दा खतरनाक : बाबुराम भट्टराई

प्रतिगमनका लागि मिडिया सेटिङ सबैभन्दा खतरनाक : बाबुराम भट्टराई

राजनीति
काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराईले प्रतिगमनका लागि मुलुकमा सबैतिर ‘सेटिङ’ भइरहेको दाबी गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले यस्तो बेला मिडिया सेटिङ सबैभन्दा खतरनाक हुने पनि बताएका छन् । ‘प्रतिगमननिम्ति सबैतिर सेटिङ भइरहेका बेला मिडियाको सेटिङ सबभन्दा खतरनाक हुन सक्छ,’ पूर्वप्रधानमन्त्री डा. भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्र इ। हाम्रो संविधानका आधारतत्व र तिनका प्रमुख वाहक जनयुद्ध, मधेस विद्रोह, थारू विद्रोह, जनजाति आन्दोलनलाई सत्तोसराप गर्ने र टीआरसी पूरा हुन नदिने को हुन् चिनौं।’...
राष्ट्रपति भणडारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

राष्ट्रपति भणडारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

Featured, राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् । राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली आइतबार बिहान शितलनिवास पुगेका हुन् । राष्ट्रपति र प्रधानमन्त्रीकाे भेटवार्तामा भएको कुराकानीबारे भने केही बाहिरिएकाे छैन् । प्रधानमन्त्रीले समसामयिक परिस्थितिबारे राष्ट्रपतिलाई बिफ्रिङ गर्ने परम्परा छ । तर पछिल्लो समय ओलीले आफू संकटमा परेको बेला राष्ट्रपति भण्डारीसँग बाक्लो भेट गर्ने गरेका छन् । सरकारकाे सिफारिसमा राष्ट्रपति भणडारीले प्रतिनिधि सभा विघटन गरेपछि प्रधानमन्त्रीकाे कदम असंवैधानिक भएकाे भन्दै यसकाे चर्काे विराेध भइरहेकाे छ । संसद घिङटनविरूद्ध परेका रिटमाथि सर्वाेच्च अदालतमा सुनुवाइ भइरहेकाे छ ।...
आवश्यक परे संविधानसभामा भएको छलफलको रेकर्ड मगाउँछौं : प्रधानन्यायाधीश जबरा

आवश्यक परे संविधानसभामा भएको छलफलको रेकर्ड मगाउँछौं : प्रधानन्यायाधीश जबरा

राजनीति
काठमाडाैं । प्रतिनिधि सभा विघटनविरुद्धका निवेदनको सुनुवाइमा आवश्यक परे संविधान निर्माणका क्रममा भएका छलफलको रेकर्ड मगाउन सर्वाेच्च अदालत तयार देखिएकाे छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते घोषणा गरेको प्रतिनिधि सभा विघटनविरुद्ध परेका निवेदनमाथि आइतबार भएको बहसमा कानुन व्यवसायीले संविधान निर्माणका क्रममा भएका छलफलको रेकर्ड माग गरेका थिए । जवाफमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संविधान निर्माणका बेला भएका छलफलको विवरण निवेदक सन्तोष भण्डारीले पनि उठाएको भन्दै त्यो मगाउन सकिने बताएका थिए । 'संविधान बन्दाखेरिका कुरा यसअघि पनि उठेका छन् । हामीले नोट गरेका छौं । आवश्यक परे मगाउँछौं,' उनले भने ।...
लोकतन्त्र र संविधानको रक्षाका लागि एक होऔँ : वरिष्ठ नेता पौडेल

लोकतन्त्र र संविधानको रक्षाका लागि एक होऔँ : वरिष्ठ नेता पौडेल

राजनीति
चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको संरक्षणका लागि सबै एक हुनुपर्ने बताउनुभएको छ । कांग्रेस चितवन क्षेत्र नं २ ले प्रजातन्त्रका सेनानी कांग्रेसका पूर्वक्षेत्रीय सभापति भक्तिप्रसाद तिमिल्सिनाको सातौँ पुण्यतिथिका दिन यहाँ आज आयोजित श्रद्धाञ्जलिसभामा उहाँले सबैको एकता र लगनशीलताले मात्र लोकतन्त्र र संविधानको रक्षा गर्न सकिने स्पष्ट गर्नुभयो । उहाँले तिमिल्सिनाको निधनले पार्टीलाई एउटा कर्मीमौरीको रिक्तता खड्कन पुगेको बताउँदै उहाँ जस्ता कार्यकर्ताका कारण कांग्रेसले आजसम्म विभिन्न आन्दोलनको नेतृत्व गर्न सकेको हो भन्नुभयो । उहाँले भन्नुभयो, “राजनीति त्यागको पाटो हो । यो कुरा भक्ति तिमिल्सिनाबाट सिक्नुपर्छ ।” सभामा कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी राजनीतिबाट लाभ गर्न सक्छु भन्दा पनि राजनीतिबाट समाजमा केही गर्न सक्छु भनेर लाग्नु आवश्यक रहेको बताउँदै पार्टी...
संसद विघटनको मुद्दामा सर्वोच्चमा बहस सुरू

संसद विघटनको मुद्दामा सर्वोच्चमा बहस सुरू

Featured, राजनीति
काठमाडाैं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा संसद विघटनको मुद्दामा बहस सुरु भएको छ । सर्वोच्चको गत शुक्रबारको आदेशअनुसार आजबाट प्रतिनिधि सभा विघटनको निवेदनमाथि निरन्तर सुनुवाइ हुनेछ । आज रिट निवेदकहरुले सुरुमा बहस गर्दैछन् । त्यसपछि सरकारी पक्षले निर्णयको प्रतिरक्षा गर्नेछ । अनि मुद्दा हाल्ने निवेदकहरूका तर्फबाट फेरि जवाफ दिइनेछ । यसअघि वृहत पूर्णइजलासमा रिटहरुको सुनुवाइ गर्ने कि संवैधानिक इजलासमा भन्नेमा विवाद थियो । तर, सर्वोच्च अदालतले संवैधानिक इजलासमै सुनुवाइ गर्ने निर्णय गरेको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, न्यायाधीशहरु विश्वम्भर प्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आउँदो माघ १७ र २७ गते मध्यावधि निर्वाचन...
दलका प्रतिनिधिसँग छलफल गर्दै निर्वाचन आयोग

दलका प्रतिनिधिसँग छलफल गर्दै निर्वाचन आयोग

राजनीति
काठमाडौं । निर्वाचन आयोगले निर्वाचनकाे तयारीबारे आज सर्वदलीय छलफल गर्दै छ । वैशाखमा हुने मध्यावधि निर्वाचनका बिषयमा छलफलका लागि दलका प्रतिनिधिहरुलाई कान्तिपथस्थित कार्यालयमा आयोगले बोलाएको छ । आगामी निर्वाचनका विषयमा दलहरुसँग छलफल गर्न लागिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेकी थिइन् । प्रतिनिधि सभा विघटनसँगै आउँदो वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनकाे घाेषणा भएकाे छ । आयोगले मध्यावधि निर्वाचनकाे तयारीलाई तिब्र बनाएकाे छ। यता संसद विघटनबिरूद्ध परेका मुद्दा सर्वाेच्चमा विचारधिन छन् । संसद पुनर्स्थापनाकाे माग गर्दै सर्वाेच्च अदालतमा परेका रिटहरूकाे आजबाट निरन्तर सुनुवाइ हुँदैछ ।...
सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री राउत

सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री राउत

राजनीति
राजविराज । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ बनरभुलामा शनिबार नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीको १०औँ साधारणसभामा उहाँले देशमा सङ्कट आएको समयमा पत्रकारले खेल्ने भूमिका महत्वपूर्ण भएको बताउनुभयो । कुनै पनि अधिकार प्राप्तिको आन्दोलन होस् या देशलाई सङ्कट परेको खण्डमा पत्रकारले गरेको योगदान महत्वपूर्ण हुने उहाँले बताउनुभयो । सञ्चार क्षेत्रको विकासबिना देशमा सुशासन र समृद्धिको कल्पनासमेत गर्न कठिन रहेको बताउँदै मुख्यमन्त्री राउतले सञ्चारगृहको विकास हुनुपर्नेमा जोड दिनुभयो । प्रदेश सरकारले सञ्चार क्षेत्रको विकासका लागि छिट्टै सञ्चार प्राधिकरण गठन र मिडिया काउन्सिलसम्बन्धी कार्य अगाडि बढाउन लागेको जानकारी दिँदै उहाँले प्रदेश सरकार सञ्चार क्षेत्र र पत्रकारको हकहित र उनीहरूको स...