राजनीति

संसद विघटन मुद्दामा आजको बहस सुरू

संसद विघटन मुद्दामा आजको बहस सुरू

Featured, राजनीति
काठमाडौं । संसद विघटनविरूद्ध परेका मुद्दाहरूमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजको बहस सुरू भएको छ। गत आइतबारदेखि निरन्तर बहस भइरहेको मुद्दामा आज रिट निवेदकका तर्फबाट अधिवक्ता शिवकुमार यादवले बहस सुरू गरेका छन् । यसअघि सोमबारको बहसमा रिट निवेदकका तर्फबाटै दुई जना वकिलले बहस गरेका थिए। एउटै वकिलले लामो बहस गरेपछि न्यायाधीशले समयको ख्याल गर्न भनेका थिए। वकालतनामाका लागि तयार भएका अधिवक्ताको संख्यालाई मध्यनजर गर्दै इजलासले बहस छोट्याउन पनि सुझाएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ मा प्रतिनिधि सभा विघटनगरेकी थिइन् ।...
प्रदेश १ प्रचण्ड–नेपाल पक्षकाे संसदीय दलको बैठक बस्दै

प्रदेश १ प्रचण्ड–नेपाल पक्षकाे संसदीय दलको बैठक बस्दै

राजनीति
मोरङ । प्रदेश १ मा संसदीय दलको बैठक बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका प्रदेश सांसद इन्द्रबहादुर आङ्वोले जानकारी दिए । उनका अनुसार बुधबारबाट बस्ने प्रदेशसभा बैठक अघि नेकपाको बहुमत पक्षको संसदीय दलको बैठक बस्न लागेको हो । यसअघि प्रचण्ड–नेपाल पक्षले मुख्यमन्त्री समेत रहेका दलका नेता शेरधन राईलाई हटाएर भिम आचार्यलाई चयन गरिसकेको छ । प्रदेश सभा बैठकमा नेकपाको बहुमत पक्षले प्रदेशका मुख्यमन्त्री राईविरुद्ध दर्ता गरको अविस्वासको प्रस्ताव निणर्याथ प्रस्तुत गर्ने तयारी छ । तर गत पुस १० गते ३७ सांसदले राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए । त्यसमध्ये ३ जना सांसदले आफ्नो हस्ताक्षर फिर्ता गरिसकेका छन् । कुल ९३ जना सांसद रहेको यो प्रदेशमा नेकपाका कुल ६७ जना सांसद छन् ।...
संसद विघटनविरूद्धका रिटमा आज पनि सुनुवाइ हुँदै

संसद विघटनविरूद्धका रिटमा आज पनि सुनुवाइ हुँदै

Featured, राजनीति
काठमाडौं । प्रतिनिधि सभा विघटनविरूद्धको रिटमा मंगलबार पनि सर्वाेच्च अदालतकाे संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराको नेतृत्वमा न्यायाधीशहरू अनिलकुमार सिन्हा, विश्वभर श्रेष्ठ, तेजबहादुर केसी र सपना प्रधान मल्ल रहेको संवैधानिक इजलासमा उक्त रिटमाथि आइतबारदेखि निरन्तर सुनुवाइ भइरहेको छ । हिजाेकाे सुनुवाइमा दिनभरमा दुई जना अधिवक्ताले बहस गरेका थिए । वकालतनामाका लागि तयार भएका अधिवक्ताको संख्यालाई मध्यनजर गर्दै इजलासले बहस छोट्याउन पनि सुझाएका छन् । सरकारकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ मा प्रतिनिधि सभा विघटनगरेकी थिइन् ।...
देउवा र पौडेलबीच भेटवार्ता, भोलिको केन्द्रीय समिति बैठक सर्‍यो

देउवा र पौडेलबीच भेटवार्ता, भोलिको केन्द्रीय समिति बैठक सर्‍यो

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । सभापति देउवा वरिष्ठ नेता पौडेललाई भेट्न सोमबार अपरान्ह पौडेलको निवास बोहोराटार पुगेका हुन्। बोहोराटारमा देउवा र पौडेलबीच करिब एक घण्टा संवाद भएको थियो । असोज १२ मा पौडेल पक्षले केन्द्रीय समितिमा पेस गरेको विरोध पत्रका विषयमा छलफल भएको पौडेलको सचिवालयले जनाएको छ । गत बुधबार नेकपाका प्रचण्ड–नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले आफूसँग राखेको प्रस्तावबारे पनि देउवाले पौडेललाई जानकारी गराएका छन् । प्रचण्ड र नेपालले सडक संघर्ष, केन्द्रदेखि प्रदेशको सत्ता र निर्वाचनको समीकरणका सन्दर्भमा देउवा सामूह प्रस्ताव राखेका थिए । यता भोलि (मंगलबार)लाई बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सारिएको छ। अब केन्द्रीय समिति बैठक माघ १३ गते बस्ने कांग्रेसले जनाएको छ।...
प्रदेश सरकारबिरुद्ध अविश्वास प्रस्ताव : थप तीन जना शेरधन राईको कित्तामा

प्रदेश सरकारबिरुद्ध अविश्वास प्रस्ताव : थप तीन जना शेरधन राईको कित्तामा

राजनीति
काठमाडौं । मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका प्रदेश १ का ३ जना प्रदेशसभा सदस्यले हस्ताक्षर फिर्ता लिएका छन् । सांसदहरु झापाकी जसमाया गजमेर, गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनालीले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउनु उपयुक्त नठानेको भन्दै फिर्ता लिएको बताएका छन् । उनीहरुले प्रदेशसभाका सचिवलाई पत्र लेखेर भनेका छन् ‘प्रदेश सरकारका विरुद्ध त्यहाँ कार्यालयमा दर्ता भएको अविश्वास प्रस्तावमा हस्ताक्षरकर्ता सांसदहरु मध्ये हामी निवेदकहरुको समेत हस्ताक्षर रहेको र नेकपाकै सरकारविरुद्ध हामी नेकपाकै सांदसहरुले अविश्वास प्रस्ताव दर्ता गर्नु उपयुक्त ठानेनौं ।’...
तोकिएको मितिमा निर्वाचन जरुरी छ : राष्ट्रपति भण्डारी

तोकिएको मितिमा निर्वाचन जरुरी छ : राष्ट्रपति भण्डारी

राजनीति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको बताएकी छिन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६/७७ ग्रहण गर्दै उनले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको हुँदा तोकिएको समयमा नै आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन गराउन जरूरी भएको बताएकी हुन् । राष्ट्रपति भण्डारीले स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, मितव्ययी र भयरहित निर्वाचनका लागि गम्भिरता र दृढतापूर्वक कार्य गर्न आयोग सक्षम हुने विश्वास व्यक्त गर्दै निर्वाचनको माध्यमद्वारा लोकतन्त्रलाई संस्थागत एवं सुदृढीकरण गर्ने काम आयोगको भएको बताइन् । निर्वाचनमा बढीभन्दा बढी मतदाताहरूको सहभागिता गराउन, सबै मतदाताको मताधिकार सुनिश्चित गर्न र मतदानस्थल तथा केन्द्र मतदातामैत्री बनाउन उनले सुझाव दिइन्। सरकारले आगामी वैशाख १७ र २७ गते...
माघ १६ पछि आमहड्ताल गर्छौं : प्रचण्ड

माघ १६ पछि आमहड्ताल गर्छौं : प्रचण्ड

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माघ १६ गतेपछि प्रदर्शनको स्वरूप फेर्दै कडा आन्दोलन गर्ने बताएका छन्। अबका कार्यक्रम दैनिक सशक्त बन्दै जाने भन्दै उनले आगामी माघ १६ पछि प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध आमहड्तालमा जाने चेतावनी दिए । त्यसका लागि तयारीमा लाग्न पनि प्रचण्डले नेता–कार्यकर्तालाई निर्देशन दिए । सोमबार आफू निकट अखिल नेपाल महिला संघको भेलालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको मात्र नभइ संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रकै विघटन गरेको आरोप लगाए । ‘प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको होइन, त्यो अधिकार पनि उहाँलाई छैन । संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको हो । त्यसकारकारण आन्दोलनको विकल्प छैन । ढिलो गर्न पनि हुँदैन । जनताको अदालत सवैभन्दा माथि हुन्छ’ उनले भने ।...
पूर्व मुख्यसचिव रेग्मी राजदूतमा नियुक्त

पूर्व मुख्यसचिव रेग्मी राजदूतमा नियुक्त

राजनीति
काठमाडौं । पूर्व मुख्यसचिव लोक दर्शन रेग्मी बेलायतका लागि नेपाली राजदूतमा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेग्मीलाई राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । रेग्मीले १५ असोजमा मुख्यसचिव पदबाट राजीनामा दिएका थिए । त्यही दिन उनलाई मन्त्रिपरिषद बैठकले राजदूत सिफारिस गरेको थियो । उनीसँगै अमेरिकाका लागि नेपाली राजदूतमा सिफारिस भएका पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा भने यसअघि नै राजदूत नियुक्त भइसकेका छन् ।...
प्रधानमन्त्रीले संसद् विघटन गर्न मिल्दैन भन्ने नेम्वाङको अभिव्यक्तिको संवैधानिक इजलासमा चर्चा

प्रधानमन्त्रीले संसद् विघटन गर्न मिल्दैन भन्ने नेम्वाङको अभिव्यक्तिको संवैधानिक इजलासमा चर्चा

Featured, राजनीति
काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरुमाथि सर्वाेच्च अदालतमा बहस जारी छ । बहस जारी रहेकै बेला सोमबार संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले नयाँ संविधानअनुसार संसद् विघटन गर्न मिल्दैन भनेर गरेको टिप्पणीको चर्चा भएको छ । सोमबार अधिवक्ता दीनमणि पोखरेलले संविधानसभा अध्यक्ष नेम्वाङले संसद सचिवालयकको स्मारिकामा दिएको अन्तर्वार्ताको विषय बहसको क्रममा पढेर सुनाएका हुन्। स्मारिकाको अन्तर्वार्तामा नेम्वाङले अहिलेको संविधानले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नदिएको बताएका थिए। अधिवक्ता पोखरेलले संविधानसभाको अध्यक्षको रूपमा नेम्वाङले अन्तर्वार्ता दिएको र त्यसले संविधानको मर्मलाई बुझाउने बताए। बहसका क्रममा अधिवक्त पोखरेलले संविधानसभा अध्यक्ष स्वयंले संसद विघटनका सम्बन्धमा नयाँ संविधानमा विगतको भन्दा फरक व्यवस्था रहेको बताएकाले विगतको व्यवस्थाबारे चर्चा गर्न आवश्यक नरहेको बताएका ...
ओलीले पार्टीभित्रको विवाद मिलाउन नसक्दा संसद विघटन गरे : कांग्रेस नेता सिटौला

ओलीले पार्टीभित्रको विवाद मिलाउन नसक्दा संसद विघटन गरे : कांग्रेस नेता सिटौला

section, राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमलाई सघाउनेभन्दा रोक्ने अदालत आवश्यक परेको बताएका छन् । गणेशमान सिंह तथा शहीद स्मृति शान्ति प्रतिष्ठानले काठमाडाैंमा गरेको कार्यक्रममा नेता सिटौलाले सर्वोच्च अदालतले संविधानको सही व्याख्या गरोस् भन्दै प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार संविधानले नदिएको जिकीर गरे । प्रधानमन्त्री ओलीले पार्टीभित्रको विवाद व्यवस्थापन गर्न नसक्दाको रीस प्रतिनिधि सभा विघटन गरेर पोखेको भन्दै नेता सिटौलाले यो राष्ट्र र जनतामाथिको बेइमानी भएको टिप्पणी गरे । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।...