राजनीति

प्रतिबन्ध फुकुवापछि विप्लव र प्रधानमन्त्री एकै मञ्‍चबाट सम्बोधन गर्ने

प्रतिबन्ध फुकुवापछि विप्लव र प्रधानमन्त्री एकै मञ्‍चबाट सम्बोधन गर्ने

Featured, राजनीति
काठमाडौं । सरकारले नेपाल कम्युनिष्ट पार्टी गठन गरी भूमिगत भएका नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमाथि लगाएको प्रतिवन्ध हटाएसँगै आज विप्लव सार्वजनिक हुने भएका छन् । सरकार र विप्लव समूहबीच बिहीबार तीन बुँदे सहमति भएसँगै उक्त समूमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरिएको हो । सहमति र प्रतिवन्ध फुकुवासँगै नेकपा महासचिव विप्लव दुई वर्षपछि औपचारिक रुपमा सार्वजनिक हुने लागेका हुन्। एकीकृत जनवादी क्रान्ति र वैज्ञानिक समाजवादी क्रान्तिका लागि जनसंघर्ष सुरु गरेको बताउने विप्लव २०७४ सालदेखि खुलारुपमा देखिएका थिएनन्। सरकारले राजनीतिक प्रतिबन्ध लगाएपछि २०७५ साल फागुन २८ देखि विप्लवसहित नेकपाका सबै नेता तथा कार्यकर्ता पूर्ण रुपमा भूमिगत भएका थिए। विप्लव सार्वजनिक हुने दिन नै प्रधानमन्त्री केपी शर्मा ओलीसँगै बस्ने भएका छन् । शुक्रबार एक विशेष कार्यक्रमबीच प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले एउटै...
अबकाे प्रधानमन्त्री प्रचण्ड, कांग्रेसकाे पनि सहमति!

अबकाे प्रधानमन्त्री प्रचण्ड, कांग्रेसकाे पनि सहमति!

section, राजनीति
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता सहकार्यबारे पार्टीका पदाधिकारीसहित शीर्षस्थ नेताहरुको राय लिएका छन् । बिहीबार देउवा निवास बुढानिलकण्ठमा बसेको काँग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी संसदीय फाँटको जिम्मेवारीमा रहेका नेताहरुसँग छलफल गरेका हुन् । वरिष्ठ नेता रामचन्द्र पौडेल उपत्यका बाहिरबाट आउन ढिलो भएपछि दिउँसो तीन बजेलाई बोलाइएको बैठक पाँच बजेपछि मात्र सुरु भएको थियो । छलफलमा नेताहरु सत्ता सहकार्यबारे नेकपाका केपी ओली भन्दा पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षसँग सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए । वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रचण्ड नेपाल पक्षले दर्ता गराएको अविश्वासको प्रस्तावमा काँग्रेस लचिलो बन्नुपर्ने मत राखेका थिए । उनले मुलुकलाई निकास दिन प्रचण्डलाई प्रधानमन्त्रीका रुपमा स्वीकार गर्न काँग्रेस लचिलो बन्नुपर्ने पौडेलको भनाइ छ । प्...
गगन थापाले भने-प्रधानमन्त्री ओलीको निरन्तरता अस्वीकार्य

गगन थापाले भने-प्रधानमन्त्री ओलीको निरन्तरता अस्वीकार्य

राजनीति
सर्लाही। नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको निरन्तरता अब स्वीकार्य नहुने बताएका छन् । बिहीबार नेपाल प्रेस युनियन सर्लाहीले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता थापाले अब प्रधानमन्त्रीलाई बिदा गर्नेतर्फ काँग्रेसका नेता कार्यकर्ता एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । पहिले सरकारमा जाने नजाने भन्दा पनि सरकार कसरी हटाउने भन्नेमा अब काँग्रेसले ध्यान दिनुपर्ने तथा प्रधानमन्त्रीलाई निरन्तरताबाट हटाउनेतर्फ लाग्नु पर्ने नेता थापाले बताए । फरक प्रसंगमा नेता थापाले भने, यदि साँच्चिकै देश विकास गर्ने हो भने देशको प्रधानमन्त्री बन्नु भन्दा पहिले पाँच वर्षको लागि जनताले देश चलाउन कुनै पनि पार्टिलाई म्यानडेट दिए हुने र देश विकास गर्न प्रधानमन्त्री बनेको दिनदेखि बाहिरिने दिन सम्मको तालिका बनाएर लागे मात्र देश विकास हुने बताए ।...
ओली नहट्ने सङ्केतपछि संयुक्त अविश्वास प्रस्तावको तयारीमा काँग्रेस र प्रचण्ड–माधव पक्ष

ओली नहट्ने सङ्केतपछि संयुक्त अविश्वास प्रस्तावको तयारीमा काँग्रेस र प्रचण्ड–माधव पक्ष

राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा विवादलाई अड्काएर आफू नेतृत्वको सरकारलाई टिकाइराख्न चाहेपछि काँग्रेसले पूर्व निर्णयबाट पछि हट्न सक्ने संकेत दिएको छ । प्रतिनिधिसभा विघटनको निर्णय बदर भएपछि गत बिहीबार बसेको काँग्रेस पदाधिकारी बैठकले नेकपा वैधानिकरुपमा विभाजित भइनसकेको अवस्थामा दुवै पक्षलाई निषेध नगरी अघि बढ्ने निर्णय लिएको थियो । काँग्रेसका एक नेताका अनुसार त्यसको अर्थ ओली सरकारलाई निरन्तरता दिने भन्ने थिएन । ‘ओलीले आफ्नो विकल्प अघि सार्ने विषयमा केही कदम चाल्लान् भन्ने विश्वास थियो । तर उनका पछिल्ला गतिविधिले दाहाल–नेपाल समूहलाई गलाएर, थकाएर आफ्नै नेतृत्वको सरकारलाई निरन्तरता दिन खोजेको देखियो,’ ती नेताले भने, ‘अब काँग्रेसले पनि रणनीति परिवर्तन गर्नुपर्छ ।’ काँग्रेसले अब लिने विकल्प भनेको दाहाल–नेपाल समूहसँग मिलेर अविश्वासको प्रस्ताव ल्याउने हो, जुन विषयमा अनौपचारिक संव...
३ सय बढी सुरक्षाकर्मीको घेरामा रहने प्रधानमन्त्रीलाई कसले दियाे ‘सुरक्षा थ्रेट’?

३ सय बढी सुरक्षाकर्मीको घेरामा रहने प्रधानमन्त्रीलाई कसले दियाे ‘सुरक्षा थ्रेट’?

Featured, राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक हमला हुनसक्ने बताएपछि सुरक्षा निकायहरु नै अचम्मित भएका छन्। । रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री ओलीले आज पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधनका क्रममा आफूमाथि शारीरिक हमला हुनसक्ने वताएका थिए। सेना, प्रहरी, सशस्त्र सबै सुरक्षा निकाय प्रधानमन्त्रीकै मातहत हुन्छन् । तर उनले आफूलाई असुरक्षित मात्र होइन, ज्यानै लिनेसम्मको आक्रमण हुनसक्ने अभिब्यक्ति दिएका छन् । प्रधानमन्त्री देशको कार्यकारी प्रमुख भएकाले तीन तहको सुरक्षा घेरा राखिएको छ, जुन उच्च सुरक्षा घेरा हो । उच्च सुरक्षा घेरामा रहने प्रधानमन्त्री ओलीले कसरी असुरक्षित महसुस गरे ? उनीमाथि साँच्चिकै सुरक्षा थ्रेट भएको हो कि जनताको सहानुभूति लिन उनले प्रोपोगान्डाका लागि यस्तो अभिब्यक्ति दिएका हुन् ? अन्यथा उनी कोबाट असुरक्षित छन् ? उनले ...
ओलीलाई बर्खास्त गरी नयाँ सरकार गठनकाे तयारी!

ओलीलाई बर्खास्त गरी नयाँ सरकार गठनकाे तयारी!

राजनीति
मकवानपुर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री योगेश कुमार भट्टराईले केही दिनमा ओली सरकारलाई बर्खास्त गरी केही दिनमै नयाँ सरकार गठन हुने दाबी गरेका छन् । प्रेस संगठन नेपाल वाग्मती प्रदेशको सोमबार हेटौँडामा भएको भेलालाई सम्बोधन गर्दै भट्टराईले ओलीलाई बर्खास्त गरी केही दिनमै नयाँ सरकार गठन हुने बताएका हुन् । देशमा भएको आमुल परिवर्तनमा प्रेसको भूमिका अतुलनीय रहेको र सम्रग प्रेस जगप्रतिको स्वतन्त्रता कायम राख्न नेकपा प्रचण्ड-माधव समूह कटिबद्द रहेको उनले बताए । उनले प्रधानमन्त्रीले दिनदाहडै संसद विघटन गर्दा ठीक हो भन्दै त्यसको पछि लाग्नेलाई आफ्नो अस्तित्वको रक्षा गर्न चुनौती समेत दिएका छन् । नेता भट्टराईले प्रधानमन्त्री ओलीले आफूले गरेको गल्तीप्रति आत्मालोचनासहित पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् ।...
यस्ता छन् मन्त्रिपरिषद्‌का पछिल्ला निर्णय (पूर्णपाठसहित)

यस्ता छन् मन्त्रिपरिषद्‌का पछिल्ला निर्णय (पूर्णपाठसहित)

Featured, राजनीति
काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सोमबार मन्त्रालयमा मन्त्रिपरिषद्ले गरेका निर्णय पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेका छन् । सरकारले सहसचिव कृष्ण प्रसाद पुडासैनीलाई सचिवमा बढुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सिफारिसमा मन्त्रिपरिषद बैठकले नेपाल न्याय सेवा सरकारी वकिल समूह, राजपत्रांकित द्वितीय श्रेणी अर्थात सहसचिव सरहका कृष्ण प्रसाद पुडासैनीलाई सचिवमा बढुवा गरेको हो। यस्तै, बैठकले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रबन्धकमा अनिल कुमार झालाई नियुक्त गरेको छ। यस्ता छन् नेपाल सरकार मन्त्रिपरिषद्‌को निर्णयहरु:...
‘प्रधानमन्त्रीले राजीनामा दिनु हुन्न’

‘प्रधानमन्त्रीले राजीनामा दिनु हुन्न’

राजनीति
काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले प्रधानमन्त्रीलाई राजीनामा दिनबाट रोकेको बताएका छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले राजीनामाबाट रोक्ने काम सर्वोच्चको फैसलाबाट भएको दाबी गर्दै प्रधानमन्त्री ओलीले राजीनामा नगर्ने स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको बैठक आह्वान भइसकेकाले संसदीय प्रक्रियाबाट प्रधानमन्त्री अघि बढ्ने उनले स्पष्ट पारे । उनले भने– ‘२०७७ फागुन ११ गतेको सर्वोच्च अदालतको परमादेशले सम्माननीय प्रधानमन्त्री केपी शर्मालाई राजीनामा दिनबाट रोकेको छ । बहुमत प्राप्त प्रधानमन्त्रीले राज्य सञ्चालन गर्नु संवैधानिक र नैतिकताको विषय भएको फैसला गरेको छ । आफु जनताको प्रतिनिधित्व गर्दै सरकार बनाउने प्रतिबद्धताका साथ चुनावमा भाग लिई जनप्रतिनिधिको रुपमा चुनिएर जाँदा त्यस्ता जनप्रतिनिधिहरुको दलले संसदमा बहुमत प्राप्त गरेको अव...
प्रचण्डले गरे सनसनी पूर्ण खुलासा, ओलीलाई लाग्याे झट्का!

प्रचण्डले गरे सनसनी पूर्ण खुलासा, ओलीलाई लाग्याे झट्का!

राजनीति
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनभित्रै निर्वाचन आयोगले नेकपाबारे निर्णय गर्ने बताएका छन् । उनले निर्वाचन आयोगले केही दिनभित्रै गर्ने उक्त निर्णय आफ्नो पक्षमा आउने दावी समेत गरे । सोमबार सोमबार नेकपा निकट पेसागत महासंघ र नेपाल राष्ट्रिय कर्मचारी महासंघको एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफ्नो नेतृत्वको नेकपालाई नै वैधानिकता र सूर्य चिन्ह पनि आफैले पाउने बताए । ‘कोही भ्रममा पर्नु पर्दैन । नेकपा र सूर्य चिन्ह हाम्रै हो, घोषणा हुन मात्र बाँकी छ’, प्रचण्डको दावी छ । उनले सर्वोच्चको फैसलापछि केपी शर्मा ओली प्रधानमन्त्रीको कुर्सीमा एकछिन पनि बस्न लायक नभएको भन्दै ओली पतन नहुँदासम्म केही नछोड्ने पात्रका रुपमा देखिएको बताए । उनले निकै ठुलो लक्ष्य र सपना बोकेर राजनीतिक स्थायित्व, आर्थिक समृद्धि, सामाजिक न्याय आवश्यक छ भन्ने महशुस गर...
‘ममाथि खतरा छ, मेरो ज्यान तलमाथि भैहाल्यो भनेपनि कुनै अनौठो नमाने हुन्छ’

‘ममाथि खतरा छ, मेरो ज्यान तलमाथि भैहाल्यो भनेपनि कुनै अनौठो नमाने हुन्छ’

Featured, राजनीति
कास्की। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जुनसुकै बेला शारीरिक हमला हुन सक्ने बताएका छन् । सोमबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय नेकपा ओली नेतृत्वको भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘आफूहरुमाथि सम्पूर्ण रुपले प्रहार भएको छ । हामीलाई काम गर्न दिएका छैनन् । ‘तपाईंहरू अचम्म नमान्नुहोला, यदी ममाथि कुनै शारीरिक हमला नै भयो वा मेरो ज्यान तलमाथि भइहाल्यो भने अचम्म नमान्नुहोला,’ प्रधानमन्त्री ओलीले भने। तर यस्तो हुन नदिने उनले बताए । ‘तर त्यस्तो हुन दिइने छैन। सतर्कता अपनाउछौं । म रहिन भने पनि केही छैन, पार्टी छ । आन्दोलन छ । देश बनाउने पार्टीको भविष्य अन्धकारमा लैजान दिनुहुँदैन,’ उनले भने । उनले आफूमाथि प्रहार भइरहेको उल्लेख गर्दै थपे, ‘यस पार्टीको नेतृत्वमा म भएको हुनाले र सरकार ठिक ढंगले चलाइरहेको हुनाले ममाथि प्रहार केन्द...