राजनीति

नेकपा नाम विवादकाे सर्वाेच्चले गर्याे यस्ताे फैसला, ओली-प्रचण्डलाई लाग्याे झट्का!

नेकपा नाम विवादकाे सर्वाेच्चले गर्याे यस्ताे फैसला, ओली-प्रचण्डलाई लाग्याे झट्का!

राजनीति
काठमाडौं । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय खारेज गरेको छ । न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको सर्वोच्च अदालत स्रोतले जनाएको छ । निर्वाचन आयोगमा ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी दर्ता भइसकेको अवस्थामा ३ जेठ २०७५ मा तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएपछि उक्त पार्टीको नाम पनि नेपाल कम्युनिस्ट पार्टी (ने क पा) राखी निर्वाचन आयोगमा पेश गरेका थिए । त्यसलाई निर्वाचन आयोगले मान्यता दिएको थियो । आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम दिएर अर्को पार्टी दर्ता गर्न दिएको भन्दै कट्टेलले सर्वोच्च अदालतमा रिट दिएका थिए ।...
प्रचण्ड-माधव पक्षको निर्णय संसद सचिवालयले दर्ता गर्न मानेनन्

प्रचण्ड-माधव पक्षको निर्णय संसद सचिवालयले दर्ता गर्न मानेनन्

राजनीति
काठमाडौं । प्रचण्ड नेपाल पक्षको संसदीय दलको बैठकका निर्णय संसदका महासचिवले दर्ता गर्न आनाकानी गरेका छन् । महासचिवले दलको निर्णय दर्ता गर्न नमानेपछि शीर्ष नेताहरुले महासचिव गौतमलाई भेटेर जानकारी लिएका छन् । महासचिव गौतमले निर्णय दर्ता गर्न नमानेको र कानुनी प्रक्रिया बुझेर मात्र गर्ने बताएको सांसद अञ्जना विशंखेले जानकारी दिइन । नेकपामा ओली पक्षले संसदीय दलको प्रमुख सचेत देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई चयन गरेको थियो । तर प्रचण्ड माधव पक्षले गुरुङ नै प्रमुख सचेतक रहेको भन्दै गुरुङलाई नै सचेतकको हैसियत दिन माग गरेका छन् । त्यसैगरी यो पक्षले केपी ओलीलाई दलको नेताबाट हटाएर प्रचण्डलाई दलको नेता चयन गरेको छ । सो कुराको जानकारी संसद सचिवालयमा दर्ता गर्नुपर्ने हुन्छ ।...
विप्लव समूहका हतियार र सेना के हुन्छन् ?

विप्लव समूहका हतियार र सेना के हुन्छन् ?

राजनीति
विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता योगेश भट्टराईले शान्ति प्रक्रियामा आएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको हतियार र सेनाका विषयमा प्रश्न उठाएका छन् । सरकार र विप्लव समूहबीच भएको तीन बुँदे सहमतिमा हतियार र सेनाका विषयमा टुंगो नलगाइएको उल्लेख गर्दै नेता भट्टराईले त्यस विषयमा चिन्ता व्यक्त गरेका हुन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरुसगँको भेटमा बोल्दै नेता भट्टराईले ०६२- ०६३ मा तत्कालीन माओवादी शान्ति पक्रियामा आउँदा हतियार, लडाकु के गर्ने भनेर टुङगिएपछि सबै शान्ति प्रक्रियामा आबद्ध भएको बताए । तर, यो सहमतिमा विप्लव समूहका हतियार के हुन्छन् ? विप्लव समूहले बनाएका सेना के हुन्छन् ? यो टुङगो लगाउन जरुरी रहेको उनको भनाइ छ।...
पुनर्स्थापित प्रतिनिधिसभाको बैठकको पूर्वसन्ध्यामा दलहरू के गर्दैछन्?

पुनर्स्थापित प्रतिनिधिसभाको बैठकको पूर्वसन्ध्यामा दलहरू के गर्दैछन्?

Featured, राजनीति
काठमाडाैँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापित गरिदिएपछि त्यसको पहिलो अधिवेशन आइतवार दिउँसो शुरू हुँदैछ। प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई फागुन ११ गते बदर गर्दै अदालतले १३ दिनभित्र अधिवेशन बोलाउन आदेश दिएपछि पाँच दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीले बैठक आह्वान गरेकी थिइन्। परिवर्तित सन्दर्भमा राजनीतिक दलहरूले आ-आफ्नै रणनीति अवलम्बन गरेको देखिन्छ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको एउटा समूहको शनिवार संसदीय दलको बैठक सपन्न गरेको छ। दलीय गतिविधि बैठकमा ९१ जना प्रतिनिधिसभा सांसद उपस्थित भएको बैठकपछि बताइएको छ। "अविश्वासको प्रस्ताव आए पनि, जे पाए पनि, मेरो विचारमा अहिले सरकार जसरी अगाडि बढिरहेको छ त्यो अवस्थामा पास हुने कुरै छैन," राष्ट्रिय सभाका ओली पक्षका प्रमुख सचेतक खिमलाल भट्टराई बैठकपछि भने। "अलिकति नेता र अलिकति कार्यकर्ता अर...
ओली समूहको यस्ताे दावीले प्रचण्डलाई लाग्याे झट्का!

ओली समूहको यस्ताे दावीले प्रचण्डलाई लाग्याे झट्का!

Featured, राजनीति
काठमाडौं । नेकपा ओली समूहको संसदीय दलको बैठक शनिबार बसेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा बहुमत सांसद् उपस्थित भएको दावी गरिएको छ । बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै राष्ट्रिय सभाका प्रमुख सचेतक समेत रहेका सांसद् खिमलाल भट्टराईले बैठकमा १ सय १५ जना सांसद उपस्थित भएको दावी गरे । उनले राष्ट्रिय सभाका २४ र प्रतिनिधि सभाका ९१ जना सांसद् उपस्थित भएको दावी गरेका हुन् । उनले भोलि केही थप सांसद् पनि ओली पक्षमा उपस्थित हुने बताएका छन् । बैठकमा प्रधानमन्त्रीले १ सय १५ सांसद संख्या पुगेको र भोलि २० भन्दा बढी संख्या आफ्नो पक्षमा हुने बताएको भट्टराईको भनाइ छ । प्रचण्ड नेपाल पक्षमा पनि १ सय १५ जना सांसद छन् नि भनेर पत्रकारहरुको प्रश्नमा भट्टराईले भने, ‘उहाँहरुले कसरी १ सय १५ पुर्‍याउनु भयो थाहा छैन, तर हामीलाई संख्यामा कुनै चिन्ता छैन। हामी बहुमतमा छौँ ...
प्रधानमन्त्री ओलीविरुद्ध प्रचण्डले चाल्दैछन् यस्ताे कडा कदम

प्रधानमन्त्री ओलीविरुद्ध प्रचण्डले चाल्दैछन् यस्ताे कडा कदम

Featured, राजनीति
काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका सांसदहरुले संसदीय दलको नेतामा पुनः पुष्पकमल दाहाललाई चयन गरेको छ । र, दलका नेता प्रचण्डले अब प्रधानमन्त्री केपी शर्मा ओलीलाई अविश्वासको प्रस्तावबाटै हटाउने बताएका छन् । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेपछि पुनर्स्थापना भएको प्रतिनिधिसभाको बैठक फागुन २३ गते बोलाइएको छ । त्यसको दुई दिनअघि प्रचण्ड–माधव समूहका प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरुको बैठक बसेको थियो । दुबै सदनमा गरी नेकपाका २२१ सांसद छन्, जसमध्ये १११ जना प्रचण्ड–माधव समूहले बोलाएको बैठकमा उपस्थित थिए । योगेश भट्टराईसहित ७ सांसद विभिन्न कारणले शुक्रबारको बैठकमा आउन नपाएको नेताहरुको दाबी छ । संसदीय दलको बहुमत सदस्यले आफूलाई नेता चयन गरेको भन्दै प्रचण्डले आफूहरु नै आधिकारिक भएको दाबी गरे । ओलीले तत्काल राजीनामा दिएर सहज बनाउनुपर्ने भन्दै उनले अघि भने, ‘नदिए संविधान कानूनअनुसार संसद...
कांग्रेसकाे प्रश्न: हतियार बुझाउने चौंथो बुँदा खोइ ?

कांग्रेसकाे प्रश्न: हतियार बुझाउने चौंथो बुँदा खोइ ?

राजनीति
काठमाडौँ। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकार र नेत्रविक्रम चन्द विप्लवबीचको सहमतिमा हतियार बुझाउने विषय समावेश नभएकोप्रति आपत्ति जनाएका छन्। शुक्रबार सरकारले विप्लवसँग तीनबुँदे सहमतिमा हस्ताक्षर गरेसँगै शर्माले भनेका छन्, ‘प्रचण्ड आउँदा ‘खोलाले बगायो’ थोरै हतियार, विप्लव आउँदा पूरै ? राज्यलाई हतियार बुझाउने चौथो बुंदा खोइ ? सहमतिलाई स्वागत गर्दै शर्माले यस प्रश्नको जवाफ सिंगो मुलुकले नै खोजिरहेको बताए । नेपाली राजनीतिमा ०२८ मा केपी-सिपी, ०५२ मा प्रचण्ड-बाबुराम, अहिले विप्लव-प्रकाण्ड । ‘रेड बुक’, नाम र काम उस्तै, परिणाम उस्तै ! नेपालको पूरै कम्युनिष्ट आन्दोलनलाई आजको मितिमा केवल एक प्रश्न-कम्युनिस्ट दर्शनका नाममा कोही नेपाली अब मारिने छैनन्, साझा उद्घोष गर्ने बेला भएन कमरेडहरु ? सहमति र प्रतिवन्ध फुकुवासँगै नेकपा महासचिव विप्लव दुई वर्षपछि औपचारिक रुपमा सार्वजनिक भएका ह...
अर्थमन्त्री पौडेलमाथि ढुंगा प्रहार

अर्थमन्त्री पौडेलमाथि ढुंगा प्रहार

राजनीति
रुपन्देही। औधोगिक कोरिडोरको शिलान्यास गर्न मोतिपुर पुगेका अर्थमन्त्री बिष्णु पौडेलमाथि स्थानीयले नाराबाजी गर्नुका साथै ढुंगा प्रहार गरेका छन् । स्थानीयबासीको चर्को विरोधकाबीच अर्थमन्त्री पौडेलले औधोगिक कोरिडोरको शिलान्यास गरेर भाषण गरिरहँदा स्थानीयले माइकको लाइन काटिदिएपछि पौडेल बीचमै सम्बोधन छाडेर निस्केका छन् । ठूलो सुरक्षा घेराबीच मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गरे पनि उनले भाषण गर्न थालेपछि स्थानीयले स्टेजतर्फ ढुंगा प्रहार गर्दै उनीविरुद्ध नाराबाजी गरेपछि दुई मिनेट पनि भाषण नगरी कार्यक्रम टुंग्याएर हिडेका थिए । अर्थमन्त्रीलाई भूमाफियालगायतका आरोप लगाउंँदै मञ्चको चारै तर्फबाट नाराबाजी र ढुंगा प्रहार गरेपछि ओली समूहका कार्यकर्ताले पनि जवाफमा ढुंगा प्रहार गरेका थिए । तर प्रहरीले दुबैतर्फबाट भएको ढुंगामुढा रोकेको थियो । त्यसअघि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट...
यस्ताे छ सरकार र विप्लव समूहबीच भएको तीनबुँदे सहमतिमा

यस्ताे छ सरकार र विप्लव समूहबीच भएको तीनबुँदे सहमतिमा

Featured, राजनीति
काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीनबुँदे सहमतिमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवको उपस्थितिमा दुबै पक्षको वार्ता टोलीका संयोजकहरु रामबहादुर थापा बादल र खड्गबहादुर विश्वकर्माले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमति पत्र १. दुबै पक्ष नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता र सम्वादबाट समाधान गर्न सहमत भएका छौं । २ नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्न सहमत भएको छ । ३ नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहाई गर्न र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको छ । हस्ताक्षर कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत मन्त्रीह...
पहिला किन जादैँछन् विप्लव बालुवाटार?

पहिला किन जादैँछन् विप्लव बालुवाटार?

Featured, राजनीति
काठमाडौं । सरकारसँगको तीन बुँदे सहमतिपछि काठमाडौँ आउँदै गरेका नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पहिले प्रधानमन्त्री निवास बालुवाटार जाने भएका छन् । प्रतिबन्ध फुकुवा भएसँगै विप्लव अहिले नवलपरासीबाट काठमाडौ आउने क्रममा छन् । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार र सरकारी वार्ता टोलीका सदस्यसमेत रहेका राजन भट्टराईका अनुसार विप्लव बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको कुराकानीपछि मात्रै राष्ट्रिय सभा गृहमा हुने समारोहमा सहभागी हुनेछन् । ‘उहाँ अहिले काठमाडौँ आउदै हुनुहुन्छ । काठमाडौ आएपछि सोझै बालुवाटार आउनुहुन्छ । केहीबेर प्रधानमन्त्रीसँग छलफल गरेर राष्ट्रिय सभा गृह जानुहुनेछ’, भट्टराईले भने, ‘केही विषयमा कुराकानी गर्नुपर्ने भएकाले पहिला बालुवाटारमा भेटवार्ता राखिएको हो ।’ शुक्रबारै राष्ट्रिय सभागृहमा प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्दैछन् ।...