राजनीति

कांग्रेस सांसद वैद्य जेल जान सक्ने!

कांग्रेस सांसद वैद्य जेल जान सक्ने!

राजनीति
काठमाडौं । नेकपा एमालेको विभिन्न जनसंगठन र सामुदायिक संगठनका प्रतिनिधिले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध हिंसात्मक अभिव्यक्ति दिने नेपाली कांग्रेसका वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई तत्काल गिरफ्तार गर्न माग गरेको छ । उनीहरुले सोमबार गृहमन्त्री खगराज अधिकारीलाई भेटी वैद्ययको अभिव्यक्तिप्रति फौजदारी कानुन समेत आकर्षित हुने भन्दै उनलाई अविलम्ब पक्राउ गरी कारबाही गर्न माग गरेका हुन् । अखिल नेपाल किसान महासंघ, अखिल नेपाल महिला संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, नेपाल उत्पीडित जातीय मुक्ति समाज, नेपाल खेलकुद महासंघ, राष्ट्रिय युवा संघ नेपाल, मुस्लिम इत्तेहाद संगठन, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, पेशागत महासंघ र नेपाल ट्रेड युनियन महासंघ जिफन्टका प्रतिनिधिले सोमबार गृहमन्त्री अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले आफ्नो सांसदले आपत्तिजना अभिव्यक...
उपेन्द्र यादवले सोधे मन्त्रीहरूलाई स्पष्टीकरण, जसपामा खैलाबैला

उपेन्द्र यादवले सोधे मन्त्रीहरूलाई स्पष्टीकरण, जसपामा खैलाबैला

राजनीति
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्‍नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई स्पष्टीकरण सोधेका छन् । पार्टीको निर्णय विपरित एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएको भन्‍दै स्पष्टीकरण सोधेका हुन् । शनिबार बसेको जसपा कार्यकारिणी बैठकले जसपाबाट सरकारमा सहभागी ११ मन्त्रीलाई स्पष्टीकरण सोध्‍ने निर्णय गरेको अध्यक्ष उपेन्द्र यादवले बताए । 'पार्टीको निर्ण विपरित सरकारमा सहभागी भएकाले स्पष्टीकरण सोध्‍ने निर्णय गरेका हौँ' यादवले भने 'हिजो पत्र लेखिसकेका छौँ ।' जसपाबाट ओली नेतृत्वको सरकारमा ९ मन्त्री र दुई राज्यमन्त्री सहभागी छन् । जसमा उपप्रधानमन्त्री र सहरी विकास मन्त्री राजेन्द्र महतो, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री लक्ष्मणलाल कर्ण, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शरदसिंह भण्डारी, खानेपानी मन्त्री अनिलकुमार झा, उद्योग वाणिज्य ...
प्रदेश २ मा मुख्यमन्त्रीलाई प्रदेश प्रमुखको पत्र : मन्त्रिपरिषद् समावेशी भएन

प्रदेश २ मा मुख्यमन्त्रीलाई प्रदेश प्रमुखको पत्र : मन्त्रिपरिषद् समावेशी भएन

राजनीति
काठमाडौं । प्रदेश २ का प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ ले मन्त्रिपरिषद समावेशी र समानुपातिक सिद्धात अनुसार नभएको भन्दै मुख्यमन्त्रीसमक्ष असन्तुष्टि जनाएका छन् । उनले जेठ २८ गते मुख्यमन्त्री लालबाबु राउतलाई पत्र लेखी संविधानले परिकल्पना गरेको समानुपातिक समावेशीको व्यवस्था अनुसार नै मन्त्रिपरिषद गठन गर्नुपर्ने भन्दै केही दिनअघि गरिएको मन्त्रिपरिषद विस्तारमा आफ्नो असन्तुष्टि रहेको जनाएका छन् । ‘प्रदेश मन्त्रिपरिषदको गठन माननीय मुख्यमन्त्रीज्यूको सिफारिस बमोजिम नै हुने भए पनि प्रदेश प्रमुखको हैसियतमा मैले गर्ने भएकाले मन्त्रिपरिषदको स्वरुप संविधान बमोजिम भए नभएको भन्ने सवालमा मेरो चासो र सरोकार स्वाभाविक र जायज भएकोले यो स्मरणपत्र लेखिएको हो’ उनले भनेका छन् । प्रदेश प्रमुख झाले मन्त्रिपरिषदमा गैरमधेसी, मुस्लिम, दलित र महिलाको समानुपातिक समावेशी प्रतिनिधित्व नभएको उल्लेख गरेका छन् । ‘प्रदेशभ...
सरकारमा सहभागी जसपाका ९ मन्त्रीलाई ७२ घण्टे स्पष्टीकरण

सरकारमा सहभागी जसपाका ९ मन्त्रीलाई ७२ घण्टे स्पष्टीकरण

Featured, राजनीति
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी ९ जना मन्त्रीलाई ७२ घण्टे स्पष्टीकरण सोध्ने भएको छ छ। शनिबार बसेको पदाधिकारी बैठकले महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका ९ जना मन्त्रीलाई ७२ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। यसअघि जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठकले महन्थ-राजेन्द्र पक्षका चार जनालाई स्पष्टीकरण सोधेको थियो। उनीहरुले जवाफ दिन इन्कार गरेको भन्दै अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो तथा नेताहरु लक्षमणलाल कर्ण र सर्बेन्द्रनाथ शुक्ललाई पार्टीबाट निष्कासन गर्ने निर्णय उपेन्द्र-बाबुराम पक्षले गरेको थियो। स्पष्टीकरण सोधिनेमा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेका शरतसिंह भण्डारी, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादव, खानेपानी मन्त्री अनिलकुमार झा, संस्कृति, पर...
प्रधानमन्त्री ओलीलाई कसले दियो चेतावनी?

प्रधानमन्त्री ओलीलाई कसले दियो चेतावनी?

पत्रपत्रिका, राजनीति
काठमाडौं । पाँच पूर्वप्रधानमन्त्रीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई ‘दीर्घकालीन असर पर्ने निर्णय नगर्न’ चेतावनी दिएका छन् । ढुंगा–गिटी विदेश निर्यात निर्णय राष्ट्रहितविपरीत र जनविरोधी भएको भन्दै उनीहरूले फिर्ता लिन आग्रहसमेत गरेका छन् । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै ‘सरकारले अलोकतान्त्रिक कदम चालेको’प्रति आलोचना गरेका छन् । नेपालमा संवैधानिक व्यवस्था, कानुनी राज्य र लोकतन्त्रका आधारभूत सिद्धान्त एवं मूल्यमाथि भइरहेको निरंकुश हमलाविरुद्ध ऐक्यबद्धता जनाउन नेपाली जनता, नागरिक समाज र सम्पूर्ण लोकतन्त्रवादी शक्तिसँग विज्ञप्तिमा अपिल गरिएको छ । विज्ञप्तिमा ‘काम चलाउ सरकारले घाटा बजेट पूर्ति गर्ने निहुँमा देशका विभिन्न भागबाट ढुंगा, बालुवा र गिटी उत्खनन् गरी विदेशमा निक...
गण्डकीका मुख्य न्यायाधिवक्ताले दिए राजीनामा

गण्डकीका मुख्य न्यायाधिवक्ताले दिए राजीनामा

राजनीति
काठमाडौं । गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले पदबाट राजीनामा दिएका छन् । गण्डकी प्रदेश सरकार परिवर्तन भएलगत्तै घिमिरेले राजीनामा दिएका हुन् । एमालेका पृथ्वीसुब्बा गुरुङले विश्वासको मत गुमाएपछि कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल गण्डकीको मुख्यमन्त्री नियुक्त भएका छन् । मुख्य न्यायाधिवक्ता सरकारको सल्लाहकार हुने भएकाले सरकार परिवर्तन भएसँगै मुख्य न्यायाधिवक्ता पनि परिवर्तन हुने गर्दछ ।...
गण्डकी प्रदेश : को–को बन्दैछन् मन्त्री ?

गण्डकी प्रदेश : को–को बन्दैछन् मन्त्री ?

राजनीति
काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् । उनले यही असार १ गतेभित्र बजेट ल्याउनुपर्ने बाध्यकारी कानुनी व्यवस्थाका कारण तत्काललाई सानो मन्त्रिमण्डल बनाउने भएका छन् । मुख्यमन्त्री पोखरेलले आफूलाई समर्थन गर्ने दलबाट एक–एक जनालाई मन्त्री बनाएर बजेट ल्याउने गरी अगाडि बढ्ने बताएका छन् । गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने जनता समाजवादी पार्टी (जसपा)बाट संसदीय दलका नेता हरिशरण आचार्य, काँग्रेसबाट कुमार खड्का, माओवादी केन्द्रबाट मधुमाय अधिकारी गुरुङ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई मन्त्री बनाउन छलफल गरेको बुझिएको छ । दीपक मनाङले दुई महिनाभित्र तेस्रो पटक मन्त्री बन्न लागेका हुन् । गण्डकी प्रदेशमा सरकार गठनको तयारीमा रहेको विपक्षी गठबन्धन यतिबेला मन्त्रालय बाँडफाँटमा समेत आन्तरिक रुपमा छलफल चलाएको छ । त...
ओलीले स्वेच्छाचारिताका सबै हद पार गरिसके, स्वतन्त्र न्यायलयमाथि धम्की आपत्तिजनक

ओलीले स्वेच्छाचारिताका सबै हद पार गरिसके, स्वतन्त्र न्यायलयमाथि धम्की आपत्तिजनक

राजनीति
काठमाडौँ । पाँच पूर्व प्रधानमन्त्रीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको संविधान र विधिको शासन भत्काउँदै स्वेच्छाचारी बन्दै गएको भन्दै त्यसको भत्र्सना गरेका छन् । असंवैधानिक तवरले प्रतिनिधि सभा विघटन गरी अध्यादेश घोषणा गर्ने, राष्ट्रपतिले संसदमा वाचन गर्नुपर्ने नीति तथा कार्यक्रम प्रधानमन्त्री आफैं हावी भएको, अध्यादेश बजेट लगायत अन्य अध्यादेशहरू जारी गरेको, राष्ट्रिय सहमतिविना संविधान संशोधन कार्यदल गठन गर्ने, कामचलाउ सरकार भएर मनपरी ढङ्गले मन्त्रिपरिषद् विस्तार गरी सत्ता लिप्साको कुरूप स्वरूप प्रस्तुत गरेको पूर्व प्रधानमन्त्रीहरूको आरोप छ । उनीहरूले प्रधानमन्त्री ओलीले पार्टीको बैठकबाट र महान्याधिवक्ता लगाएर स्वतन्त्र न्यायलयलाई धम्क्याएको भन्दै त्यसको भत्र्सना समेत गरेका छन् । महामारीको समयमा जनताको जीवन रक्षाका लागि उपचार सुविधा, राहत प्रदान गर्नुको सट्टा सत्ता स्वार्थमा लिप्त भएर राज्...
‘केपी ओली नमारे कांग्रेसले नजित्‍ने रहेछ’

‘केपी ओली नमारे कांग्रेसले नजित्‍ने रहेछ’

राजनीति
काठमाडौँ । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कुनै भयानक षडयन्त्र हुँदै गरेको टिप्पणी गरेका छन् । बागमती प्रदेश सभा बैठकमा कांग्रेस सांसद नरोत्तम वैद्यले ओलीविरुद्ध आफू नाथुराम गोड्से बन्‍न तयार रहेको अभिव्यक्ति दिएपछि बाँस्कोटाले यस्तो बताएका हुन् । केपी ओली नमारे कांग्रेसले नजित्‍ने रहेछ भन्‍दै बाँस्कोटाले ट्‍वीट गरेका छन् । 'केपी ओली नमारे कांग्रेसले नजित्‍ने रहेछ, प्रधानमन्त्रीमाथि कुनै भयानक षडयन्त्र हुँदै रहेछ' बाँस्‍कोटाले ट्‍वीट गरेका छन् 'नत्र प्रदेश सांसद त्यो पनि पशुपतिनाथ रहेको क्षेत्रबाट प्रतिनिधित्व गर्नेले यस्तो कसरी बोल्न सक्छ ? ओली विरोधी गठबन्धन नै यसमा सामेल त छैन ? कांग्रेसको आधिकारिक भनाई चाहिन्छ । एमालेहरू सचेत बन ।' केपी ओली नमारे कँङ्ग्रेसले नजित्ने रहेछ, प्रधानमन्त्री माथि कुनै भयानक षडयन्त्र हुदै रहेछ।नत्र...
दीपक मनाङे फेरि मन्त्री बन्दै

दीपक मनाङे फेरि मन्त्री बन्दै

राजनीति
काठमाडौँ । गण्डकी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शनिबार नै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । जसपाका हरिशरण आचार्य, स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)लाई मुख्यमन्त्री पोखरेलले मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् । मन्त्रालयको भने टुंगो लागेको छैन ।