२ मेयरसहित १४ जनामाथि माओवादीले लियो एक्सन
काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी छोडेका स्थानीय तहका १४ जना स्थानीय जनप्रतिनिधिलाई पार्टीबाट निस्कासन गरेको छ । सो पार्टीको सोमबार बसेको आकस्मिक केन्द्रीय समिति बैठकले १४ जना जनप्रतिनिधिलाई पार्टीबाट निष्कासन गरेको हो ।
कारबाहीमा परेका मध्ये अधिकांश रौतहट र कैलालीका छन् । जसमा २ जना मेयर र ५ जना उपमेयर समेत छन् । रौतहटका मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साह र कटरियाका सियाराम कुशवाह छन् रिना पूर्वमन्त्री प्रभु साहकी पत्नी हुन् ।
माओवादीले ५ जना उपमेयरलाई पनि कारबाही गरेको छ । कारवाहीमा परेका उपमेयरहरुमा रौतहट देवाही गोनाही नगरपालिकाकी परनिया देवी, रौतहटकै मौलापुरका गौरिशंकर जयसवाल, फतुवाविजयपुर रौतहटकी उपप्रमुख कान्ती देवी र मानवनारायण रौतहटकी उपप्रमुख सिमल साह छन् ।
त्यसैगरी कैलाली भजनी नगरपालिकाका उपप्रमुख छायाँ देवकोटा, सम्सी गाउँपालिका महोत्तरीका अध्यक्ष शेष फारुक र यमु...







