राजनीति

संवैधानिक इजलासमा बहस–देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी हुनुपर्छ

संवैधानिक इजलासमा बहस–देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी हुनुपर्छ

राजनीति
काठमाडौं । अधिवक्ता खम्बबहादुर खातीले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी हुनुपर्ने माग गरेका छन् । प्रतिनिधिसभा विघटनविरद्धको रिट निवेदनमाथि बुधबारको संवैधानिक इजलासमा सुनुवाइका क्रममा उनले आफ्नो अनुकुल परिस्थिति नदेखेपछि मालाफाइड इन्टेन्सन (कुत्सित मनाशाय) राखेर प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको दावी गरे । ‘राजनितिक दल सम्बन्धीको प्रोभिजन यो मुद्दामा लागू हुने अवस्था छैन् । आफ्नो अनुकुल परिस्थिति नदेखेपछि मालाफाइड इन्टेन्सन (कुत्सित मनाशाय) राखेर प्रतिनिधिसभा विघटन गरिएको छ’, उनले बहसका क्रममा भने, ‘शेर बहादुरलाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी हुनुपर्छ । उनले राष्ट्रपतिले भनेको वैकल्पिक सरकार ओलीसहितको नभइ उनीरहितको भएको जिकिर गरे । उनले दलीय व्यवस्था लागु हुने नहुने सन्दर्भमा प्रधानमन्त्री पदमुक्त भएको अवस्था रहेको पनि बता...
प्रतिनिधिसभा विघटन मुद्दामा आजदेखि निरन्तर सुनुवाई

प्रतिनिधिसभा विघटन मुद्दामा आजदेखि निरन्तर सुनुवाई

Featured, राजनीति
काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दामा आजबाट निरन्तर सुनुवाई शुरु हुँदै छ । प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा सहितका ५ न्यायाधीशले जेठ २६ मा आजबाट निरन्तर सुनुवाइका लागी मुद्दा पेश गर्न लिखित आदेश गरेका थिए । विघटन बिरुद्ध ३० वटा रिट परेका छन् । रिट, निवेदकले तत्काल संसद पुनः स्थापना गर्न माग गरेका छन् । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा सहित १ सय ४६ प्रतिनिधिसभाका सदस्यहरुले संसद विघटन बदर गरेर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेशको माग गरेका छन् । विघटन मुद्दाको सुनुवाइका लागी प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफ्नो नेतृत्वमा संवैधानिक इजलास गठन गरेका छन् । संवैधानिक इजलासमा न्यायाधीशहरु दीपक कुमार कार्की, मीरा खड्का,ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई छन् । संवैधानिक इजलासमा सम्मिलित न्यायाधीश संवैधानिक इजलासको रोष्टरमा रहेका मध्येका बरिष्ठ हुन् । बु...
अदालतको फैसला अप्रत्यासित : एमाले

अदालतको फैसला अप्रत्यासित : एमाले

राजनीति
काठमाडौं । सत्तारुढ नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको आदेश अप्रत्यासित भएको बताएका छन्। अदालतले मंगलबार २१ र २७ जेठमा भएको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । यो आदेशले राष्ट्रिय राजनीति जटिल मोडतिर गएको ज्ञवालीले बताए । ‘अदालतको आदेश अप्रत्यासित छ । यसले राष्ट्रिय राजनीतिलाई झनै जटिल मोडतिर धकेलेको छ’, उनले भने । अदालतको आदेशबारे थप छलफल गरिने ज्ञवालीले बताए । ‘अप्रत्यासित छ । यसबारे बाँकी निर्णय हामी बैठक बसेर गर्छौ’, उनले भने ।...
मन्त्रिपरिषद ५ सदस्यीय मात्रै, विष्णु पौडेल उपप्रधानमन्त्री कायमै

मन्त्रिपरिषद ५ सदस्यीय मात्रै, विष्णु पौडेल उपप्रधानमन्त्री कायमै

राजनीति
काठमाडौं । सर्वोच्च अदालतले पछिल्लो दुई पटकको मन्त्रिपरिषद विस्तारलाई बदर गरेसँगै मन्त्रिपरिषद सदस्य ५ सदस्यीय भएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले नयाँ नियुक्त भएका २० मन्त्री पदमुक्त हुने आदेश दिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २१ गते एक उपप्रधानमन्त्री, १० जना र तीन राज्यमन्त्री हटाएर दुई उपप्रधानसहित १० मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका थिए भने अर्थमन्त्रीलाई उपप्रधानमा बढुवा गरेका थिए । यस्तै २७ जेठमा उनले सातमन्त्री र एक राज्यमन्त्री नियुक्त गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए । तर सर्वोच्चले दुबै विस्तारलाई बदर गरेको छ । जेठ ७ मा प्रतिनिधिसभा विघटनसँगै प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएको र कामचलाउ सरकारले मन्त्रिपरिषद् विस्तार गर्न नपाउने सर्वोच्चको आदेशमा उल्लेख छ । तर पौडेलको उपप्रधानमन्त्री पद भन...
२० मन्त्री पदमुक्त हुने सर्वोच्चको आदेशमा के छ ?

२० मन्त्री पदमुक्त हुने सर्वोच्चको आदेशमा के छ ?

राजनीति
काठमाडौं । काम चलाउ भैसकेको प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक दुई चरणमा गरेको मन्त्रिमण्डल विस्तार तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाश कुमार ढुंगानाको इजलासले मन्त्रिपरिषद विस्तारको निर्णय तत्काल कार्यान्वय नगर्न अन्तरिम आदेश दिएको हो । योसँगै ओलीले गत जेठ २१ र २७ गते थपेका २० मन्त्रीहरु पदमुक्त भएका छन् । सर्वोच्चले मंगलबार दिएको अन्तरिम आदेशमा भनिएको छ, ‘सामान्य अवस्थाको प्रधानमन्त्रीले जस्तो मन्त्रिपरिषद विस्तार गर्ने, थप गर्नसक्ने भनी संविधानको कुनैपनि धारामा उल्लेख नभएको र धारा ७७ को ३ ले साविककै मन्त्रिपरिषदले कार्य सञ्चालन गर्ने किटान गरिरहेको अवस्थामा प्रथम दृष्टिमै मन्त्रिपरिषद विस्तार गर्नु वा थप गर्ने अधिकार प्रधानमन्त्रीमा रहेको देखिदैन ।’ अदालतले प्रतिनिधि सभा विघटन अघिसम्म कायम रहे...
सर्वोच्चद्वारा मन्त्रिपरिषद् विस्तार खारेज, ४ जना मन्त्रीहरु मात्रै सरकारमा !

सर्वोच्चद्वारा मन्त्रिपरिषद् विस्तार खारेज, ४ जना मन्त्रीहरु मात्रै सरकारमा !

Featured, राजनीति
काठमाडौं । चुनावको मिति घोषणा गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिटमाथिको आजको बहस सकिएको छ । कामचलाउ सरकारका प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्नु असंवैधानिक हुने भन्दै खारेजको माग राखेर वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितले दायर गरेको रिटमा सोमबार पक्ष र विपक्ष दुवैको कानुन व्यवसायीहरुले बहस गरेका थिए । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश डा. प्रकाश ढुंगानाको संयुक्त इजलासमा मंगलबार सुनुवाइ भएको हो । सो क्रममा प्रधानन्यायाधीश जबराले रिट निवदेक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई रिटको माग बमोजिम मन्त्रिपरिषद् विस्तार खारेज भए मन्त्रिपरिषदमा कतिजना मन्त्री रहन्छन् ? भनेर प्रश्न गरेका थिए । जवाफमा त्रिपाठीले मन्त्रिपरिषद् विस्तार खारेज भए पुरानै अर्थात् प्रधानमन्त्रीबाहेक चार जना मन्त्रीहरु बाँकी रहने बताए । वर्तमान राष्ट्रपति ...
१८ दिनमात्र टिके कामचलाउ सरकारका यी २० मन्त्री

१८ दिनमात्र टिके कामचलाउ सरकारका यी २० मन्त्री

Featured, राजनीति
काठमाडौँ । सर्वोच्च अदालतले जसपाका ११ सहित २० मन्त्री पदमुक्त हुने आदेश दिएको छ । काम चलाउ प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुनर्गठन अवैधानिक हुने भन्दै सर्वोच्च अदालतमा परेको रिटमा सर्वोच्च प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा र न्यायाधीश प्रकाश कुमार ढुंगानाको इजलासले सो आदेश दिएको हो । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई सरकारमा समावेश गर्दै कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ २१ गते पहिलो पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । नयाँ मन्त्रिमण्डलमा १७ जना सदस्य रहेका थिए । त्यसपछि जेठ ३१ गते पुन: मन्त्रिमण्डल विस्तार गरिएको थियो । पद गुमाउने मन्त्रीहरु रघुबीर महासेठ, परराष्ट्र राजेन्द्र महतो, सहरी विकास खगराज अधिकारी, गृह शरतसिंह भण्डारी, ऊर्जा, जलस्रोत तथा सिँचाई अनिलकुमार झा, खानेपानी शेरबहादुर तामाङ, स्वास्थ्य तथा जनसङ्‌ख्या राजकिशोर यादव, उद्योग,...
मन्त्रिपरिषद विस्तारविरुद्ध अन्तरिम आदेश, २१ मन्त्री पदमुक्त

मन्त्रिपरिषद विस्तारविरुद्ध अन्तरिम आदेश, २१ मन्त्री पदमुक्त

Featured, राजनीति
काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले मन्त्रिपरिषद विस्तार बदर गर्ने अन्तरिम आदेश जारी गरेको सर्वोच्च अदालत स्रोतले जनाएको छ । योसँगै वर्तमान मन्त्रिपरिषदका २१ जना मन्त्री पदमुक्त भएका छन् । जेठ ७ गते संसद विघटन गरिसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २१ मा एक उपप्रधानमन्त्री, ९ मन्त्री र तीन राज्यमन्त्रीलाई हटाएका थिए भने उपप्रधानमन्त्रीसहित १० मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका थिए । जनता समाजवादी पार्टीका राजेन्द्र महतो र एमालेका रघुवीर महासेठलाई उपप्रधानमन्त्री बनाएका उनले अर्थमन्त्री विष्णु पौडेललाई पनि उपप्रधानमन्त्रीमा बढुवा गरेका थिए । २७ जेठमा उनले सात मन्त्री र एक राज्यमन्त्री थप गरेर मन्त्रिपरिष...
सरकारमा गएर पनि राम्रो काम गर्न सकिरहेको छैनः महन्थ ठाकुर

सरकारमा गएर पनि राम्रो काम गर्न सकिरहेको छैनः महन्थ ठाकुर

Featured, राजनीति
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरले आफूहरुले सरकारमा सहभागी भएपनि सोचे जस्तो काम गर्न नसकिरहेको बताएका छन् । मधेश संवाद समूहले मंगलबार आयोजना गरेको ‘नागरिकता अध्यादेश र सर्वोच्च अदालतको अन्तरिम आदेश’ विषयक भर्चुअल गोष्ठीमा उनले आफूहरु सरकारमा भएपनि देशको ब्युरोक्रेसीलगायत आफूहरुको पक्षमा नरहेको कारणले सोचेजस्तो काम गर्न नसकेको बताएका हुन् । ‘अहिले पनि मधेश तथा थरूहटमा थुप्रै समस्याहरु छन्, हामी त्यसका लागि निरन्तर आवाज उठाइरहेका छौं’, उनले भने । तर राज्य त्यस्ता समस्याप्रति गम्भीर नभएको गुनासो गर्दै उनले माग पुरा भएन भने पीडित समुदाय सडकमा पनि आउन सक्ने भएकाले बेलैमा राज्य सचेत हुनुपर्नेमा जोड दिए । नागरिकताको समस्या मधेशको मात्र नभएर पुरै देशको समस्या रहेको बताउँदै उनले प्रतिनिधिसभाले तीन वर्षसम्म विधेयक पास नगरेको कारण योसम्बन्धी अध्यादेशबाट आएको बताए ।...
अन्ततः फुट्ने नै भयो एमाले

अन्ततः फुट्ने नै भयो एमाले

राजनीति
काठमाडौं । वि.सं. २०७४ सालको निर्वाचनमा नेपाली जनताले नेकपा एमालेलाई पहिलो पार्टी बनाएर पठाए । त्यसमाथि पनि एमालेले माओवादी केन्द्रलाई समेत समेटर ठूलो कम्युनिष्ट पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन गर्यो । त्यसपछि त केपी शर्मा ओली दुई तिहाई बहुमत प्राप्त सरकारको प्रधानमन्त्री भए । एकातिर एमालेलाई ठूलो दल बनाएको र अर्कोतिर माओवादी केन्द्रसँग एकतापछि बनेको सरकारले पाँच वर्षसम्म सरकार चलाउँदा देशमा विकास निर्माणका कार्यले गति लिने र वेरोजगारीको समस्या पनि हट्ने नेपाली जनताको चाहनामा त्यतिबेलैबाट तुसारापात लाग्न थाल्यो जतिबेला नेकपाका अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सरकार चलाउने विषयमा हानथाप हुन थाल्यो । उक्त विवादले उग्र रुप लिंदा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायत पपि प्रचण्डतिरै लागे । यसरी आन्तरिक कलहमा फसेको नेकपालाई सर्वोच्चले अन्ततः फुटाइदियो । ...