‘केपी ओली नमारे कांग्रेसले नजित्‍ने रहेछ’

काठमाडौँ । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कुनै भयानक षडयन्त्र हुँदै गरेको टिप्पणी गरेका छन् ।

बागमती प्रदेश सभा बैठकमा कांग्रेस सांसद नरोत्तम वैद्यले ओलीविरुद्ध आफू नाथुराम गोड्से बन्‍न तयार रहेको अभिव्यक्ति दिएपछि बाँस्कोटाले यस्तो बताएका हुन् ।

केपी ओली नमारे कांग्रेसले नजित्‍ने रहेछ भन्‍दै बाँस्कोटाले ट्‍वीट गरेका छन् । ‘केपी ओली नमारे कांग्रेसले नजित्‍ने रहेछ, प्रधानमन्त्रीमाथि कुनै भयानक षडयन्त्र हुँदै रहेछ’ बाँस्‍कोटाले ट्‍वीट गरेका छन् ‘नत्र प्रदेश सांसद त्यो पनि पशुपतिनाथ रहेको क्षेत्रबाट प्रतिनिधित्व गर्नेले यस्तो कसरी बोल्न सक्छ ? ओली विरोधी गठबन्धन नै यसमा सामेल त छैन ? कांग्रेसको आधिकारिक भनाई चाहिन्छ । एमालेहरू सचेत बन ।’

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.