राजनीति

सत्तारुढ गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद् बिस्तार बारे छलफल हुने

सत्तारुढ गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद् बिस्तार बारे छलफल हुने

राजनीति
काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दै छ । बैठक आज बिहान(आइतवार) विहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी बोलाइएको छ । आजको बैठकमा सत्तारुढ दलहरुले संसदमा खेल्नुपर्ने भुमिका, मन्त्रिपरिषद्को विस्तार लगायतको विषयमा छलफल हुने बताइएको छ । यस अघिको गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बिस्तारमा निकै ढिला भइसकेको भन्दै गठबन्धनका दलहरुलाई मन्त्रीको नाम दिन आग्रह गरेका थिए ।...
सभामुख र सत्तापक्षलाई एमालेले दियो यस्तो कडा चेतावनी

सभामुख र सत्तापक्षलाई एमालेले दियो यस्तो कडा चेतावनी

राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसदमा अप्रिय घटना भए त्यसको जिम्मेवार पनि सभामुख र सत्तापक्ष नै हुने चेतावनी दिएको छ । शनिबार बसेको एमाले स्थायी समिति बैठकले विभिन्न प्रस्ताव पास गर्दै यस्तो चेतावनी दिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । उनका अनुसार सभामुख र सत्तापक्ष एकलौटी ढंगले अघि बढ्न खोज्दा संसदमा अवरोध गर्नुपरेको जनाएको हो । उनले सभामुखले समस्या समाधानमा चासो नदेखाएको पनि बताए । उनले सत्तापक्ष एकलौटी ढंगले जान खोजेको र सभामुखले निष्पक्ष भूमिका निर्वाह गरेर नगएकाले भोलि त्यसले संसदलाई कहाँ पुर्याउँछ भन्न नसकिने बताए ।...
एमालेको विधान महाधिवेशन मध्य असोजमा सर्‍यो, संसद अवरोध जारी राख्ने निर्णय

एमालेको विधान महाधिवेशन मध्य असोजमा सर्‍यो, संसद अवरोध जारी राख्ने निर्णय

Featured, राजनीति
काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन दुई सातापछि सरेको छ । स्थायी कमिटीको शनिबार बसेको बैठकले असोज ४–६ का लागि तय भएको विधान महाधिवेशनलाई १५–१७ गते काठमाडौंमा गर्ने निर्णय गरेको हो । एमाले प्रचारप्रसार विभाग प्रमुख योगेश भट्टराईले समय अभावका कारण विधान महाधिवेशन सारिएको बताए । विधान महाधिवेशनमा पार्टीका विभिन्न कमिटी तथा निकायबाट करिब ३ हजार प्रतिनिधिले भाग लिने भट्टराईको भनाइ छ । उनका अनुसार त्यसका लागि असोज ३ र ४ गते स्थायी समिति बैठक बस्ने छ । उक्त बैठकमा विधान मस्यौदा, राजनीति र सांगठनिक प्रतिवेदनमाथि छलफल हुनेछ । स्थायी कमिटीको बैठकबाट आएका सुझावलाई समेटेर असोज ८ र ९ गतेको केन्द्रीय कमिटी बैठकमा तीनवटा प्रतिवेदन पेस गरिने भट्टराईले बताए । उक्त प्रतिवेदन केन्द्रीय कमिटीबाट पारित गरेर विधान महाधिवेशनमा लगिने उनको भनाइ छ। यस्तै एमालेले संसद अवरुद्धको रणनीतिलाई केही परिमार्जन गरि य...
अन्तत: चीनले मिचेको भूमि खोज्न अध्ययन समिति पुग्यो हुम्ला, १५ वटै सीमा स्तम्भको अवलोकन गर्ने

अन्तत: चीनले मिचेको भूमि खोज्न अध्ययन समिति पुग्यो हुम्ला, १५ वटै सीमा स्तम्भको अवलोकन गर्ने

राजनीति
काठमाडौं । उत्तरी छिमेकी मुलुक चीनसँगको सीमा विवादबारे अध्ययन गर्न सरकारले गठन गरेको अध्ययन समिति शनिबार हुम्ला पुगेको छ । उत्तरी सीमा क्षेत्रमा देखिएको सीमा विवादलागयत विषयको अध्ययन गर्न छानविन समिति हुम्ला पुगेको हो। प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले उत्तरी छिमेकी चीनसँगको सीमा विवाद सल्टाउन गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यको नेतृत्वमा छानविन समिति बनाएका थिए। समिति शनिबार हुम्ला पुगेर सिमीकोटमा राजनीतिक दलका प्रतिनिधि, कार्यालय प्रमुखहरुसँग छलफल गरेको छ । छलफलपछि छानविन टोली सीमातिर लागेको हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए । समितिको टोलीले हुम्लाको नाम्खा गाउँपालिकाको लिमी क्षेत्रको सीमा अवलोकनका लागि त्यसतर्फ गएको छ । अध्ययन टोलीले लिमी लाप्चासहित १५ वटै सीमा स्तम्भको स्थलगत अवलोकन गर्ने कार्यतालिका छन् । लिमी लाप्चा क्षेत्रमा नेपाली भूभागमा चीनले ...
सभापति देउवाद्वारा संयोजक यादवको राजीनामा अस्वीकृत

सभापति देउवाद्वारा संयोजक यादवको राजीनामा अस्वीकृत

Featured, राजनीति
काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिका सयोजक महादेव प्रसाद यादवको राजीनामा अस्वीकृत भएको छ। काँग्रेस सभापति शेरबहादुर देउवाले यादवले दिएको राजीनामा अस्वीकृत गरेका काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पौडेलका अनुसार यादवले भदौ २३ गते सभापति देउवालाई राजीनामा बुझाएका थिए । तर देउवाले राजीनामा अस्वीकृत गर्दै महाधिवेशन सम्बन्धी बाँकी काम गर्नसमेत यादवलाई आग्रह गरेका छन्।...
एमसीसी बहस : उपाध्यक्ष फातिमा सुमारसँग कुन नेताले के भने ?

एमसीसी बहस : उपाध्यक्ष फातिमा सुमारसँग कुन नेताले के भने ?

Featured, राजनीति
काठमाडौं । एमसीसी उपाध्यक्ष फातिमा सुमारसहितको टोली बिहीबार काठमाडौं आइपुगेको थियो। काठमाडौं ओर्लिएको केही समयपछि नै उनले नेपाली नेताहरुको भेटघाट शुरु गरिन्। फातिमाको टोलीले पहिलो भेट नेका एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग गरेकी थिइन्। ओली नेतृत्वको तत्कालिन सरकार एमसीसी पास गराउन सकरात्मक थियो। तर हालको शेरबहादुर नेतृत्वको सरकार पनि सकरात्मक देखिएपछि प्रतिपक्षमा रहेको नेकपा एमालेले माहोल नबिगारोस् भन्ने उद्देश्यका साथ उनले ओलीलाई भेटेकी हुन्। भेटमा ओलीले एमसीसी पास गराउने जिम्मा आफ्नो नभएको भन्दै पन्छिने प्रयास गरे। एमसीसीबारे देशको माहोल बुझेका उनले पास गराउन आफूले भूमिका खेल्ने आश्वासन पनि दिएनन्। उल्टै सरकारको धारणा आएपछि पार्टीले धारणा बनाउने बताए। यसबाट एमसीसी टोलीलाई पहिलो गाँसमै ढुङ्गा लाग्यो। त्यसपछि टोलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गर्यो। सरकारमा राम्रो ...
सभामुखलाई माइकले हान खोज्ने सांसद भन्छिन्- मौका मिलेन, नत्र टाउको आजै फुट्ने थियो

सभामुखलाई माइकले हान खोज्ने सांसद भन्छिन्- मौका मिलेन, नत्र टाउको आजै फुट्ने थियो

राजनीति
काठमाडौँ । रौतहटबाट समानुपातिकमा निर्वाचित भएकी नेकपा एमालेकी सांसद रेखाकुमारी झाले सभामुख अग्निप्रसाद सापकोटालाई अब सभामुख मान्न नसकिने बताएकी छिन्। सांसद झाले सभामुखको भूमिका एकपक्षीय र संसदीय पद्धतिविपरित रहेको भन्दै अब सभामुख मान्न नसकिने बताएकी हुन्। शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सांसद झाले आज सभामुख सापकोटाको टाउको फुटाउने योजना भएको बताइन्। आफूले माइक तानेर प्रहार गर्न खोेजेको स्वीकार गर्दै सांसद झाले पत्रकारहरुसँग भनिन्, ‘आज सभामुखको टाउको नै फुटाउन खोजेको थिए, तर मिलेन’ उनले भनिन्, ‘ संसद्को मर्यादा छ नि । विरोध भइरहेको छ । हामी नारा लगाइरहेका छौँ बैठक चलाउने ?’ आक्रोशित प्रश्न तेर्स्याइन । यस्तै, उनले आजको उक्त मौका नमिलेपनि आगमी बैठकमा मौका मिल्नेबित्तिकै हान्ने बताएकी छन् । उनले भनिन्, अहिले हानेको छैन मौका मिल्यो भने हान्छौँ ।’...
नेकपा समाजवादीको पक्षमा सनाखत गरेका बागमती प्रदेशका १३ सांसदले पाए आयोगबाट मान्यता (नामसहित)

नेकपा समाजवादीको पक्षमा सनाखत गरेका बागमती प्रदेशका १३ सांसदले पाए आयोगबाट मान्यता (नामसहित)

Featured, राजनीति
काठमाडौं । निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा सनाखत गरेका नेकपा एमालेका १३ सांसदलाई नयाँ दलको सांसदका रुपमा मान्यता दिने निर्णय गरेको छ ।आयोगले राजनीतिक दलसम्बन्धी अध्यादेश तथा प्रचलित कानुनको अधिनमा रहेर उनीहरुलाई शुक्रबार दल परिवर्तनको मान्यता दिएको हो । आयोगका अनुसार बागमती प्रदेशसभा निर्वाचनमा नेकपा एमालेका तर्फबाट निर्वाचित भएर राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका सांसदहरु राजेन्द्र पाण्डे, कृष्णप्रसाद खनाल, मुनु सिग्देल, रमा आले मगर, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाई, माधव पौडेल, वसन्त मानन्धर, पार्वती सिलवाल, कुसुम कार्की, इन्द्रमाया गुरुङ, मीना ज्ञवाली नेपाल र राजेन्द्रमान श्रेष्ठलाई नयाँ दलको सदस्यका रुपमा मान्यता दिइएको हो । आयोगले १३ सांसदले गराएको सनाखतलाई मान्यता दिएसँगै बागमती प्रदेशसभामा नेकपा एमाले नेतृत्वको सरका...
आज प्रतिनिधिसभा बैठक बस्दै, के-के छन् सम्भावित कार्यसूची ?

आज प्रतिनिधिसभा बैठक बस्दै, के-के छन् सम्भावित कार्यसूची ?

Featured, राजनीति
काठमाडौं । प्रतिनिधिसभाको नवौँ अधिवेशनको चौथो बैठक आज शुक्रवार बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा आर्थिक, राष्ट्र ऋण उठाउने, विनियोजन लगायत एक दर्जन अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची छ । नवौँ अधिवेशन बुधवार सुरु भएको थियो । नवौं अधिवेशनअन्तर्गतको पहिलो, दोस्रो र तेस्रो बैठकमा प्रमुख प्रतिपक्षी एमालेका सांसदले नाराबाजी गरेका थिए। नाराबाजीका बीच राजनीतिक दलसम्बन्धी अध्यादेश पेस भएको थियो । त्यस्तै आजै दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक पनि बस्दैछ ।  ...
बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै, यी हुन् एजेण्डा

बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै, यी हुन् एजेण्डा

Featured, राजनीति
काठमाडौं । मन्त्रिपरिषद विस्तार र एमसीसी लगायतका विषयमा छलफल गर्न सत्तापक्षीय ५ दलीय गठबन्धनको बैठक बालुवाटारमा बोलाइएको छ । । शुक्रबार विहान ९ वजे सत्तारुढ पाँच दलका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्रीको सरकारी बालुवाटारमा बस्न लागेको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा मन्त्रिपरिषद विस्तार र एमसीसीका सन्दर्भमा छलफल हुनेछ । विहीबार पनि गठबन्धनका शीर्ष नेताबीच उक्त छलफल भएको थियो । मन्त्रिपरिषद् विस्तार, एमसीसी र संसदलाई कसरी सशक्त बनाउने भन्नेबारे सत्ता गठबन्धनमा छलफल भइरहेको छ । सरकार बनेको दुई महिना पुग्नै लाग्दा पनि मन्त्रिपरिषदले पूर्णता पाएको छैन । यता संसदबाट एमसीसी अनुमोदन गर्ने विषयमा सत्तारुढ दल नै विभाजित भएको अवस्था छ । काँग्रेस र जसपा एमसीसी पास गर्ने पक्षमा छन् भने माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी विपक्षी देखिएका छन् । साथै सभामुख अग्निप्रसाद सापकोटासँग असन्...