राजनीति

देउवालाई खबरदारी गर्न पौडेल पक्षले लियो यस्तो एक्सन !

देउवालाई खबरदारी गर्न पौडेल पक्षले लियो यस्तो एक्सन !

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सोमबार दिउँसो पार्टी केन्द्रीय कार्यालयमा बेग्लै भेला बोलाएको छ । बैठकमा पौडेल पक्षमा रहेका शीर्ष नेताहरू उपस्थित हुनेछन् । सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लामा क्रियाशील सदस्यता विवादबीच नै प्रहरी, प्रशासनको बलमा वडा अधिवेशन गरिएकोमा पौडेल पक्षले विरोध गरेको छ । एक नेताले यस्तो प्रवृत्तिले १४ औं महाधिवेशन निष्पक्ष हुनेमा शंका देखिएकोले सभापति देउवालाई खबरदारी गर्न भेला बोलाइएको बताए । प्रदेश नम्बर २ का ८ जिल्लासहित विभिन्न जिल्ला गरी कूल २१ जिल्लामा कांग्रेस क्रियाशील सदस्यता विवाद छ । भदौ १८ मा गर्ने भनेको वडा अधिवेशन असोज ५ सम्म धकेलिएको छ। अझै विवादित जिल्लाका क्रियाशील सदस्यको नामावली पार्टी वेबसाइटमा राखिएको छैन । क्रियाशील विवाद देखिएका जिल्लामा तत्कालै विवाद हल गर्न आज दिउँसो २ बजे भेला गरेर...
एनआरएनएको निर्वाचन प्रकृया रोक्न परराष्ट्र मन्त्रालयको निर्देशन (पत्रसहित)

एनआरएनएको निर्वाचन प्रकृया रोक्न परराष्ट्र मन्त्रालयको निर्देशन (पत्रसहित)

Featured, राजनीति
काठमाडौं । पराराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्का निर्वाचन सम्बन्धी बाँकी प्रक्रिया रोक्न निर्देशन दिएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) को १०औं महाधिवेशनका प्रतिनिधिहरु चयन गर्न संस्थापन पक्षले व्यापक धाँधली गरेको भन्दै उजुरी परेपछि मन्त्रालयले निर्वाचन प्रक्रिया स्थगन गर्न निर्देशन दिएको हो। परराष्ट्र मन्त्रालयका सहसचिव भरतकुमार रेग्मीले हस्ताक्षर गरेको पत्रमा महाधिवेशन प्रतिनिधि चयन संबन्धमा छानबिन गर्न नेपाल सरकारले शुक्रबार (सेप्टेम्बर १० मा) एक अनुगमन समिति गठन गरिएको उल्लेख छ। गैरआवासीय नेपाली सम्बन्धी नियमवाली २०६६ को नियम १६ बमोजिम अनुगमन गर्न परराष्ट्र मन्त्रालयको नीति योजना, विकास कूटनीति तथा विदेशमा रहेका नेपाली सम्बन्धी महाशाखाका प्रमुखको संयोजकत्वमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय (कानून ...
सभामुखले बोलाएको सर्वदलीय बैठक बस्दै, को–कोलाई गरियो निम्तो ?

सभामुखले बोलाएको सर्वदलीय बैठक बस्दै, को–कोलाई गरियो निम्तो ?

Featured, राजनीति
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक आज बस्दैछ । एमालेले बारम्बार प्रतिनिधिसभा अवरोध जारी राखेपछि सहमति जुटाउनका लागि सभामुख सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका हुन् । दिउँसो साढे २ बजे बैठक संसद भवनको ल्होत्से हलमा बस्दै छ । सर्वदलीय बैठकमा संसदमा जारी गतिरोध अन्त्य लगायतका महत्वपूर्ण समसामयिक विषयमा केन्द्रीत रहने सभामुख सापकोटाको सचिवालयले जनाएको छ । छलफलमा प्रधानमन्त्री एवं काँग्रेस संसदीय दलका नेता शेर बहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली, माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका संसदीय दलका नेता माधव कुमार नेपाल, जसपा संसदीय दलका नेता उपेन्द्र यादव र लोसपाका नेता महन्थ ठाकुरलाई बोलाइएको छ । यस्तै जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल र राप्रपाका राजेन्द्र लिङदेनलाई आमन्त्रण गरिएक...
ओलीले भीम रावललाई भने- सुदूरपश्चिमको इन्चार्ज लेखराज नै हुन्

ओलीले भीम रावललाई भने- सुदूरपश्चिमको इन्चार्ज लेखराज नै हुन्

राजनीति
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको इन्चार्ज लेखराज भट्ट नै कायम हुने बताएका छन् । उपाध्यक्ष भीम रावलले सहजीकरण गर्ने र भट्ट इन्चार्ज रहने ओलीको भनाइ थियो । सुदूरपश्चिम प्रदेशको समस्याबारे छलफल गर्न उपाध्यक्ष रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेताहरु भट्ट र कर्ण थापा बालकोट पुगेका थिए । छलफलका क्रममा ओलीले एमालेको विवाद समाधानका लागि गठित तत्कालिन कार्यदलले सुझाएको १० बुँदे सहमति सिर्जनात्मक ढंगले कार्यान्वयन हुने बताएका थिए । तर रावलले भने दश बुँदे कार्यान्वयन पार्टीको निर्णय भएको बताएका थिए । गएको १० भदौको केन्द्रीय कमिटी र ८ भदौको स्थायी कमिटी बैठकले १० बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको थियो। १० बुँदे अनुसार, एमाले पार्टी संरचना २ जेठ २०७५ अगाडिको अवस्थामा फर्कनुपर्ने रावलले अडान लिए ...
संसद कहिले चल्छ ? ओलीजीलाई सोध्नू : देउवा

संसद कहिले चल्छ ? ओलीजीलाई सोध्नू : देउवा

राजनीति, सुरक्षा/अपराध
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठक सुचारु गराउने जिम्मेवारी प्रमुख प्रतिपक्ष नेकपा एमालेको भएको बताएका छन् । आफ्नो पार्टी फुटाउने षडयन्त्रमा सभामुख अग्निप्रसाद सापकोटा प्रत्यक्ष संलग्न भएको भन्दै एमालेले आइतबार पनि प्रतिनिधिसभा बैठक पनि चल्न दिएन । बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री देउवालाई सञ्चारकर्मीहरुले संसद बैठक कहिले सुचारु हुन्छ ? भनेर सोधेका थिए । जवाफमा देउवाले भने, ‘ओलीजीलाई सोध्नू’ ।...
‘ओलीलाई आफ्नै अहंकारको घोड्सवारले सत्ता बाहिर पुर्‍याएको हो’

‘ओलीलाई आफ्नै अहंकारको घोड्सवारले सत्ता बाहिर पुर्‍याएको हो’

राजनीति
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी (एस) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तामा हुँदा आसेपासे र दलाल पूँजीवादीलाई पोस्ने काम गरेको आरोप लगाएका छन् । आइतबार कमलादीमा नेपाली कम्युनिष्ट आन्दोलनको कार्यदिशा पुस्तक विमोचन कार्यक्रममा पूर्व एमालेका बरिष्ठ नेता समेत रहेका नेपालले ओलीमाथि यस्तो आरोप लगाएका हुन् । ओली आफ्नै अहंकारका कारण सत्ताबाट बाहिरिएको टिप्पणी गर्दै नेपालले भने,’सत्तामा हुँदा अहंकारको घोड्सवार थियो, त्यही अहंकारले सत्ताबाट बाहिरनु पर्‍यो।’ यस्तै, अध्यक्ष नेपालले ओली जस्ता कम्युनिष्टहरुले गर्दा समग्र कम्युनिष्ट आन्दोलन नै बद्‌नाम बनाएको र समय सान्दर्भिक कार्यनीति परिवर्तन गर्न नसक्दा उक्त आन्दोलन नै कमजोर भएको बताए।...
दीपक मनाङेले भने-‘पहिलो श्रीमती र छोरालाई अंश दिएँ, मेरो नाममा केही छैन’

दीपक मनाङेले भने-‘पहिलो श्रीमती र छोरालाई अंश दिएँ, मेरो नाममा केही छैन’

राजनीति
पोखरा । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ (दीपक मनाङे) ले सम्पत्ति विवरण बुझाएका छैनन्। मन्त्री गुरुङले सम्पत्ति विवरण नबुझाउनुको कारण खुलाएका छन्। मन्त्री मनाङेले पहिलो श्रीमती र छोराहरुलाई अंश दिनु परेकोले वास्तविक सम्पत्ति विवरण बुझाउन नसकेको जानकारी दिएका छन्। ‘म आफुसँग भएको सम्पत्ति पहिलो श्रीमती र छोराहरुलाई पनि अंशवापत दिएँ, अलिअलि भएको पहिला बिजनेस गर्दा केटाहरूलाई लगानी गरिदिएको थिए, त्यो आएको छैन’ उनले भने– ‘आएपछि विवरण बुझाउँला, आउनेवाला छ भनेर लेख्न मिलेन, मेरो नाममा केही छैन,’ पत्रकार सम्मेलनमा उनले भने। गण्डकी प्रदेशका अन्य मन्त्रीहरूले दुई साताअघि नै सम्पत्ति विवरण सार्वजनिक गरे पनि मनाङे र भूमि, व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढाले सम्पत्ति विवरण बुझाएका छैनन्। भ्रष्टाचार निवारण सम्बन्धी ऐन, २०५९ ले सार्वजनिक पद धारण गरेको ...
जाँदाजाँदै एमसीसी उपाध्यक्ष फातिमा सुमार के भनिन् ? जसले राजतीतिक वृतमा तरंग उठ्यो !

जाँदाजाँदै एमसीसी उपाध्यक्ष फातिमा सुमार के भनिन् ? जसले राजतीतिक वृतमा तरंग उठ्यो !

Featured, राजनीति
काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौताका विषयमा नेपालको ठोस निर्णय लिन नेपाल आएकी उपाध्यक्ष फातिमा सुमार रित्तो हात स्वदेश फर्किएकी छिन्। चार दिने नेपाल भ्रमण सकेर स्वदेश जाँदाँजाँदा फातिमाले आर्थिक सहयोगलाई राजनीतिकरण गरिएको भन्दै असन्तुष्ति व्यक्त गरिन्। उनले आर्थिक सहयोगको विषय राजनीतिक हतियार बन्न नहुने भन्दै एमसीसी पास गर्न ढिलो भइसकेको धारणा व्यक्त गरेकी छिन्। ‘अहिले एमसीसीलाई राजनीतिकरण गर्ने अनि गलत र भ्रामक प्रचार गर्ने काम भइरहेको छ,’ पत्रकार सम्मेलनमा फातिमाले भनिन्, ‘आर्थिक सहयोगको विषय कहिले पनि राजनीतिक हतियार हुन सक्दैन किनभने यो मानिसको जीवनसँग सम्बन्धित विषय हो।’ ‘सम्झौता सन् २०१७ मा नै भएकाले त्यसको दुई वर्षभित्र अनुमोदन भइसक्नुपर्ने थियो तर हामी अहिले नै ढिलो भइसकेका छौं’ उनले भनिन्, ‘मैले नेताहरुलाई प्रश्न गरेँ, के हामी अझै ढि...
एमसीसी उपाध्यक्ष सुमारले भनिन् – सम्झौता पारित गर्न ढिलाई नगरौँ

एमसीसी उपाध्यक्ष सुमारले भनिन् – सम्झौता पारित गर्न ढिलाई नगरौँ

राजनीति
काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारले एमसीसी सम्झौता नेपालको संसदबाट अनुमोदन हुन ढिलो भइसकेको बताएकी छन् । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले दुई वर्षअघि नै पारित भइसक्नुपर्ने सम्झौता अझै पारित नहुँदा ढिलो भइसकेको बताएकी हुन् । उनले एमसीसी सम्झौता नेपाल सरकारकै आग्रहमा भएको यो अनुमोदन नभई कार्यान्वयनमा नजाने समेत जानकारी दिइन् । उपाध्यक्ष सुमारले अब नेपालको संसदबाट एमसीसी सम्झौता पारित हुने आशा पनि ब्यक्त गरिन् । सुमारले भनिन्, ‘नेपालले जतिसक्दो छिटो यो सम्झौता अनुमोदन गर्छ त्यत्ति नै नेपालको थलिएको अर्थतन्त्रलाई यसले फाइदा गर्छ ।’ उनले यो सम्झौताको कुनै अन्तिम समय सीमा नरहेको उल्लेख गरिन् । एमसीसी सम्झौता पारितका लागि पहल गर्न सुमार गत विहीबार काठमाडौं आएकी थिइन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानम...
जटिल मोडमा एमसीसी : अनुमोदनमा ढिला भए अमेरिकाले निर्णय लिन सक्ने

जटिल मोडमा एमसीसी : अनुमोदनमा ढिला भए अमेरिकाले निर्णय लिन सक्ने

राजनीति
काठमाडौं । नेपाल भ्रमणमा रहेकी अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारले नेपालका राजनीतिक दलका सबै नेताहरुलाई भेटघाट गरिसकेकी छन् । नेपालको वस्तुस्थिति बुझ्न आएकी सुमारले नेपालले एमसीसीको विषयमा जे निर्णय गरे पनि अमेरिकालाई स्वीकार्य हुने सन्देश दिएकी छन् । एमसीसी परियोजनाको विषय धेरै समय नेपालमा गिजोलिएकाले ढिलाइ हुनुको कारणबारे बुझ्न उनी नेपाल आएकी हुन् । उनले नेपालले एमसीसीमा निर्णय गर्ने भए संसदबाट छिटो अनुमोदन गर्न राजनीतिक दलका नेताहरुलाई भनेकी छन् । अमेरिकाले नेपालले अस्वीकार गरे पनि कुनै आपत्ति नहुने बताइसकेको छ । नेपालले अस्वीकार गरेको अवस्थामा सोबराबरको रकम अर्कै देशलाई अनुदान दिने पनि स्पष्ट पारिसकेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।...