राजनीति

प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार, को-को बने मन्त्री?

प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार, को-को बने मन्त्री?

राजनीति
विराटनगर । नेकपा विभाजनपछि अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् विस्तार गरेका छन्। उनले बुधबार दुई मन्त्री र तीन जना राज्यमन्त्री नियुक्त गरेका छन् । पाँच जना थपिएसँगै प्रदेश १ मन्त्रीपरिषद् ८ सदस्यीय भएको छ । मुख्यमन्त्री आचार्यले तुलसीप्रसाद न्यौपानेलाई आर्थिक मामिला तथा कानूनमन्त्री र हिराकुमार थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बनाएका छन् । उत्तमकुमार बस्नेत उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री, ज्ञानेश्वर राजवंशी भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री, लिलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानून राज्यमन्त्री बनाएका छन् । मन्त्री न्यौपाने र थापालाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले र राज्यमन्त्रीलाई मुख्यमन्त्री आचार्यले पद तथा गोपनीयताको सपथग्रहण गराएका छन् । गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले यसअघि बलबहादुर साम्...
प्रचण्डले भने – संविधान संशोधनका लागि सडकमा जानुपर्ने अवस्था आउन सक्छ

प्रचण्डले भने – संविधान संशोधनका लागि सडकमा जानुपर्ने अवस्था आउन सक्छ

Featured, राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का संविधान संशोधनका लागि सडकमा जानुपर्ने अवस्था आउन सक्ने बताएका छन् । पार्टीका तत्कालीन उपाध्यक्ष पोष्टबहादुर बोगटीको स्मृति दिवसमा पार्टी कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा प्रचण्डले संविधान बनाउने बेला नै आफूहरुले फरक मत राखेको बताए । राजनीतिक दलहरुबीच सहमति गरेर अघि बढ्न चाहेको भन्दै उनले भने, ‘तर जरुरी पर्‍यो भने हामी सडकमा जानुपर्ने हुनसक्छ ।’ दिवंगत नेता बोगटीलाई सम्झिँदै अध्यक्ष प्रचण्डले अहिले माओवादीका माथिल्लो तहका नेताहरु बिग्रिएको स्वीकारसमेत गरे । तर, जनता र कार्यकर्ताहरु नबिग्रिएको र क्रान्तिकारी आन्दोलनका लागि तयार रहेको उनले बताए । ‘क्रान्ति आन्दोलनमा जाने भनेपछि जुर्मुराएर उठ्ने पंक्ति पनि यही पार्टीभित्र रहेको पनि देखेँ । लाखौंको संख्यामा सडकमा आउन तयार रहेछन्,’ उनले भने, ‘जनता बिग्रिएका पनि होइनन्, कार्यकर्ता पनि होइन, बिग्रि...
‘पूर्वमुख्यमन्त्री पोखरेलविरुद्धको किटानी जाहेरी लिन प्रहरीद्वारा आलटाल’

‘पूर्वमुख्यमन्त्री पोखरेलविरुद्धको किटानी जाहेरी लिन प्रहरीद्वारा आलटाल’

राजनीति
बुटवल । नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध सांसद विमला कुमारी खत्री वलीको किटानी जाहेरी लिन प्रहरीले आलटाल गरेको आरोप लगाएको छ । सांसद वलीले उनीहरु विरुद्ध अपहरण तथा शरीर बन्धक सम्बन्धी किटानी जाहेरी दर्ता गर्न खोज्दा प्रहरीले आलटाल गरेको हो । गत १५ साउनदेखि ५ दिनसम्म पोखरेल मुख्यमन्त्री रहँदा दाङबाट ल्याएर आफूलाई बन्धक बनाइएको सांसद वलीको आरोप छ । अपहरण तथा शरीर बन्धक सम्बन्धी कानुनअनुसार पोखरेलसहित ४ जनालाई कारबाहीको माग गर्दै वलीले दिएको किटानी जाहेरी प्रहरीले दर्ता गर्न आलटाल गरेको लुम्बिनी प्रदेश माओवादी मुख्य सचेतक तुलाराम घर्ती मगरले बताए । ‘हामी अस्ति इलाका प्रहरी कार्यालय बुटवलमा गएका थियो । तर प्रहरीले दाङ रिफर गर्नुपर्ने भन्दै अझै सम्म दर्ता गर्न आलटाल गरेको छ’ उनले भने, ‘हामीले यही गर्नुहोस् त्यसपछि जहाँ रिफर गरे पनि गर्नु...
शंकर पोखरेलसहित ४ जनाविरुद्ध अपहरण मुद्दा , प्रमाणित भए ७ वर्षदेखि १० वर्षसम्म कैद हुन सक्ने

शंकर पोखरेलसहित ४ जनाविरुद्ध अपहरण मुद्दा , प्रमाणित भए ७ वर्षदेखि १० वर्षसम्म कैद हुन सक्ने

Featured, राजनीति
बुटवल । लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वलीले इलाका प्रहरी कार्यालय बुटवलमा एमाले स्थायी कमिटी सदस्य तथा पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध अपहरण तथा शरीर बन्धकमा किटानी जाहेरी दिएकी छन् । वलीले आफूलाई अपहरण तथा शरीर बन्धक बनाएको भन्दै पोखरेलसहित ४ जनाविरुद्ध प्रहरीमा जाहेरी दिएकी हुन । पोखरेल मुख्यमन्त्री पदमा रहँदा आफूलाई दाङबाट अपहरण गरी ल्याएर साउन १५ गतेदेखि ५ दिनसम्म बन्धक बनाएको उनको दावी छ । वलीले पोखरेलसहित एमाले सचेतक भूमिश्वर ढकाल, दाङका एमाले नेता मानबहादुर राउत र पोखरेलको तत्कालीन सचिवालयका किरण गौतमविरुद्ध किटानी जाहेरी दिएकी हुन् । जाहेरीमा उनले अपहरण तथा शरीर बन्धकसम्वन्धी कानूनअनुसार कारवाहीको माग गरेकी छन् । बुटवल प्रहरीले घटनास्थल दाङ भएकोले त्यहींबाट निवेदनको प्रक्रिया अगाडि बढाउने जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी मनोज केसीले ...
शंकर पोख्रेलविरुद्ध विमलाले दिइन् अपहरण तथा शरीर बन्धकको किटानी जाहेरी

शंकर पोख्रेलविरुद्ध विमलाले दिइन् अपहरण तथा शरीर बन्धकको किटानी जाहेरी

राजनीति
बुटवल। लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वलीले पूर्व मुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी किटानी जाहेरी दिएकी छिन् । दाङबाट ल्याएर मुख्यमन्त्रीको सरकारी निवासमा बन्धक बनाएको दाबीसहित उनले अपहरण तथा शरीर बन्धकसम्बन्धि कानुनअनुसार कारबाहीको माग गरेकी छन् । उनले जाहेरीमा तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल, एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, पोखरेलको निजी सचिवालयका तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावतलाई हदैसम्मको कारबाहीको माग गरेकी छिन्। रुपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाले वलीले बुटवलमा किटानी जाहेरीका लागि पत्र बुझाएको पुष्टि गरे। उनले जाहेरी दाङमा दर्ता गराउन सुझाव दिएको बताएका छन् । वली र माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी मदन कुँवरलाई किटानी जाहेरी बुझाएको र उनले घटनाको शुरुवात भएक...
बुढीगंगा गाउँपालिकामा १६ वर्षीया सुस्मितालाई बनाइयो गाउँपालिका अध्यक्ष

बुढीगंगा गाउँपालिकामा १६ वर्षीया सुस्मितालाई बनाइयो गाउँपालिका अध्यक्ष

राजनीति
काठमाडौं । मोरङको बुढीगंगा गाउँपालिकाले २ घण्टाको लागि नमुना गाउँपालिका अध्यक्ष नियुक्त गरेको छ । आज भाद्र २९ गते बालदिवसका अवसरमा गाउँपालिकाले एक कार्यक्रम गरी १६ वर्षीया सुस्मिता ऋषीदेबलाई नमुना गाउँपालिका अध्यक्ष बनाइएको हो । बाल दिवसका अवसरमा एक कार्यक्रम आयोजना गरि बालबालिकाहरुको प्रतिनिधिका रुपमा ऋषीदेबलाई नमुना अध्यक्ष बनाइएको गाउँपालिका उपाध्यक्ष अमृताकुमारी गच्छादारले जानकारी दिइन् । उनका अनुसार नमुना गाउँपालिका अध्यक्षलाई आर्थिक र प्रशासनीकका कुनै पनि जिम्मेवारी दिइने छैन । भने विद्यालय अनुगमन, खोपको अनुगमन, बालबालिकाको अवस्थाको अनुगमन आदीको जिम्मेवारी भने दिइनेछ । ‘ २ घण्टाको लागि उहाँलाई गाउँपालिकाको नमुना अध्यक्ष घोषणा गरिएको हो । उहाँलाई आर्थिक र प्रशासनीक जिम्मेवारीको काम दिइनेछैन ।’ उपाध्यक्ष गच्छादारले भनिन्, ‘खासगरी उहाँले गाउँपालिकाका बालबालिकाको अवस्थाबारे जानकारी ल...
चीनले मिचेको भूमि खोज्न सरकारी टोली हुम्ला जाँदा प्रचण्डलाई तनाव, अध्ययनलाई प्रभावित पार्न चिनियाँ दूतावास सक्रिय

चीनले मिचेको भूमि खोज्न सरकारी टोली हुम्ला जाँदा प्रचण्डलाई तनाव, अध्ययनलाई प्रभावित पार्न चिनियाँ दूतावास सक्रिय

राजनीति
काठमाडौं । नेपाल सरकारले चीनले मिचेको भूमि खोज्न सरकारी टोली हुम्ला पठाएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तनावित देखिएका छन् । खुमलटार स्रोतका अनुसार हुम्लाका स्थानीय जनप्रतिनिधि तथा चिनिया दूतावासका एजेण्डहरु सीमा विवादकै विषयमा छलफल गर्न प्रचण्डको घर धाइरहेका छन् । सरकारले चीनसँग सीमा मिचिएको अध्ययन गर्न टोली हुम्ला पठाएपछि यता काठमाडौँमा चलखेल सुरु भएको छ। स्थानीय जनप्रतिनिधिहरूले सीमा मिचिएको भनिरहँदा यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले बीना अध्ययन अनुसन्धान सीमा नमिचिएको बताएको थियो । तर ओली हटेपछि शेरबहादुर देउवा नेतृत्वको सरकारले उक्त विवादबारे अध्ययन टोली बनाएर चीनले मिचेको भूमि खोज्न पठाएको हो । ओली सरकारको निर्णयमा असहमति जनाउँदै देउवा सरकारले यही भदौ १७ गते हुम्लाको नाम्खा गाउँपालिकाको लिमी र आसपासका क्षेत्रमा चीनले सिमाना मिचेको विषयमा स्थलगत अध्ययन गर्न समिति बन...
‘एमसीसी देशको हितमा छ, छिटो पास गर्नुपर्छ’

‘एमसीसी देशको हितमा छ, छिटो पास गर्नुपर्छ’

राजनीति
गोरखा । नेपालमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विषयमा बहस भइरहेको छ। कोही एमसीसीका पक्षमा त कोही यसको विपक्षमा खुलिरहेका छन्। कोही भने न्यूट्रल छन्। तर जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई एमसीसी पक्षमा उभिएका छन्। भट्टराईले अनुमोदन गर्नु नै राष्ट्रिय हितमा हुने जानकारी दिएका छन्। सोमबार गृहजिल्ला गोरखामा पत्रकारसँग कुरा गर्दै भट्टराईले एमसीसीमा राष्ट्रिय सहमति गरेर छिटो अनुमोदन गर्नुपर्ने बताएका हुन्। ‘यसमा राजनीतिक दलहरुले छिटो भन्दा छिटो सहमति गरेर यो सम्झौतालाई अनुमोदन गर्नु नै राष्ट्रिय हितमा हुन्छ। तर हाम्रो पार्टी जसपाले एक्लै निर्णय गर्न सक्दैन। त्यस अर्थमा राष्ट्रिय सहमतिबाटै टुंगो लागोस’ उनले भने। केही दिनअघि उनले एमसीसी उपाध्यक्ष फातिमा सुमारसँग भेट गरेका थिए। त्यसबेला सत्ता गठबन्धनसँग छल...
सामाजिक सञ्जालबाट सम्प्रेषण भइरहेका गलत र भ्रामक सामग्रीप्रति एमसीए–नेपालको गम्भीर ध्यानाकर्षण

सामाजिक सञ्जालबाट सम्प्रेषण भइरहेका गलत र भ्रामक सामग्रीप्रति एमसीए–नेपालको गम्भीर ध्यानाकर्षण

राजनीति
काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसीए–नेपाल) का सम्बन्धमा अतिरञ्जित तथा असत्य सन्देशहरू सामाजिक सञ्जालबाट सम्प्रेषण भइरहेकोप्रति एमसीए–नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एमसिए–नेपालले एक प्रेस विज्ञप्ति जारी गर्दै गलत र भ्रामक सामग्री सामाजिक सञ्जालमा सम्प्रेषण गरेकोप्रति आपत्ति समेत जनाएको हो । जारी विज्ञप्तिमा भनिएको छ, 'यही भदौ २३ गते ट्वीटर सामाजिक सञ्जालमार्फत एमसीए–नेपाल विकास समितिका कार्यकारी निर्देशक खड्ग बहादुर विष्टको नक्कली तवरको हस्ताक्षर प्रयोग गरी एक सामग्री सम्प्रेषण गरिएको थियो । उक्त सामग्रीमा एमसीए–नेपाल, एमसीसी र अमेरिकी राजदूतावासका अधिकारीहरूबीच भएको भच्र्युयल बैठकमा कम्प्याक्ट अनुमोदनको पक्षमा प्रचार अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिइएको कपोलकल्पित कुरा उल्लेख गरिएको थियो । सोही सामग्रीमा केही अखबार तथा टीभीलाई परिचालन गरिनुपर्ने झु...
सभामुखले बोलाएको सर्वदलीय बैठकमा ओली नजाने

सभामुखले बोलाएको सर्वदलीय बैठकमा ओली नजाने

राजनीति
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली सभामुख अग्‍निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा नजाने भएका छन् । संसदको गतिरोध अन्त्यका लागि सभामुख सापकोटाले आह्वान गरेको सर्वदलीय बैठकमा ओली नजाने ओलीको सचिवालयले जनाएको छ। 'हामी कतिपय कुराहरू सम्‍बोधन नभइ सर्वदलीय बैठकमा सहभागी हुँदैनौ,' 'सचिवालयका एक सदस्‍यले भने, 'गठबन्‍धन एकातिर हामी एकातिर भएका छौँ ।सर्वदलीयमा सहभागी हुँदैनौ । एकातिर गठबन्धन र एकातिर हामी भयौँ भने मात्रै छलफलमा बस्‍न सक्‍छौँ ।' सभामुख सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै एमालेले २३ गतेबाट सुरु भएको संसद् बैठक निरन्तर अवरुद्ध गर्दै आएको छ । पार्टीले १४ जना सांसदलाई कारबाही गरेको सूचना नटाँसेको भन्दै एमाले सभामुखसँग असन्‍तुष्‍ट छ ।...