राजनीति

सुदूरपश्चिममा नेकपा (एस) बाट तामाङ र बोहराले लिए मन्त्रीको शपथ, कसले कुन मन्त्रालय पाए ?

सुदूरपश्चिममा नेकपा (एस) बाट तामाङ र बोहराले लिए मन्त्रीको शपथ, कसले कुन मन्त्रालय पाए ?

राजनीति
धनगढी। सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका तर्फबाट दुईजना मन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टले एकीकृत समाजवादीका प्रदेशसभा सदस्य तारालामा तामाङलाई आर्थिक मामिला मन्त्री र माया तामाङ बोहरालाई अर्थ राज्यमन्त्री नियुक्त गरेका हुन् । शुक्रबार साँझ उनीहरूले पद तथा गोपनीयताको सपथ लिएको एकीकृत समाजवादीका एक प्रदेशसभा सदस्यले जानकारी दिए । तारालामा तामाङ तत्कालीन नेकपा एमालेबाट कञ्चनपुरबाट निर्वाचित सांसद हुन् भने बोहरा बझाङबाट समानुपातिक सांसद हुन् । तामाङ तत्कालीन नेकपाका प्रमुख सचेतक समेत थिए । उनलाई एमालेको अनौपचारिक विभाजनका बेला गत जेठमा मन्त्रिपरिषद् विस्तार हुँदा पदबाट हटाइएको थियो । बोहरा एमाले विभाजनका बेला अध्यक्ष ओलीको पक्षमा खुले पनि २१ भदौमा एमाले छाडेर एकीकृत समाजवादी पार्टीमा लागेकी थिइन् । विभाजन भएर एकीकृत समाजवादी बनेपछि एमाले संसदीय दलका नेता समेत...
सीके राउतको पार्टीमा कडा अनुशासन, कार्यकारिणी सदस्यले जागिरबाट राजीनामा दिनुपर्ने

सीके राउतको पार्टीमा कडा अनुशासन, कार्यकारिणी सदस्यले जागिरबाट राजीनामा दिनुपर्ने

Featured, राजनीति
सीके राउत नेतृत्वको जनमत पार्टीले कर्मचारी वर्गलाई केन्द्रीय कार्यकारिणी समितिमा नराख्ने भएको छ । जागिरे नेतालाई राजीनामा दिन वा आगामी निर्वाचनसम्म बिदामा बस्न निर्देशन दिइएको छ । जनकपुरमा तीन दिनसम्म बसेको केन्द्रीय समितिको विस्तारित बैठकले जागिरदार रहेका केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई असोज २६ गतेभित्र राजीनामा दिन निर्देशन दिएको हो । बैठकले गरेको निर्णयमा भनिएको छ, ‘जागिरमा रहेका केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारीहरुले २०७८ आश्विन २१ गतेभित्र सके राजीनामा दिई वा कम्तीमा आगामी निर्वाचनसम्म आफ्नो जागिरबाट बिदा लिइ आफ्नो जिल्ला वा केन्द्रीय सचिवालय वा निर्देशन अनुसार फिल्डमा काम गर्नुपर्ने हुन्छ ।’ सो पार्टीको केन्द्रीय कार्यकारिणी समिति १५ सदस्यीय छन् । तीमध्ये ३ जना जागिरे छन् । केन्द्रीय कार्यकारिणी सदस्यद्वय नरेन्द्र चौधरी र दीपककुमार साह इन्जिनियर हुन् भने सुरेन्द्र यादव...
एमालेको सहयोगबिना एमसीसी पास गर्न प्रदीप ज्ञवालीको चुनौती

एमालेको सहयोगबिना एमसीसी पास गर्न प्रदीप ज्ञवालीको चुनौती

Featured, राजनीति
काठमाडौं । नेकपा(एमाले)का स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवालीले आफूहरुको सहयोगबिना संसदबाट एमसीसी पास गर्न चुनौती दिएका छन् । शुक्रवार काठमाडौंमा आयोजित ‘नयाँ सरकारको कुटनीतिक अभिमुखिकरणः सम्भाव्य विश्लेषण’ विषयक विचार गोष्ठीमा बोल्दै नेता ज्ञवालीले वर्तमान सरकार सँग बहुमत रहेकाले प्रतिपक्षी दलको सहयोग बिना एमसीसी संसदबाट पास गर्न चुनौती दिएका हुन् । विगतमा एमाले नेतृत्वको सरकारले एमसीसी पास गर्न खोज्दा वर्तमान सत्ता गठबन्धनकै दलहरुले सडकमा आगो बालेको भन्दै सम्झौता गलत भए किन सम्झौता गरेको भन्ने प्रश्न समेत गरे । उनले सम्झौता सही थियो भने संसदबाट पास गर्न किन रोकिएको हो भन्ने प्रश्न पनि गरे । एमसीसी पास गर्न प्रतिपक्षको सहयोग मागेको भन्दै उनले अब सरकारले संसदमा प्रस्ताव ल्याएपछि मात्रै आफूहरुको धारणा सार्वजनिक गर्ने स्पष्ट पारे । उनले भने, ‘त्यो सम्झौता ठिक थियो भने अघिल्लो सरकारले य...
चीनले नेपाली भूमि अतिक्रमण गरेको भेटियो यस्ता बलिया प्रमाण

चीनले नेपाली भूमि अतिक्रमण गरेको भेटियो यस्ता बलिया प्रमाण

राजनीति
काठमाडौं । चीनले हुम्लामा नेपाली भूमि अतिक्रमण गरेको बलिया प्रमाणहरु फेला परेका छन् । नयाँ सीमा स्तम्भ चीनले आफै राख्नेदेखि पुराना सीमा स्तम्भ ढलेकोसम्म बलिया प्रमाणहरु फेला परेका हुन् । चीनले १२ नम्बर पिलर नयाँ बनाएर खडा गरेको भेटिएको छ । सीमा स्तम्भमै जोडेर तारबार र गेट राख्ने गतिविधिहरु पनि गरेको खुलेको छ । सीमा क्षेत्रमा नो म्यान्ड ल्यान्ड राखेर तारबार गर्ने प्रचलन छ । तर, सिधै सीमामा जोडेर तारबार लगाइएको छ । किट भन्ने स्थानको पिलर नम्बर ५ का दुईवटा पिलरमा चीनले तारबार राखेको देखिन्छ । पिलर नम्बर ५२ को स्तम्भ पनि नयाँ बनाएको भेटिएको छ । लाप्चा भञ्ज्याङ, लिमीको टाकुल्ले क्षेत्र, गुप्पुदोचामा सीमा अतिक्रमण भएको तथ्य पत्ता लागेको छ । स्थानीयवासीले स्तम्भ रहेको क्षेत्र नेपालकै हो । स्थानीयवासीले १२ नम्बर जस्तै ५ नम्बर र अन्य स्तम्भ भएको ठाउँमा पनि अतिक्रमण भएको छ ।सीमामा तारबार पनि दुई द...
संसदको गतिरोध हटाउन ओलीलाई मनाउँदै देउवा

संसदको गतिरोध हटाउन ओलीलाई मनाउँदै देउवा

Featured, राजनीति
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदको गतिरोध हटाउने प्रमुख प्रतिपक्षी एमालेका नेता केपी शर्मा ओलीसँग संवाद अगाडि बढाएका छन् । अध्यक्ष ओलीसँग छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई उन निवास बालकोट पठाएका हुन् । प्रमुख प्रतिपक्षी दलका नेतालाई विश्वासमा लिने देउवाको सन्देश लिएर कार्की ओलीलाई भेट्न बालकोट गएका थिए । संसदको गतिरोध हटाउने विषयमा छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गरेपछि देउवाले आफ्ना विश्वासपात्र कार्की मार्फत संवाद थालेका छन् । संसद्को सबैभन्दा ठूलो दल एमालेको सहयोगबिना संसद् सञ्चालन गर्न अप्ठ्यारो पर्ने देखेपछि देउवाले ओलीसँग सम्बन्ध बढाउन चाहेको देखिन्छ । बिहीबारको छलफलमा संसदको गतिरोध अन्त्य र विधेयक अगाडि बढाउने लगायतका विषयमा छलफल भएको कार्कीले जानक...
मन्त्रालय भागवण्डामा सकस : शीर्ष तहमा सहमति नजुटेपछि कार्यदललाई जिम्मा

मन्त्रालय भागवण्डामा सकस : शीर्ष तहमा सहमति नजुटेपछि कार्यदललाई जिम्मा

राजनीति
काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष तहका नेताहरुले मन्त्रालय भागवण्डाबारे सहमति खोज्ने जिम्मा कार्यदललाई दिएका छन् । दोस्रो तहका नेताहरु रहेको कार्यदलले बुधबार र बिहीबार छलफल गरेको छ, तर कुनै सहमति जुटाइसकेको छैन । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी ( जसपा) का नेताहरु छन् । एक सदस्यका अनुसार अहिलेसम्म मन्त्रालयको संख्यामा नै सहमति जुट्न सकेको छैन । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले सबै पार्टीलाई मन्त्रालयको संख्या बराबर भागवण्डा हुनुपर्ने बताएको छ । त्यसमा जसपाको पनि मौन समर्थन देखिन्छ । हाल २१ वटा मन्त्रालय छन् र संविधानअनुसार बढीमा २५ सदस्यीय मन्त्रिपरिषद् बनाउन पाइन्छ । यदि बराबर भागवण्डा हुने हो भने एउटा दलले ६ मन्त्री र अरुले ५ मन्त्री र एक राज्यमन्त्री पाउँछन् । तर सरकारको नेतृत...
किन गए केपी ओली शीतलनिवास ?

किन गए केपी ओली शीतलनिवास ?

Featured, राजनीति
काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बुधबार बुटवलमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थिए । बुटवलबाट राजधानी फर्किँदा साँझ परिसकेको थियो । काठमाडौँ ओर्लेर उनी आफ्नो निजी निवास बालकोट नगई सिधै राष्ट्रपति कार्यालय शीतलनिवासतर्फ लागे । एमाले अध्यक्ष ओलीले शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग राति ८ बजेदेखि १० बजेसम्म दुई घण्टा छलफल गरे । यो भेटबारे शीतलनिवास र बालकोट स्रोतले केही पनि सार्वजनिक गर्न चाहेको छैन । राष्ट्रपतिबारे ओलीको भेटवार्ताबारे राष्ट्रपति कार्यालयका कर्मचारी बोल्न चाहेनन् । राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबीचको भेटवार्ता नेकपा एमालेको आन्तरिक विषयमा केन्द्रित रहेको बुझिएको छ । भेटमा संसद्को अवरोध लगायतका विषयमा पनि छलफल भएको स्रोतको भनाइ छ ।...
सुकुम्बासी आयोगमा माओवादीलाई मिल्यो भागबण्डा, देशभर कति जना हुँदैछन् नियुक्त ?

सुकुम्बासी आयोगमा माओवादीलाई मिल्यो भागबण्डा, देशभर कति जना हुँदैछन् नियुक्त ?

राजनीति
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सुकुम्बासी समस्या समाधानका लागि भूमि सम्बन्धी आयोग गठन गरेको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको निवर्तमान सरकारले गठन गरेको भूमि आयोग खारेज गरेको देउवा सरकारले मंगलवार नयाँ आयोग गठन गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि गत साउन १९ गते आयोग विघटन गरिएको थियो । मंगलवार साँझ बसेको मन्त्रिपरिषद बैठकले ‘राष्ट्रिय भूमि आयोग २०७८’ गठन गरेको छ । आयोगको अध्यक्षमा नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघका पूर्व अध्यक्ष केशव निरौला नियुक्त भएका छन् । निरौला कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य समेत रहेका थिए । आयोगमा माओवादीलाई समेत भागबण्डा दिइएको छ । आयोगको उपाध्यक्षमा माओवादी समर्थक नयन्द्र खड्कालाई नियुक्त गरिएको छ । अध्यक्ष निरौला र उपाध्यक्ष खड्काले आज बुध...
मुगुमा चीनद्वारा सीमा मिचिएको आशंका, १६ जनाको टोली १३ नम्बर पिलरको निरीक्षण गर्न जाँदै

मुगुमा चीनद्वारा सीमा मिचिएको आशंका, १६ जनाको टोली १३ नम्बर पिलरको निरीक्षण गर्न जाँदै

राजनीति
मुगु । चीनसँग जोडिएको नेपालको विभिन्न जिल्लामा सीमा विवाद देखिन थालेको छ । हुम्ला जस्तै मुगुमा पनि सीमा मिचिएको आशंका गरिएको छ । जसको लागि मुगु जिल्लाको सीमा निरीक्षण गर्न १६ जनाको टोली त्यहाँ पुगेको छ । नेपाल-चीन सीमामा रहेको १३ नम्बर पिलरको निरीक्षणका लागि १६ जनाको टोली खटिएको छ । बुधबार मुगुस्थित सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाको नेतृत्वमा १६ जनाको टोली खटिएको हो। मुगु तिब्बत सीमा निरीक्षक टोलीमा सशस्त्र प्रहरीका निरीक्षक जगत रावलसहित १२ जना सशस्त्र प्रहरी र ४ जना जनपथ प्रहरी रहेका छन् । उक्त टोली बुधबार १३ नम्बर पिलरतर्फ गएको छ । टोलीलाई सीमा स्तम्भसम्म पुग्न करिब ३ दिन लाग्ने बताइएको छ ।...
हुम्लाकी सांसद रङ्गमती शाहीले भनिन् : चीनले नेपाली भूमि मिचेकै हो

हुम्लाकी सांसद रङ्गमती शाहीले भनिन् : चीनले नेपाली भूमि मिचेकै हो

Featured, राजनीति
काठमाडौं । नेपाली काँग्रेसकी सांसद रङ्गमती शाहीले चीनले नेपालको भूमी मिचेको ठोकुवा गरेकी छिन् । उनले पिलर नै नयाँ राखेको र नेपाली भूमिमा भवनहरु बनाएर बार समेत लगाएको बताइन् । ‘भूमी मिचेको हो,’ एक अन्तर्वार्ताको क्रममा हुम्लाकी सांसद शाहीले भनिन्, ‘पुरानो पिलर नै गायब पारिएको छ ।’ १२ नम्बर पिलर राख्दा जनप्रतिनिधिलाई जानकारी नगराइएको र स्थानीय मान्छे पनि नराखिएको बताइन् । उनले सोधिन्, ‘भूमि मिच्यो भन्ने कि नभन्ने रु’ चीनले हुम्लामा सहयोगहरु गरेको उल्लेख गर्दै आफू देशको भूमि मिच्ने सवालमा बोलिरहने बताइन् । चीनसँग रोटीबेटीको सम्बन्ध रहेको बताउँदै सीमाको सवालमा आवाज उठिरहने बताइन् । सरकारले आफूहरुको बारम्बारको मागपछि सीमा समस्या अध्ययन कमिटी गठन गरेको र त्यसको प्रतिवेदन कुर्न आग्रह गरिन् । आफू कसैबाट प्रभावित भएर नबोलेको बताउँदै भनिन्, ‘ भूमि नमिचेको प्रमाणित गरेर देखाउन्, राजीनामा दिएर सन्या...