राजनीति

एमसीसी सैन्य रणनीति अन्तर्गत होइन : उपाध्यक्ष फतिमा सुमार

एमसीसी सैन्य रणनीति अन्तर्गत होइन : उपाध्यक्ष फतिमा सुमार

Featured, राजनीति
काठमाडौं । नेपाल भ्रमणमा आएकी अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारले राजनीतिक दलका नेताहरुलाई भेटेर एमसीसी सैन्य रणनीति अन्तर्गत नभएको स्पष्टीकरण दिएकी छन् । एमसीसीलाई लिएर ध्रुवीकरण बढेका बेला उपाध्यक्ष सुमार नेतृत्वको टोली बिहीबार काठमाडौं आएको छ । टोलीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई छुट्टाछुट्टै भेटेको थियो । भेटमा सुमार नेतृत्वको टोलीले चार वर्षदेखि एमसीसी सम्झौताबारे प्रश्न उठेकाले स्पष्ट पार्न आवश्यक ठानेर आएको बताएको छ । नेपाल र अमेरिकाले हस्ताक्षर गरेका डकुमेन्ट लिएर आएको भन्दै टोलीले स्वीकार्य भए अनुमोदन गर्न आग्रह गरेको छ । नभए अनुदान अन्य मुलुक जाने पनि बताएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेको एमसीसीको टोलीले सम्झौतालाई लिएर ने...
एमाले अध्यक्ष ओलीसँगको वार्तापछि एमसीसी उपाध्यक्ष फतिमाले दिइन् यस्तो प्रतिक्रिया

एमाले अध्यक्ष ओलीसँगको वार्तापछि एमसीसी उपाध्यक्ष फतिमाले दिइन् यस्तो प्रतिक्रिया

Featured, राजनीति
काठमाडौं । एमसीसीकी उपाध्यक्ष फतिमा सुमार र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। भेटमा उनीहरुबीच एमसीसी सम्झौताबारे छलफल भएको छ। भेटमा ओलीले हाल नेकपा एमालेले एमसीसीको विषयमा धारणा नबनाएको बताएका छन्। सत्ताधारी दलहरु नै अलमलमा रहेका कारण एमालेले यसबारे आफ्नो धारणा नबनाएको उनले जानकारी गराए। उक्त भेटवार्तामा सहभागी एमाले विदेश विभागका प्रमुख डा. राजन भट्टराईले भेटमा अध्यक्ष ओलीले सत्तारुढ दलहरुले एमसीसीबारे स्पष्ट धारणा बनाएपछि मात्र आफूहरुले पोजिसन क्लियर गर्ने बताएका थिए। नेपालको चार दिने भ्रमणमा रहेकी सुमारले आफू फेरि नेपाल आउन पाउँदा खुशी भएको बताएकी छिन्। ओलीसँगको भेटवार्तापछि मिडियाकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएकी हुन्। ‘म फेरि नेपाल आउन पाउँदा निकै खुशी छु,’ उनले भनिन्। तर सुमारले एमसीसीका विषयमा ओलीसँग भएको कुराकानीबारे कुनै प्रतिक्रिया दिइनन्...
एमसीसी उपाध्यक्ष फातिमा आज नेपाल आउँदै, प्रधानमन्त्रीसहित शीर्ष नेताहरुलाई भेट्ने

एमसीसी उपाध्यक्ष फातिमा आज नेपाल आउँदै, प्रधानमन्त्रीसहित शीर्ष नेताहरुलाई भेट्ने

राजनीति
काठमाडौं। अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष फतिमा सुमार आज बिहीवार नेपाल आउँदैछिन् । उनको चार दिने भ्रमणमा नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि साथमा रहनेछन् । उनीहरू बिहीवार कतारबाट काठमाडौँ आउन लागेका हुन् । नेपालमा एमसीसी गिजोलिएका बेला परियोजनाको पछिल्लो अवस्था बुझ्न उनी नेपाल आउन लागेकी हुन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवासहितका शिर्ष नेताहरुलाई भेट्ने कार्यक्रम छ । ‘एमसीसी सैन्य रणनीति अन्तर्गत नभएको र संशोधन पनि गर्न नमिल्ने’ भन्दै एमसीसीले बुधवार मात्र नेपाल सरकारलाई जवाफ फर्काएको थियो । एमसीसी परियोजना कार्यान्वयन भएका देशमा वार्षिक रुपमा कार्यान्वयनको अवस्था बुझ्ने क्रममा उनी नेपाल आउन लागेकी हुन् । नेपालमा एमसीसी संसदबाट पारित गर्नु पर्ने भनिए पनि गिजोलिएको छ । कारण सन् २०१९ मा नै कार्यान्वयनमा आउनुपर्ने एमसीसी परियोजना अझै अगाडि बढ्न सके...
एमसीसीबारे सरकारको प्रश्न र अमेरिकाको जवाफ (पूर्णपाठसहित)

एमसीसीबारे सरकारको प्रश्न र अमेरिकाको जवाफ (पूर्णपाठसहित)

Featured, राजनीति
काठमाडौं । अमेरिकी सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विवादित विषयबारे नेपाल सरकारले सोधेका प्रश्नहरूको जवाफ फर्काएको छ । सरकारले सोधेका विभिन्न ११ बुँदे प्रश्नहरुको जवाफ अमेरिकी सरकारले लिखित रुपमै फर्काएको हो । गत शुक्रबार अर्थमन्त्रालयले एक पत्र लेख्दै एमसीसीबारे उठेका विभिन्न विवादित सवालहरुबारे स्पष्ट जवाफ दिन अनुरोध गरेको थियो । ‘लिखित रुपमा नै अमेरिकी सरकारले जवाफ फर्काएको छ,’ अर्थ मन्त्रालयका एक अधिकारीले भने,’जवाफीपत्रमा के छ भन्नेबारे अध्ययन हुँदैछ ।’ नेपाल सरकारले पत्रमा एमसीसी अमेरिकाको ‘इन्डो-प्यासेफिक रणनीति’को अंग भए/नभएको र एमसीसी अमेरिकी सुरक्षा नीतिसँग जोडिएको/नजोडिएकोबारे स्पष्ट गर्न आग्रह गरेको थियो । एमसीसीको सम्झौता नेपालको कानुनको अधिनमा रहने/नहरने र संसदबाटै पास गर्नुपर्ने अनिवार्यताको आवश्यक्ताबारे पनि सोधिएको थियो । लेखा परीक्षणका व्यवस्थादेखि जे...
बागमतीमा मन्त्रिपरिषद् विस्तार, कसलाई के जिम्मेवारी ? (नामावलीसहित)

बागमतीमा मन्त्रिपरिषद् विस्तार, कसलाई के जिम्मेवारी ? (नामावलीसहित)

Featured, राजनीति
काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गरेकी छिन् । मुख्यमन्त्री शाक्यले बुधबार ६ मन्त्री र ४ राज्यमन्त्री नियुक्त गरेकी हुन् । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरुले आजै पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । जसअनुसार आर्थिक मामिला तथा योजना मन्त्रीमा रचना खड्का, सामाजिक विकास मन्त्रीमा विजय सुवेदी र स्वास्थ्यमन्त्रीमा प्रदिप कटुवाल रहेका छन् । त्यसैगरी उद्योग, पर्यटन वन तथा वातावरणमन्त्रीमा शान्तिप्रसाद पौडेल , आन्तरिक मामिला तथा कानुनमन्त्रीमा अजय क्रान्ति शाक्य र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा चन्द्र लामा नियुक्त भएका छन् । भौतिक मन्त्रीमा केशवराज पाण्डे नियुक्त भएका छन् । पाण्डे यसअघि आन्तरिक मामिला र भौतिक मन्त्री रहेका थिए । आजै ४ राज्यमन्त्रीको समेत नियुक्ती गरिएको छ । जसमा जुनेली श्रेष्ठ (सामाजिक विकास), जीवन खड्का (भौतिक)...
एमसीसी पारित गराउन अमेरिकी राजदूतको लबिङ, मेरियटमा बाबुरामसँग भेटवार्ता

एमसीसी पारित गराउन अमेरिकी राजदूतको लबिङ, मेरियटमा बाबुरामसँग भेटवार्ता

Featured, राजनीति
काठमाडौँ । नेपालमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बहसको विषय बनिरहेको छ । सरकारले एमसीसी सम्झौता अघि बढाउने तयारी गरेपछि बहससँगै विरोध, प्रदर्शनका कार्यक्रम पनि हुन थालेका छन् । यसै बिषयबारे एमसीसीबारे नेपालको पछिल्लो अवस्था बुझ्न एमसिसीकी उपाध्यक्ष फतिमा सुमारको टोली पनि काठमाडौँमा आइसकेको छ । अहिले एमसीसी पारित गराउनका लागि सत्तारुढ गठबन्धनबीच सहमति जुटाउन पहल भइहेको छ । एमसीसी संसदबाट पारित हुनुपर्ने व्यवस्था छ । आजदेखि सदनको अधिवेशन सुरु हुँदैछ । एमसीसीको चर्चा, पारित हुने नहुने, गर्ने नगर्नेबीच विवाद बढिरहेका बेला अमेरिकी राजदूत र्याण्डी बेरीले पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन्। दूतावास स्रोतका अनुसार बुधबार राजधानीको होटल मेरियटमा राजदूत बेरीले एमसीसी पारित गराउनका लागि भट्टराईलाई लबिङ गरिदिन आग्रह गर्दै भेटवार्ता गरेका हुन्। पछिल्लो...
गठबन्धनको सरकार लोकतन्त्र समाप्त पार्न लागेको ओलीको आरोप

गठबन्धनको सरकार लोकतन्त्र समाप्त पार्न लागेको ओलीको आरोप

Featured, राजनीति
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुले आफ्नो स्वार्थका लागि मात्र काम गरेको आरोप लगाएका छन् । बुधबार सिंहदरवारमा पार्टीको संसदीय दलको बैठकमा सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिदै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले यस्तो आरोप लगाएका हुन्। संसदीय दलको बैठकमा बोल्ने अधिकांश सांसदहरुले संसद बैठक सहज रुपमा सुचारु हुन दिन नहुने भन्दै नेतृत्वलाई सुझाव दिएका थिए । उनीहरुले विवादमा रहेको एमसीसी के हुन्छ भन्दै अध्यक्ष ओलीलाई प्रश्न गरेका थिए । जवाफमा ओलीले लोकतन्त्रलाई समाप्त पार्न सरकार नै लागि परेको आरोप समेत लगाए । उनले सरकारका अघि सजग रहनुपर्ने भन्दै देश नै गम्भिर अवस्थामा पुगेको समेत बताए। ‘देश नै गम्भिर अवस्थामा छ । अनेक हिसावले यो सरकारले लोकतन्त्रलाई हुर्मत लिन र समाप्त पार्न खोजेको छ’, ओलीले भने, ‘कथित गठबन्धनमा लोकत...
बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तारको तयारी, को-को बन्दैछन् मन्त्री ?

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तारको तयारी, को-को बन्दैछन् मन्त्री ?

Featured, राजनीति
हेटौंडा । बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार हुने भएको छ । अल्पमतमा परेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार दिउँसो मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् । आजै दिउँसो दुई बजे ९ जना मन्त्रीलाई शपथ खुवाउने तयारी गरिएको आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डेले जानकारी दिए । उनका अनुसार ९ जना मध्ये पाँचजना मन्त्री र चार जना राज्यमन्त्रीलाई शपथ गराउन लागिएको हो । स्रोतका अनुसार मन्त्रीहरुको नाम पनि टुङ्गो लागिसकेको छ । मन्त्री बन्नेहरुमा विजय सुवेदी, प्रदीप कटुवाल, बद्री मैनाली, जीवन खड्का, जुनेली श्रेष्ठ, रचना खड्का, शान्तिप्रसाद पौडेल, अजयकान्ति शाक्य र सरस्वती रहेका छन् । आज ९ जना मन्त्री थपिएपछि बागमती प्रदेशको मन्त्रिपरिषद् राज्यमन्त्रीसहित ११ सदस्यीय हुनेछ । केही सांसदहरुले माधव नेपाल नेतृत्वको नयाँ पार्टी रोजेसँगै बागमती सरकार अल्पमतमा छ । बागमतीमा एमालेका ५६ सांसदमध्...
अध्यक्ष प्रचण्डद्वारा माओवादी विघटनको प्रस्ताव

अध्यक्ष प्रचण्डद्वारा माओवादी विघटनको प्रस्ताव

Featured, राजनीति
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी विघटन गर्न प्रस्ताव अघि सारेका हुन्। बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरेश वाग्ले बासु र भीमसेन पोखरेल ‘वैरागी’को २३ औं स्मृतिमा आयोजित कार्यकममा बोल्दै अध्यक्ष प्रचण्डले आफूले पार्टीलाई रुपान्तरण गरेर क्रान्तिकारी पार्टी बनाउन चाहँदा नेता तथा कार्यकर्ताले त्यस्तो हुन नचाहेकाे भन्दै पार्टी विघटनको प्रस्ताव अघि सारेका हुन्। ‘एमालेजस्तै हुने हो भने त यो पार्टीको आवश्यकता र औचित्य नै के रह्यो र’ ? प्रचण्डले कार्यक्रममा उपस्थित नेता तथा कार्यकर्तालाई प्रश्न गरे । ‘बरू त्यो भन्दा राम्रो त यस्तो पार्टीलाई विघटन गर्दा हुन्छ।’ कार्यक्रममा प्रचण्डले भने, ‘क्रान्ति गर्छौं भन्ने अनि प्रतिक्रान्ति गर्ने र जनतालाई धोका दिनुभन्दा त विघटन गरौं भन्ने हो, गुट बनाउने र पैसा प्राप्ति गर्ने...
‘एमसीसी प्रयोग गरेर गठबन्धन फुटाउन खोजियो’

‘एमसीसी प्रयोग गरेर गठबन्धन फुटाउन खोजियो’

Featured, राजनीति
काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रयोग गरेर वर्तमान सरकार फुटाउन लागिएको आरोप लगाएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूले गठबन्धन बचाउँदै एससीसीबारे समाधान खोज्न लागेको बताए । ‘यो गठबन्धन तोड्ने षडयन्त्र पनि भइरहेको छ, देशभित्रबाट पनि देश बाहिर पनि । एमसीसी प्रयोग गरेर यसलाई फुटाउन सकिन्छ कि भनेर एकथरि लागिरहेका छन् ।’, प्रचण्डले भने, ‘हामी चाँही यथास्थितीमा हुन सक्दैन भनिराख्या छौँ । हामी सकेसम्म गठबन्धनलाई बचाएर, यसको पनि समाधान सकारात्मक ढंगले होस्, देशलाई क्षति नहुने ढंगले नहुने चाहेका छौँ ।’ त्यस्तै केही मानिसहरु गठबन्धनबाट माओवादीलाई अलग्याउने प्रयासमा लागेको प्रचण्डको भनाइ रहेको छ ।...