खेलकुद

पुलिसविरुद्ध एपीएफको संघर्षपूर्ण जित

पुलिसविरुद्ध एपीएफको संघर्षपूर्ण जित

खेलकुद
काठमाडौं । राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा शसस्त्र प्रहरी बल (एपीएफ)ले नेपाल पुलिसलाई २-१ गोलअन्तरले पराजित गरेकाे छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा सम्पन्न एपीएफले २-१ गोलअन्तरले जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा एपीएफले पुलिसको आत्मघाती गोलबाट अग्रता बनाएको थियो। खेलको ६८ औं मिनेटमा पुलिसकी खिम कुमारी गुरुङले आत्मघाती गोल गर्दा एपीएफले अग्रता बनाएको थियो । त्यस्तै ७५ औं मिनेटमा पुलिसकी अमृता जैशीले गोल गर्दै खेल बराबरीमा ल्याइन् । खेलका क्रममा एपीएफकी सावित्रा भण्डारी ६९ मिनेटमा चोटग्रस्त हुँदै मैदानबाट बाहिरिएकी थिइन्। त्यसअघि पुलिसका खेलाडीहरुले उनलाई केन्द्रीत गरेर मार्क गरेका थिए। त्यस्तै खेलको ८६ औं मिनेटमा रबिना गोलेले एपीएफका लागि निर्णायक गोल गरिन्। र, एपीएफले प्रतियोगितामा अपराजित यात्रालाई कायम राख्न सक्यो।...
बार्सिलोनाको अलाभेसमाथि फराकिलो जित

बार्सिलोनाको अलाभेसमाथि फराकिलो जित

खेलकुद
एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले अलाभेसमाथि फराकिलो जित निकालेको छ। क्याम्प नाउमा सम्पन्न खेलमा घरेलु टोली बार्सिलोनाले अलाभेसमाथि ५-१ गोलअन्तरको फराकिलो जित निकालेको हो। खेलको २९ औं मिनेटमा फ्रान्सिस्को ट्रिन्काओको गोलमा बार्सिलोनाले खेलमा अग्रता बनाएको थियो। त्यस्तै पहिलो हाफको इन्जुरी समयमा लियोनल मेस्सीले गोल थप्दा पहिलो हाफमा बार्सिलोना दुई गोलले अघि रह्यो। दोस्रो हाफमा अलाभेसका लुइस रिओजाले गोल फर्काए। अलाभेसका लागि उनले ५७ औ मिनेटमा गरेको गोल नै सान्त्वना गोल बन्न पुग्यो। त्यस्तै ७४ औं मिनेटमा ट्रिनकाओले ब्यक्तिगत दोस्रो गोल थप्दा मेस्सीले ७५ औं मिनेटमै अर्को गोल थपे। त्यस्तै ७९ मिनेटमा जुनियर फिर्पोले गोल गर्दा बार्सिलोनाले ५-१ को सहज जित निकाल्न सफल भयो। जितसँगै बार्सिलोना अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। तालिकाको शीर्षस्थानमा रहेको एट...
दक्षिण अफ्रिकामाथि पाकिस्तानको क्लिन स्विप

दक्षिण अफ्रिकामाथि पाकिस्तानको क्लिन स्विप

खेलकुद
एजेन्सी । पाकिस्तानले दक्षिण अफ्रिकालाई दोस्रो टेस्टमा ९५ रनले पराजित गरेको छ । पहिलो टेस्ट ७ विकेटले जितेको पाकिस्तानले दोस्रो टेस्टमा सोमबार दुई टेस्टको शृंखला २–० ले जित्दै क्लिन स्विप गरेको छ । सोमबार घरेलु मैदानमा दोस्रो टेष्ट खेलमा दक्षिण अफ्रिकालाई पाकिस्तानले ९५ रनले पराजित गर्दै दुई टेष्ट खेलको सिरिजमा क्लिनस्विप गरेको हो । पाकिस्तानले दक्षिण अफ्रिकालाई सन् २००३ पछि पहिलो पटक टेष्ट सिरिजमा पराजित गरेको हो । जितका लागि ३ सय ७० रन पछ्याएको दक्षिण अफ्रिका पाँचौँ तथा अन्तिम दिन २ सय ७४ रन बनाएर अलआउट भएको थियो । हसन अलीले पाँच विकेटको लिएपछि दक्षिण अफ्रिका हार बेहोर्न बाध्य भयो । एडेन मारक्रम र टेम्बा बभुमाले चौथो विकेटका लागि शतकीय साझेदारी गरेर जितको लक्षण देखाएक थिए। तर अलीले मारक्रमसँगै कप्तान क्विन्टेन डि ककलाई लगातार बलमा आउट पारेपछि पाकिस्तानको जितको आधार तयार भएको थियो ।...
आईपीएलको अक्सनमा ८ नेपाली खेलाडी समावेश

आईपीएलको अक्सनमा ८ नेपाली खेलाडी समावेश

खेलकुद
काठमाडौं । फेब्रुअरी १८ बाट हुने फ्रेन्चाईज क्रिकेट लिग ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)को अक्सनमा ८ नेपाली खेलाडी समेटिएका छन् । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)का अनुसार एसोसियट राष्ट्र नेपालबाट ८ खेलाडी अक्सनमा परेका हुन् । अक्सनमा परेका खेलाडी को–को हुन् भनेर खुलाइएको छैन । यतिधेरै नेपाली खोलडी अक्सनमा पहिलो पटक परेका हुन् । यस वर्षको आईपीएलका लागि कुल १ हजार ९७ जना खेलाडी अक्सनका लागि दर्ता भएका थिए । बीसीसीआईका अनुसार २७ जना खेलाडी एसोसियट राष्ट्रबाट अक्सनमा दर्ता भएका छन् । आईपीएलको नयाँ सिजनका लागि भारतका ८१४ र बाहिरका २८३ खेलाडी अक्सनमा परेका छन् ।...
प्रधानमन्त्री कपको उपाधिका लागि आर्मी र एपिएफ भिड्ने

प्रधानमन्त्री कपको उपाधिका लागि आर्मी र एपिएफ भिड्ने

खेलकुद
काठमाडाैं । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटको उपाधिका लागि भिड्ने भएका छन् । दुवै विभागीय टोलीले फाइनलमा स्थान बनाएपछि शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भेट पक्का गरेका हुन् । बिहीबार कीर्तिपुर खेल मैदानमा आर्मीले वाग्मती प्रदेशलाई ९४ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले ५० ओभरमा नौ विकेट गुमाउँदै २२९ रन बनायो । आर्मीले पाँच रन छँदा दुई विकेट गुमाएको थियो । हरि चौहान तीन रनमा तथा रोहितकुमार पौडेल बिनारन पेभेलियन फर्किनुभयो । अनिल मण्डल पनि दुई रनमा पेभेलियन फर्किनुभयो । आर्मीले १७ रनमा तीन विकेट गुमाएको थियो । चौथो विकेटका लागि भीम सार्की र लोकेश बमले ५६ रनको साझेदारी गर्नुभयो । बमले २३ तथा सार्कीले ४० रन बनाउनुभयो । कप्तान विनोद भण्डारीले १०, राज...
गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण गर्न चार करोड सहयोग

गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण गर्न चार करोड सहयोग

खेलकुद
चितवन । भरतपुर महानगरपालिकाले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि चार करोड रुपैयाँ सहयोग गरेको छ । धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरपालिका–१५ मा निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडि बढाउन भरतपुर महानगरले आज थप रु चार करोड सहयोग गरेको हो । यसअघि महानगरले फाउण्डेशनलाई चार करोड दिइसकेको छ । महानगरपालिकामा आयोजना गरिएको कार्यालयमा प्रमुख रेनु दाहालले फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेकी हुन । सो अवसरमा फाउण्डेशनका अध्यक्ष धुर्मुसले रंगशाला निर्माणको कामलाई अगाडि बढाउन यो सहयोगले सहज बनाएको प्रतिक्रिया दिए । उनले स्थानीय सरकार र जनताको सहयोगमा रंगशाला निर्माण कार्यलाई टुंगोमा पुर्‍याउने बताए । रंगशाला निर्माण सहयोगार्थ यसअघि महायज्ञको आयोजना गरिएको थियो । चेक हस्तान्तरणको अवसरमा भ...
प्रधानमन्त्री कप विजेताले १० लाख पाउने

प्रधानमन्त्री कप विजेताले १० लाख पाउने

खेलकुद
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले प्रधानमन्त्रीकप वान डे पुरुष राष्ट्रिय क्रिकेटका विजेतालाई १० लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ । क्यानको मंगलबार बसेको बैठकले विजेतालाई १० लाख रुपैयाँसँगै उप विजेतालाई पाँच लाख रुपैयाँ दिने निर्णय गरेको हो । क्यानको निर्णय अनुसार सेमिफाइनल पुग्ने दुई टिमले भने ५०/५० हजार रुपैयाँमा चित्त बुझाउने छ । यस्तै व्यक्तिगत पुरस्कारतर्फ उत्कृष्ट ब्याट्सम्यान र बलरले २५र२५ हजार रुपैयाँ पाउने छन् । नेपालले कतार स्पोर्ट्स डेका अवसरमा हुने दुई देसीय ट्वान्टी ट्वान्टी खेलमा पनि सहभागिता जनाउने भएको छ । कतार क्रिकेट संघले नेपाललाई त्यसको निम्तो पठाएको हो । त्यसका लागि नेपाली टिमको प्रशिक्षण फेब्रअरी १ बाट सुरु हुनेछ ।...
सन्दीपको दुई विकेटको मद्दतमा होबार्ट विजयी

सन्दीपको दुई विकेटको मद्दतमा होबार्ट विजयी

खेलकुद
काठमाडाैँ । नेपाली खेलाडी सन्दीप लामिछानेले दुई विकेट लिएको खेलमा उनी आबद्ध टोली होबार्ट हुरिकेन्स सात रनले विजयी भएको छ । अस्ट्रेलियामा जारी बिग बास लिगमा लामिछानेले सिड्नी सिक्सर्र्सविरुद्धको खेलमा दुई विकेट लिएका हुन् । टस जितेर सिड्नी सिक्सर्सले फिल्डिङ रोजेपछि होबार्टले २० ओभरमा आठ विकेट गुमाएर १८८ रन बनायो । सिड्नीले २० ओभरमा आठ विकेट गुमाएर १८१ रन मात्र बनाउन सक्यो । होबार्टका लागि लामिछानेले चार ओभरमा २४ रन खर्चिनुभयो । उनले यसक्रममा तीन चौकासमेत विपक्षी खेलाडीलाई हान्ने मौका दिए । लामिछानेले सिड्नीका ब्याट्सम्यान मोइसेस हेनरिकलाई ४३ रनमा तथा डेनियल क्रिस्टियनलाई रन नै बनाउन नदिइकन पेभेलियन फर्काए । यसअघिको खेलमा समेत उनले दुई विकेट लिएका थिए । उनले बिग बासमा हालसम्म सात खेलमा आठ विकेट लिइसकेका छन् । लामिछाने आबद्ध टोली होबार्ट हालसम्म २७ अङ्क जोड्दै लिगको पाँचौँ स्थ...
सन्दीपले दुई विकेट लिएको खेलमा होबार्ट पराजित

सन्दीपले दुई विकेट लिएको खेलमा होबार्ट पराजित

खेलकुद
काठमाडाैँ । नेपाली खेलाडी सन्दीप लामिछानेले दुई विकेट लिएको खेलमा उहाँ आबद्ध टोली होबार्ट हुरिकेन्स २२ रनले पराजित भएको छ । अष्ट्रेलियामा जारी बिग ब्यास लिगमा लामिछानेले पर्थ स्कर्चर्सविरुद्धको खेलमा दुई विकेट लिएका थिए टस जितेर ब्याटिङ गरेको पर्थले २० ओभरमा आठ विकेट गुमाएर १७९ रन बनायो । होबार्टले २० ओभरमा आठ विकेट गुमाएर १५७ रन मात्र बनाउन सक्यो । होबार्टका लागि लामिछानेले चार ओभरमा २७ रन खर्चिए। उनले यसक्रममा एक छक्का र एक चौकासमेत विपक्षी खेलाडीलाई हान्ने मौका दिए । लामिछानेले पर्थका ब्याट्सम्यान लियाम लिभिङस्टोनलाई २६ रनमा तथा मिचेल मार्सलाई सात रनमा पेभेलियन फर्काएका थिए। यसअघिका दुई खेलमा उनी लगातार विकेटविहीन बनेका थिए । उनले बिग बासमा हालसम्म छ खेलमा छ विकेट लिएका छन् । लामिछाने आबद्ध टोली होबार्ट हालसम्म २३ अङ्क जोड्दै लिगको छैटौँ स्थानमा छ ।...
सन्दीप लामिछाने दिल्ली क्यापिटल्सबाट फुकुवा

सन्दीप लामिछाने दिल्ली क्यापिटल्सबाट फुकुवा

खेलकुद
काठमाडौं । दिल्ली क्यापिटल्सले नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई फुकुवा गर्ने निर्णय गरेको छ । इन्डियन प्रिमियर लिग (आईपीएल) टिम दिल्ली क्यापिटल्सले बुधबार सन्दीपलाई फुकुवा गर्ने निर्णय गरेको हो । सन्दिप दिल्ली क्यापिटल्समा आबद्ध भएपनि आईपीएलको पछिल्लो संस्करणमा कुनै खेल खेल्ने अवसर भने पाएका थिएनन् । क्रिक इन्फोका अनुसार दिल्लीले सन्दीपसँगै अन्य दुई खेलाडी इंग्ल्यान्डका जेसन रोय र भारतकै मोहित शर्मालाई पनि फुकुवा गर्ने निर्णय गरेको छ । सन्दीप सन् २०१८ मा लिलामीबाट दिल्लीसँग आबद्ध भएका थिए । त्यसक्रममा उनले त्यो सिजनको आईपीएलमा तीन खेलमा पाँच विकेट लिएका थिए ।...