पुलिसविरुद्ध एपीएफको संघर्षपूर्ण जित

काठमाडौं । राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा शसस्त्र प्रहरी बल (एपीएफ)ले नेपाल पुलिसलाई २-१ गोलअन्तरले पराजित गरेकाे छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा सम्पन्न एपीएफले २-१ गोलअन्तरले जित निकालेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा एपीएफले पुलिसको आत्मघाती गोलबाट अग्रता बनाएको थियो। खेलको ६८ औं मिनेटमा पुलिसकी खिम कुमारी गुरुङले आत्मघाती गोल गर्दा एपीएफले अग्रता बनाएको थियो । त्यस्तै ७५ औं मिनेटमा पुलिसकी अमृता जैशीले गोल गर्दै खेल बराबरीमा ल्याइन् ।

खेलका क्रममा एपीएफकी सावित्रा भण्डारी ६९ मिनेटमा चोटग्रस्त हुँदै मैदानबाट बाहिरिएकी थिइन्। त्यसअघि पुलिसका खेलाडीहरुले उनलाई केन्द्रीत गरेर मार्क गरेका थिए।

त्यस्तै खेलको ८६ औं मिनेटमा रबिना गोलेले एपीएफका लागि निर्णायक गोल गरिन्। र, एपीएफले प्रतियोगितामा अपराजित यात्रालाई कायम राख्न सक्यो।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.