बार्सिलोनाको अलाभेसमाथि फराकिलो जित

एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले अलाभेसमाथि फराकिलो जित निकालेको छ। क्याम्प नाउमा सम्पन्न खेलमा घरेलु टोली बार्सिलोनाले अलाभेसमाथि ५-१ गोलअन्तरको फराकिलो जित निकालेको हो।

खेलको २९ औं मिनेटमा फ्रान्सिस्को ट्रिन्काओको गोलमा बार्सिलोनाले खेलमा अग्रता बनाएको थियो। त्यस्तै पहिलो हाफको इन्जुरी समयमा लियोनल मेस्सीले गोल थप्दा पहिलो हाफमा बार्सिलोना दुई गोलले अघि रह्यो।

दोस्रो हाफमा अलाभेसका लुइस रिओजाले गोल फर्काए। अलाभेसका लागि उनले ५७ औ मिनेटमा गरेको गोल नै सान्त्वना गोल बन्न पुग्यो।

त्यस्तै ७४ औं मिनेटमा ट्रिनकाओले ब्यक्तिगत दोस्रो गोल थप्दा मेस्सीले ७५ औं मिनेटमै अर्को गोल थपे। त्यस्तै ७९ मिनेटमा जुनियर फिर्पोले गोल गर्दा बार्सिलोनाले ५-१ को सहज जित निकाल्न सफल भयो।

जितसँगै बार्सिलोना अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। तालिकाको शीर्षस्थानमा रहेको एट्लेटीको मड्रिडले २१ खेलबाट ५४ अंक जोड्दा बार्सिलोना र रियल मड्रिडले समान २२ खेलबाट ४६ अंक जोड्दै क्रमस दोस्रो र तेस्रो स्थानमा छन्।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.