खेलकुद

सेनाको राष्ट्रिय च्याम्पियनले फेरि एक पटक मुलुकको इज्जत बढ्यो

सेनाको राष्ट्रिय च्याम्पियनले फेरि एक पटक मुलुकको इज्जत बढ्यो

Featured, खेलकुद
काठमाडौँ । त्रिभुवन आर्मी फुटबल क्लबले एक पटक फेरि सङ्गठनको साखसँगै मुलुकको इज्जत बढाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार भएको एएफसी कप–२०२१ खेलमा सेनाले श्रीलङ्का पुलिस स्पोर्ट्स क्लबलाई १ का विरुद्ध ५ गोलले पराजित गरेको हो । सेनालाई विजय तुल्याउन नवयुग श्रेष्ठले २ दुई तथा सन्तोष तामाङ, टङ्कबहादुर बस्नेत र सुदिल राईको एक– एक गोलको योगदान रह्यो । उक्त विजयसँगै सेनाको टीम दोस्रो चरणमा प्रवेश गरेको छ । नेपालको लगातार दबाबका बावजुद श्रीलङ्का पुलिस स्पोर्ट्सका इभान्सले खेलको २८ औँ मिनेटमा गोल गर्दै श्रीलङ्का पुलिसलाई शुरुआती अग्रता दिलाए पनि त्यो उसका लागि क्षणिक खुशी रहन पुग्यो । सेनाका सन्तोष तामाङले ४१ औँ मिनेटमा गरेको गोलले निकै वाहीवाही पायो । त्यसको दुई मिनेटमै अर्थात खेलको ४३ औँ मिनेटमा नवयुग श्रेष्ठको गोलले नेपालाई सहजै अग्रता दिलायो । खेलको ५० औँ मिनेटमा टङ्क बस्न...
एएफसी कप २०२१ को प्रारम्भिक खेल त्रिभुवन आर्मी र श्रीलङ्का पुलीसबीच प्रतिस्पर्धा हुने

एएफसी कप २०२१ को प्रारम्भिक खेल त्रिभुवन आर्मी र श्रीलङ्का पुलीसबीच प्रतिस्पर्धा हुने

खेलकुद
काठमाडौँ । एएफसी कप २०२१ प्रारम्भिक चरणअन्तर्गत त्रिभुवन आर्मी क्लब र श्रीलङ्का पुलीसबीच यही चैत २५ गते प्रतिस्पर्धा हुने भएको छ । दशरथ रङ्गशालामा दिउँसो ३ बजे हुने उक्त खेल नकाउटका आधारमा खेलाइने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रका प्रमुख ब्रजेश महर्जनले जानकारी दिएका हुन् । उक्त प्रतियोगितामा भाग लिन श्रीलङ्कन टोली चैत २२ र २३ गते काठमाडौँ आउने भएको छ । उक्त प्रतियोगिताका हेर्नका लागि विशिष्ट श्रेणीका लागि रु ५०० र साधारणतर्फ रु ३०० शुल्क कायम गरिएको बताइएको छ । सो प्रतियोगिताका तयारीका लागि आर्मीका खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको छ । प्रतियोगिताका लागि रु २० लाख खर्च लाग्ने अनुमान गरिएको एन्फाका प्रवक्ता किरण राईले जानकारी दिए । आर्मी क्लबले श्रीलङ्कका टिमलाई सशक्त प्रतिस्पर्धी टिमकैरुपमा लिएको जनाएको छ ।-रासस...
विश्वकपको युरोपियन छनोट : पोर्चुगलको जित

विश्वकपको युरोपियन छनोट : पोर्चुगलको जित

खेलकुद
काठमाडौं । गए राति कतार विश्वकप २०२२ को युरोपियन छनोट अन्तर्गत भएको खेलमा पोर्चुगलले जित निकालेको छ । निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा पोर्चुगलले अजरवैजानलाई १–० गोलले पराजित गरेको हो । उक्त खेलमा उपहारमा पाएको गोलबाटै पोर्चुगलले जित निकालेको हो । खेलको ३६औं मिनेटमा अजरवैजानका माक्सिम मेडभेडेवले आफ्नै पोष्टमा गोल गरे । मेडभेडेवले गोल गरेको गोलले नै पोर्चुगलले जित निकाल्यो ।...
इङ्ल्यान्ड र भारतबीचको पहिलो एक दिवसीय क्रिकेट शुरु

इङ्ल्यान्ड र भारतबीचको पहिलो एक दिवसीय क्रिकेट शुरु

खेलकुद
पुणे । इङ्ल्यान्ड र भारतबीचको पहिलो एकदिवसीय क्रिकेट भारतको पुणेमा शुरु भएको छ । इङ्ल्यान्डका कप्तान इओन मर्गनले टस जितेर पहिले बलिङको निर्णय गर्नु भएको थियो । यी दुई टिमबीच तीन वटा एकदिवसीय क्रिकेट खेल हुँदैछन् । पाँच खेलको टी२० क्रिकेट शृंखला ३–२ ले हारेको इङ्ल्यान्डले मोइन अलि र साम बिलिङ्सलाई टिममा पुनः बोलाएको छ । भारतीय टिममा पनि अलराउन्डर क्रुनाल पान्ड्या र मध्य तिब्र गतिका बलर प्रसिध कृष्णलाई पहिलो पटक अवसर दिइएको छ । विकेट किपरको भूमिकामा रहने केएल राहुलले पाँचौं क्रममा ब्याटिङ गर्नेछन् । भारतीय कप्तान विराट कोहलीले आफूहरुले ब्याटिङ गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिनुभयो । भारतीय टिममा रोहित शर्मा, शिखर धवन, श्रेयस ऐयर, विराट कोहली, केएल राहुल, हार्दिक पान्ड्या, क्रुनाल पान्ड्या, शार्दुल ठाकुर, भुवनेश्वर कुमार, कुलदीप यादव र प्रसिध कृष्ण रहेका छन् । यस्तै, इङ्ल्यान्ड टिमम...
चेल्सी शीर्ष चारमा यथावत

चेल्सी शीर्ष चारमा यथावत

खेलकुद
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा चेल्सी विजयी भएको छ। जितसँगै चेल्सी शीर्ष चारमा यथावत रहेको छ । घरेलु मैदानमा भएको खेलमा चेल्सीले एभर्टनलाई २–० गोलले पराजित गरेको हो । चेल्सीका लागि जोर्गिन्होले ६५ औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गरे । त्यसअघि ३१ औँ मिनेटमा एभर्टनका बेन गडफ्रीले आत्मघाती गोल गरेका थिए । जितपछि चौथो स्थानको चेल्सीको २८ खेलबाट ५० अंक भएको छ । २७ खेलबाट ४६ अंक रहेको एभर्टन छैटौँ स्थानमा झरेको छ । लिग अन्तर्गत सोमबार राति नै भएको खेलमा वेष्ट ह्यामले लीड्सलाई २–० ले पराजित गरेको छ । २७ खेलबाट ४८ अंकसहित वेष्ट ह्याम पाँचौँ स्थानमा पुगेको छ ।...
मड्रिड डर्बी बराबरीमा रोकियो

मड्रिड डर्बी बराबरीमा रोकियो

खेलकुद
एजेन्सी। स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको मड्रिड डर्बी बराबरीमा टुंगिएको छ । घरेलु मैदानमा भएको खेलमा शीर्ष स्थानको एथ्लेटिको मड्रिडले रियल मड्रिडलाई १–१ को बराबरीमा रोकेको हो । खेलको १५ औँ मिनेटमा लुइस स्वारेजको गोलबाट एथ्लेटिको मड्रिडका लागि गोल गरे । खेलको ८८ औँ मिनेटमा करिम बेन्जिमाले गोल गरेर रियल मड्रिडलाई हारबाट जोगाए । बराबरीपछि शीर्ष स्थानको २५ खेलबाट ५९ अंक भएको छ । तेस्रो स्थानको रियल मड्रिडको २६ खेलबाट ५४ अंक भएको छ । अरु खेलमा एथ्लेटिको बिल्बाओले ग्रानाडालाई २–१, रियल सोसिडाडले लेभान्टेलाई १–० तथा सेल्टा डी भिगोले हुएस्कालाई ४–३ ले पराजित गरेका छन् ।...
सन्दीप लामिछाने अढाई वर्षपछि घरेलु क्रिकेट खेल्दै

सन्दीप लामिछाने अढाई वर्षपछि घरेलु क्रिकेट खेल्दै

खेलकुद
काठमाडौं । लेगस्पीनर सन्दीप लामिछानेले अढाई वर्षपछि घरेलु क्रिकेट खेल्दै छन् । उनले आज मुलपानी खेल मैदानमा काठमाडौं मेयर्स कप खेल्दै छन् । काठमाडौं मेयर्स टोलीको कप्तानी गर्दैछन् । मेयर्स ११ ले मुलपानी क्रिकेट मैदानमा आज बागमति प्रदेशविरुद्ध खेल्दैछ । यसअघि विदेशी लिगहरुमा व्यस्त हुँदा वा अन्य व्यक्तिगत कारणले गर्दा सन्दीपले अढाइ वर्ष घरेलु क्रिकेट खेलेका थिएनन् । गत माघमा भएको प्रधानमन्त्री कप पनि सन्दीपले खेलेनन् । पाकिस्तान सुपर लिगमा लाहोर कलन्दर्सका लागि खेल्न गएका सन्दीप कोरोनाका कारण लिगनै अनिश्चितकालको लागि स्थगित हुँदा शुक्रबार नेपाल फर्किएका थिए । त्यसपछि क्यानले सन्दीपलाई यसअघि नै घोषित भइसकेका काठमाडौं मेयर्स ११ टिमको कप्तान नियुक्त गरेको हो । पछिल्लो पटक २०१८ डिसेम्बरमा सम्पन्न एभरेस्ट प्रिमियर लिगमा ललितपुर प्याट्रियट्सबाट घरेलु क्रिकेट खेलेका थिए । उनले सुरुआत...
बार्सिलोनाको कार्यालयमा प्रहरीको छापा

बार्सिलोनाको कार्यालयमा प्रहरीको छापा

खेलकुद
एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाको कार्यालयमा प्रहरीले छापा मारेर चार जनालाई पक्राउ गरेको छ। वित्तिय गतिविधिबारे अनुसन्धान गर्न प्रहरीले बार्सिलोनाको कार्यालयमा छापा हानेको हो । प्रहरीले पक्राउ गरिएका व्यक्तिहरुको बारेमा केही खुलाएको छैन । प्रहरीले सन् २०२० मा भएको ‘बार्सागेट’ स्क्याण्डलसँग सम्बन्धित विषयमा अनुसन्धान गरिरहेको छ । बार्सिलोनामाथि आफै खेलाडीलाई सामाजिक सञ्जालमा निशाना बनाउन फर्मलाई जिम्मा दिएको आरोप थियो । सो आरोप बार्सिलोनाले अस्वीकार गर्दै आएको छ । बार्सिलोनाको अध्यक्षका लागि आइतबार चुनाव भएको थियो । गत अक्टोबरमा जोसेप मारिया बार्तोमेउले राजीनामा दिएपछि चुनाव भएको हो । पक्राउ पर्नेमा बार्तोमेउ समेत रहेको स्पेनिस सञ्चारमाध्यमले जनाएका छन्...
सेभियालाई हराउँदै बार्सिलोना दोस्रो स्थानमा

सेभियालाई हराउँदै बार्सिलोना दोस्रो स्थानमा

खेलकुद
एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले जित हासिल गरेकाे छ। रामोन स्यान्जेज स्टेडियममा सम्पन्न खेलमा बार्सिलोनाले घरेलु टोली सेभियामाथि २-० गोलअन्तरले जित निकालेको हो। बार्सिलोनाको जितमा ओस्माने डेम्बेले र लियोनल मेस्सीले गोल गरे। खेलको २९ औं मिनेटमा मेस्सीको पासमा गोल गर्दै डेम्बेलेले अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले अघि रहेको बार्सिलोनाका लागि दोस्रो हाफमा मेस्सीले दोस्रो गोल थपे। उनले खेलको ८५ औं मिनेटमा गोल गर्दा बार्सिलोनाले २-० ले खेल आफ्नो पक्षमा पार्‍यो। जितसँगै २५ खेलबाट ५३ अंक जोडेको बार्सिलोना तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।...
मेसीले खेले बार्सिलोनाका लागि कीर्तिमान खेल

मेसीले खेले बार्सिलोनाका लागि कीर्तिमान खेल

खेलकुद
म्याड्रिड । लियोनल मेसीले बार्सिलोनाका लागि आइतबार कीर्तिमान खेल खेलेका छन् । मेसीले बार्सिलोनाका लागि खेलेको ५०६ औं खेलसँगै उनी बार्सिलोनाका लागि लिगमा सर्वाधिक खेल खेल्ने कीर्तिमानी खेलाडी भएका छन् । यसक्रममा उनले बार्सिलोनाका लागि ज्याभी हर्नान्डेजको नाममा रहेको ५०५ खेलको कीर्तिमानलाई उछिनेका छन् । तर बार्सिलाना भने खेलमा १–१ को बराबरीमा रोकियो । एलेक्स फर्नान्डजले ८९ औं मिनेटमा काडिजका लागि बराबरी गोल गरे । यसअघि मेसीले ३२ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । बराबरीको नतिजापछि काडिज लिगमा लगातार चौथो हार रोक्न सफल रह्यो । तर पनि टिम रेलिगेसन क्षेत्रबाट खालि चार अंकमात्र अगाडि छ ।...