खेलकुद

युरोकपमा आज राति चार खेल हुने

युरोकपमा आज राति चार खेल हुने

खेलकुद
एजेन्सी । युरोकपअन्तर्गत समूह चरणका खेल आज सकिँदै छन्। समूह ई र एफको आज चार खेल हुँदै छन्। जुन ११ देखि सुरु भएको समूह चरणमा आज चार खेल हुँदैछन्। समूह बी अन्तर्गतको खेलमा स्विडेनले पोल्यान्डसँग खेल्ने छ भने सोही समूहको अर्को खेलमा स्पेनले स्लोभाकियासँग खेल्ने छ। यी दुवै खेल राति पौने १० बजे सुरु हुनेछन् । समूह ई मा स्विडेन, स्लोभाकिया, स्पेन र पोल्यान्ड क्रमशः ४, ३, २ र १ अंकका साथ शीर्ष, दोस्रो, तेस्रो र चोथो स्थानमा छन्। त्यसैले अघिल्लो चरणमा पुग्नका लागि पोल्यान्डलाई आजको खेलमा जित निकाल्नै पर्ने दबाब छ। त्यस्तै, समूह एफ को पनि अन्तिम खेल आज हुनेछ। समूह एफअन्तर्गत राति १२स्४५ सुरु हुने खेलमा साविक विजेता पोर्चुगलले २०१८ को विश्वकप विजेता फ्रान्सको सामना गर्नेछ। यता अर्को खेलमा जर्मनीले हंगेरीको सामना गर्नेछ। यसबाहेक बाँकी ए, बी, सी र डी समूहका खेल सकिएका छन्। सो समूहबाट इटाली, वेल्स, ...
रंगशाला प्रवेश गर्न खोज्दा किन रोकिए रोनाल्डो गेटमै?

रंगशाला प्रवेश गर्न खोज्दा किन रोकिए रोनाल्डो गेटमै?

खेलकुद
काठमाडौं । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोलाई सुरक्षागार्डले गेटमै रोकेका छन् । परिचयपत्र नबोकी रंगशाला प्रवेश गर्न खोज्दा उनलाई सुरक्षागार्डले गेटमै रोकेका हुन् । मंगलबार पोर्चुगल र हंगेरीबीच खेल हुँदै थियो । पुस्कार एरिना रंशगालाको टनेलमा रहेका सुरक्षागार्डले पोर्चुगलका कप्तान रोनाल्डोसँग युरोकप आयोजकले प्रदान गरेको आधिकारिक परिचयपत्र मागे । तर, उनी परिचयपत्र बिर्सेर रंगशाला पुगेका थिए । सुरक्षागार्डले रोनाल्डोलाई एक्कासि गेटमै रोक्दा त्यहाँ खैलाबैला नै मच्चिएको थियो । उनी पनि अन्य खेलाडीसँगै रंगशालाभित्र प्रवेश गरिरहेका थिए । सुरक्षागार्डले एक/एक गर्दै परिचयपत्र हेरेर खेलाडी र अफिसियललाई भित्र प्रवेश गराइरहेका थिए । यसैक्रममा सुरक्षागार्डले रोनाल्डोसँग युरोकप आयोजकले प्रदान गरेको आधिकारिक परिचयपत्र मागेका थिए । तर, उनीसँग गेटपास मात्रै थियो । गेटपास बोकेका रोनाल्डोले यु...
युरोकपमा आज तीन खेल, कुन कुन टिम भिड्दै ?

युरोकपमा आज तीन खेल, कुन कुन टिम भिड्दै ?

खेलकुद
एजेन्सी । युरोपको विभिन्न ११ शहरमा आयोजना भईरहेको १६ औं संस्करणको युरोकप फुटबलमा आज (बिहीबार) तीन खेलहरु हुँदैछ। युरोकपको समूह चरण अन्तर्गत आज समूह ‘सी’ को दुई खेल र समूह ‘बी’ को एक खेल हुनेछ। आज हुने पहिलो खेलमा युक्रेन र नर्थ म्यासेडोनियाबीच प्रतिस्पर्धा हुनेछ। समूह ‘सी’ मा रहेको दुई टोलिबीचको खेल साँझ पौने ७ बजे सुरु हुनेछ। आज युक्रेन पहिलो जित निकाल्ने योजनामा हुनेछ। पहिलो खेलमा युक्रेन नेदरल्यान्ड्ससँग ३-२ गोल अन्तरले पराजित भएको थियो। नर्थ म्यासेडोनिया पनि पहिलो जितको खोजीमा हुनेछ। नर्थ म्यासेडोनिया पहिलो खेलमा अष्ट्रियासँग ३-१ ले पराजित भएको थियो। युक्रेन समूहको तेस्रो र नर्थ म्यासेडोनिया चौंथो स्थानमा रहेको छ। आज हुने दोस्रो खेलमा बेल्जियम र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ। समूह ‘बी’ बेल्जियम र डेनमार्कबीचको खेल राति पौने १० बजे सुरु हुनेछ। बेल्जियम आज लगातार दोस्रो जित निकाल्ने ...
रोनाल्डोले पानी पिएपछि कोकाकोलाको शेयर मूल्य ४ अर्बले घट्यो

रोनाल्डोले पानी पिएपछि कोकाकोलाको शेयर मूल्य ४ अर्बले घट्यो

खेलकुद
एजेन्सी । युरो कपको प्रि म्याच कन्फ्रेन्सका दौरान हंगेरीको बुडापेस्टमा मंगलबार पोर्चुगलका कप्तान रोनाल्डोले कोकाकोलाका दुईवटा बोतल हटाएर पानी पिए । संयोग पनि कस्तो ! यस घटनापछि कोकाकोलाको शेयर मूल्य ४ अर्ब डलरले घटेको छ । युरो कपमा रोनाल्डोले सुरुवाती खेलमै घरेलु टिम हंगेरीविरुद्ध दुई गोल गरेका छन् । यससँगै उनको अन्तर्राष्ट्रिय गोल संख्या १ सय ६ पुग्यो । सर्वाधिक धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीको सूचीमा उनी इरानका देई अलीभन्दा केवल ३ गोलले पछि छन् । पोर्चुगलका कप्तान स्वास्थको निकै ख्याल गर्छन् र उनी जंक फुड तथा कार्बोनेटेड सफ्ट ड्रिक्ंस्बाटै टाढै रहन्छन् । युरो कपका अधिकारी प्रायोजक मध्येको एक कोकाकोलाले रोनाल्डोको कदमको जवाफ दिँदै मंगलबार विज्ञप्ति नै जारी गरेको छ । जहाँ, लेखिएको छ, ‘फरक आवश्यकता र स्वादका आफुले चाहेको पेप पदार्थ पिउन जो कोही स्वतन्त्र छन् ।’ यस घटनापछि कोकाकोला...
विश्वकप छनोटमा नेपाल विजयी

विश्वकप छनोटमा नेपाल विजयी

खेलकुद
काठमाडौं । विश्वकप २०२२ र एशियन कप २०२३, छनोट खेलमा नेपालले चाइनिज ताइपेइलाई हराएको छ । नेपालले चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको हो । नेपालका लागि अञ्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरे । कुवेत सिटीमा भएको खेलमा अन्जन विष्टले चौथो मिनेटमै नेपाललाई पेनाल्टी गोलमार्फत अग्रता दिलाएका थिए । खेलको ८१ मिनेटमा नवयुग श्रेष्ठले अग्रता दोब्बर पारे । समूह बीमा रहेको नेपालले जीतसँगै ६ खेलबाट ६ अंक जोडेको छ । नेपालको लक्ष्य समूहको शीर्ष चारभित्र परेर सोझै एशिया कप छनोटको तेस्रो चरणमा पुग्ने हो । त्यसका लागि आजको जीत महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । समूह बीमा चार खेलबाट १२ अंक बटुल्दै अस्ट्रेलिया शीर्ष स्थानमा छ । त्यस्तै पाँच खेलबाट १० अंक बटुलेको कुवेत र समान अंक बटुलेको जोर्डन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । ६ खेल खेलेको नेपाल ६ अंकसहित चौथो स्थानमा छ । ६ खेलबाट कुनै अंक बटुल्न नसकेको ता...
IPL का बाँकी म्याचमा सन्दीपलाई मिल्न सक्छ मौका, यी दुई टिममा अनुबन्ध हुने सम्भावना

IPL का बाँकी म्याचमा सन्दीपलाई मिल्न सक्छ मौका, यी दुई टिममा अनुबन्ध हुने सम्भावना

खेलकुद
काठमाडौं । आईपीएल २०२१ का बाँकी म्याच यूएईमा हुने पक्का भएको छ । भारतमा कोरोना संक्रमणको दर उच्च रहेकाले आईपीएलका बाँकी म्याच यूएईमा हुने भएका हुन् । १४औँ सिजनको आईपीएल २९ म्याच सकिँदा स्थगित भएको थियो । बीसीसीआईले फाइनलसहित ३१ म्याच यूएईमा हुने जनाइसकेको छ । यूएईमा हुने आईपीएलका बाँकी म्याचको समयमा केही विदेशी टिमका अन्तर्राष्ट्रिय म्याच छन् । जसकारण विदेशी खेलाडीले आईपीएलका बाँकी खेलमा भाग लिन नपाउने सम्भावना बढेको छ । अष्ट्रेलिया, इंग्ल्याण्ड र बंगलादेशका खेलाडीले आईपीएलका बाँकी म्याच गुमाउने सम्भावना बढेको हो । आईपीएलका बाँकी म्याच सेप्टेम्बर-अक्टोबरमा हुने बीसीसीआईले जनाएको छ । आईपीएलका बाँकी खेलका लागि बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले आफ्ना खेलाडीलाई अनुमति नदिने भएको छ । बंगलादेशका अलराउन्डर शाकिव-अल हसन र बलर मुस्तफिजुर रहमान आईपीएल २०२१ मा फरकफरक टिममा छन् । शकिव कोलक...
एक म्याच हार्दा अफगानी कप्तानले कप्तानी नै गुमाउनुपर्‍यो

एक म्याच हार्दा अफगानी कप्तानले कप्तानी नै गुमाउनुपर्‍यो

खेलकुद
काठमाडौं- अफगानिस्तान क्रिकेट बोर्डले कप्तान परिवर्तन गरेको छ। बोर्डले तीनै प्रारूपको क्रिक्रेटबाट असगर अफगानलाई राष्ट्रिय कप्तानको पदबाट हटाएको हो । अफगानलाई हटाएर हसमतुल्लाह शाहिदलाई ओडीआई र टेस्ट टिमको नयाँ कप्तानमा नियुक्त गरिएको छ। नयाँ टी-२० कप्तान नियुक्त गर्ने निर्णय चाँडै लिने बोर्डले जनाएको छ। राशिद खान टी–२० प्रारूपमा उप–कप्तान रहनेछन् जबकि रहमत शाह टेस्ट र एकदिवसीय प्रारूपमा उप–कप्तानको रूपमा काम गर्ने छन्। बोर्डले एक विज्ञप्ति जारी गर्दै भन्यो कि असगरलाई कप्तानीबाट हटाउने निर्णय एसीबीको अनुसन्धान समितिले गरेको हो। जसको परिणाममा टोलीका कप्तानको रूपमा अफगानको केही निर्णयले परिणाम स्वरूप अफगानिस्तान मार्चमा जिम्बावेविरुद्ध पहिलो टेस्टमा पराजित भएको थियो। एक खेलका कारण कप्तानी छोड्नु पर्‍यो हालै जिम्बावेविरुद्ध अफगानिस्तान पहिलो टेस्ट म्याचमा १० विकेटले पराजित भएको थियो।...
पहिलो एकदिवसीय खेलमा बंगलादेश विजयी

पहिलो एकदिवसीय खेलमा बंगलादेश विजयी

खेलकुद
एजेन्सी । पहिलो एकदिवसीय क्रिकेटमा घरेलु टिम बंगलादेशले श्रीलंकालाई पराजित गरेको छ । ढाकामा आइतबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई ३३ रनले हराएको हो । बंगलादेशले दिएको २५८ रनको लक्ष्य पछ्याएको श्रीलंका ४८ ओभर १ बलमा अलआउट हुँदै २२४ रनमा समेटियो । श्रीलंकाका लागि वानिन्दु हसरंगाले ७४ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै कप्तान कुशल परेराले ३० रन जोड्दा कुशल मेन्डिसले २४ रन बनाए । दनुस्का गुनाथिलका र इशुरु उडनाले समान २१र२१ रन बनाए । बंगलादेशका मेहदी हसन मिराजले ४ विकेट लिए । मुस्ताफिजुर रहमानले ३ तथा मोहमद सैफुदीनले २ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ५० ओभरमा ६ विकेट गुमाएर २५७ रन बनाएको थियो । बंगलादेशका लागि मुस्फिकर रहिमले सर्वाधिक ८४ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै महमुदउल्लाहले ५४ रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान तमिम इकबा...
सुपर लिग : फाइनलका लागि धनगढी र काठमाडौं भिड्दै

सुपर लिग : फाइनलका लागि धनगढी र काठमाडौं भिड्दै

खेलकुद
काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) को फाइनल प्रवेशका लागि आज काठमाडौँ रेजर्स र धनगढी एफसी भिड्ने भएका छन् । आजको खेलमा पराजित हुने टोलीले पुनः फाइनलका लागि खेल्न पाउने छ । यसका लागि आज पराजित हुने टोलीले तेस्रो र चौथो स्थानको टोलीबीच हुने खेलको विजेतालाई पराजित गर्नुपर्ने छ । लिगको तेस्रो स्थानमा ललितपुर सिटी एफसी र चौथो स्थानमा बुटवल रहेको छ । ललितपुर र बुटवलबीचको खेलको विजेता टोलीले आज हुने खेलको पराजित टोलीसँग फाइनल प्रवेशका लागि भिड्नुपर्ने छ। दशरथ रङ्गशालामा आजको खेल साँझ साढे ५ बजे शुरु हुने छ । लिग चरणमा ६ खेलमा १३ अङ्क जोड्दै काठमाडौँ पहिलो तथा १० अङ्क जोडेर धनगढी दोस्रो भएको थियो ।...
आइपीएल अनिश्चितकालका लागि स्थगित

आइपीएल अनिश्चितकालका लागि स्थगित

खेलकुद
एजेन्सी । थुप्रै खेलाडीलाई कोरोना संक्रमण भएपछि आइपीएल क्रिकेटको हालको सत्र अनिश्चितकालका लागि स्थगित गरिएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड अर्थात् बीसीसीआईले एक बयानमा आइपीएल र बीसीसीआईका अधिकारीले एक आपतकालीन बैठक गरेर आइपीएलको हालको सत्रलाई तत्कालका लागि स्थागित गर्ने निर्णय लिएको जानकारी दिएको छ। आइपीएलका अध्यक्ष बृजेश पटेलले समाचार एजेन्सी पीटीआईसँगको कुराकानीमा बबलभित्र कोरोना संक्रमणका थुप्रै मामिला आएपछि लीगलाई अनिश्चित कालका लागि स्थगित गरिएको छ । बीसीसीआईका पूर्व उपाध्यक्ष राजिव शुक्लाले पनि समाचार एजेन्सी एएनआईसँग आइपीएलको हालको सत्र स्थगित गर्ने पुष्टि गरेका छन् ।...