युरोकपमा आज राति चार खेल हुने

एजेन्सी । युरोकपअन्तर्गत समूह चरणका खेल आज सकिँदै छन्। समूह ई र एफको आज चार खेल हुँदै छन्। जुन ११ देखि सुरु भएको समूह चरणमा आज चार खेल हुँदैछन्। समूह बी अन्तर्गतको खेलमा स्विडेनले पोल्यान्डसँग खेल्ने छ भने सोही समूहको अर्को खेलमा स्पेनले स्लोभाकियासँग खेल्ने छ। यी दुवै खेल राति पौने १० बजे सुरु हुनेछन् ।

समूह ई मा स्विडेन, स्लोभाकिया, स्पेन र पोल्यान्ड क्रमशः ४, ३, २ र १ अंकका साथ शीर्ष, दोस्रो, तेस्रो र चोथो स्थानमा छन्। त्यसैले अघिल्लो चरणमा पुग्नका लागि पोल्यान्डलाई आजको खेलमा जित निकाल्नै पर्ने दबाब छ।

त्यस्तै, समूह एफ को पनि अन्तिम खेल आज हुनेछ। समूह एफअन्तर्गत राति १२स्४५ सुरु हुने खेलमा साविक विजेता पोर्चुगलले २०१८ को विश्वकप विजेता फ्रान्सको सामना गर्नेछ। यता अर्को खेलमा जर्मनीले हंगेरीको सामना गर्नेछ।

यसबाहेक बाँकी ए, बी, सी र डी समूहका खेल सकिएका छन्। सो समूहबाट इटाली, वेल्स, बेल्जियम, डेनमार्क, नेदरल्यान्ड, अष्ट्रिया, इंग्ल्यान्ड र क्रोएसिया अन्तिम १६ मा पुगिसकेका छन्।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.