खेलकुद

अल्मुताइरी भन्छन्, ‘आई एम आउट’

अल्मुताइरी भन्छन्, ‘आई एम आउट’

खेलकुद
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामा दिने संकेत गरेका छन्। अल्मुताइरीले बुधवार फेसबुक स्ट्याटसमार्फत आफूले राष्ट्रिय टोलीको प्रशिक्षण छाड्न सक्ने संकेत गरेका हुन्। उनको र अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङबीचको विवाद बारे छानविन समितिले प्रतिवेदन बुझाएसँगै अल्मुताइरीले फेसबुकमा यस्तो स्ट्याटस राखेका हुन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले गठन गरेको छानविन समितिले अल्मुताइरीलाई विवाद सिर्जना हुने कुनै पनि कार्य नगर्न, एन्फासँगको सम्झौता बमोजिम कार्य गर्न र सामाजिक सञ्जालमा कोही पनि व्यक्तिप्रति लक्षित गरेर आफ्नो धारणा नराख्न सुझाव दिएको थियो। त्यस्तै समितिले उनले एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्बाङ प्रति लक्षित गरेर लेखेको साउन १० को फेसबुक स्ट्याटस हटाउन निर्देशन समेत दिएको थियो। त्यसपछि बुधवार साँझ प्रशि...
खेलाडीमाथि बोतल प्रहारपछि मैदानमा छिरे समर्थक, खेल स्थगित

खेलाडीमाथि बोतल प्रहारपछि मैदानमा छिरे समर्थक, खेल स्थगित

खेलकुद
काठमाडौं । फुटबल समर्थकहरु नै मैदानमा उत्रिएपछि लिग वानमा निस र मार्सेबीचको खेल रद्द भएको छ । मार्सेका दिमित्री पायेटलाई निसका समर्थकहरुले बोतलले हिर्काएका थिए । जब पायेटले उक्त बोतल समर्थकतिर नै फर्काए, आक्रोशित भिड मैदानमा प्रवेश गरेका थिए । विवादको लामो समयपछि निसका खेलाडीहरुले खेल शुरु गर्न चाहेका थिए । तर, मार्सेका खेलाडीहरु मैदान प्रवेश गर्न मानेनन् । जसले गर्दा खेल रद्द गरिएको थियो । विवादअघि निसले क्यासपर डोलबर्गको गोलमा १–० को अग्रता बनाएको थियो । विवादका क्रममा मार्सेका केही खेलाडी घाइते भएको अध्यक्ष पाबलो लाङगोरियाले दाबी गरे । खेलाडीको सुरक्षाका लागि आफूहरु मैदानमा प्रवेश गर्न अस्वीकार गरेको उनले बताए । यसअघि लिगको पहिलो खेलमा नै मोन्टेपेलियरबिरुद्धको पहिलो खेलमा पनि मार्सेका खेलाडीहरुमाथि बोतल प्रहार भएका थिए ।...
सन्दीप लामिछानेले सीपीएल गुमाउने पक्का!

सन्दीप लामिछानेले सीपीएल गुमाउने पक्का!

खेलकुद
काठमाडौं । नेपाली बलर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग सीपीएल क्रिकेट प्रतियोगिता गुमाउने भएका छन् । सीपीएल र नेपाली राष्ट्रिय क्रिकेट टोलीका अन्तर्राष्ट्रिय प्रतियोगिताको मिति सँगसँगै पर्न गएपछि अर्को हप्तादेखि सुरु हुने वेष्ट इन्डिजको चर्चित लिग सीपीएल सन्दीपले गुमाउने पक्का भएको हो । विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकाकासँग त्रिदेशीय श्रृङ्खला खेल्न नेपाली टोली अगष्ट अन्तिममा ओमान प्रस्थान गर्दैछ । सीपीएल पनि अगष्ट २६ तारिख देखि नै सुरु हुँदैछ । त्रिदेशीय श्रृङ्खला अघि नेपालले पपुवा न्युगिनीसँग २ वटा एकदिवसीय खेल खेल्नेछ । सन्दीप यो पटक सीपीएलको लागि ट्रिनबागो नाइट राइडर्समा आवद्ध थिए । यसअघि भिसाका कारण सन्दीपले बेलायतको द हन्ड्रेड प्रतियोगिता पनि गुमाइसकेका छन् ।...
मेसी र पिएसजी सम्झौता नजिक, कति पाउँछन् पारिश्रमिक ?

मेसी र पिएसजी सम्झौता नजिक, कति पाउँछन् पारिश्रमिक ?

खेलकुद
एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)ले अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीलाई अनुबन्ध गर्ने चर्चा चलिरहेको छ। यसका लागि पिएसजीले आफ्ना १० खेलाडीलाई ‘ट्रान्सफर लिस्ट’ मा राख्ने भएको छ। मेसीले बार्सिलोना छोडेसँगै छलफलमा अघि बेढेको पिएसजीले केही दिनमै सनसनीपूर्ण डिल सार्वजनिक गर्ने मिडिया रिपोर्टहरुमा दाबी गरिएको छ। क्लबले मेसीलाई औपचारिक प्रस्ताव गरिसकेको छ। प्रस्तावमा २ वर्षको सम्झौता गरिने उल्लेख गरिएको छ। त्यस्तै पिएसजीले मेसीलाई ३० नम्बरको जर्सी अफर गरेको छ। उनले बार्सिलोनाबाट डेब्यू गर्दा ३० नम्बरको जर्सी लगाएका थिए। हुन त उनलाई नेयमारले १० नम्बरको नै जर्सी दिन तयार भएका थिए। तर, मेसीलाई अस्वीकार गरे। क्लबमा २ वर्ष सम्झौता गर्ने मेसीको तलब कति होला ? यो धेरैको चासो विषय हो। दि एथ्लेटिकका अनुसार मेसीले सम्झौता गरेबापत २१ मिलियन पाउण्ड स्टर्लिङ बोनस पाउनेछन्। त्यस्तै मेसीले ...
मेसी किन बार्सिलोना छोड्न तयार भए ?

मेसी किन बार्सिलोना छोड्न तयार भए ?

खेलकुद
काठमाडौं । अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसी फुटबल क्लव बार्सिलोना छाड्ने भएका छन् । क्लबले बिहीबार विज्ञप्ति जारी गर्दै मेसी बार्सिलोनामा नबस्ने जनाएको हो । विज्ञप्तिमा क्लव र मेसीबीच नयाँ सम्झौतामा हस्ताक्षर गर्ने सहमति बने पनि खेलाडी दर्तासम्बन्धी स्पेनी ला लिगाको नियमका कारण मेसीले बार्सिलोनामा निरन्तरता दिन नसकेको जनाइएको छ छ । ‘एफसी बार्सिलोना र लियोनल मेसी नयाँ सम्झौता हस्ताक्षर गर्ने सहमतिमा पुगे पनि खेलाडी दर्तासम्बन्धी स्पेनी ला लिगाको नियमका कारण सफल हुन सकेन । त्यसैले मेसी बार्सिलोनामा रहने छैनन् ।’ खेलाडी र क्लबको इच्छा पूरा नभएकोमा दुवै पक्षलाई दुःखी भएको पनि बार्सिलोनाले जनाएको छ । क्लबका लागि पुर्‍याएको योगदानका लागि मेसीलाई बार्सिलोनाले धन्यवाद दिँदै सुखद भविष्यको कामना गरेको छ । करिब २१ वर्ष बार्सिलोनामा रहेर मेसीले कीर्तिमान ६ सय ७२ गोल गरिसकेका छन् । १३ वर्षको उमेर...
पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

Featured, खेलकुद
काठमाडौं । पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत खड्काले यसबारे जानकारी दिएका हुन् । ‘अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा मेरो यात्रा टुंगिएको छ तर नेपाली क्रिकेटका लागि मेरो सपना भने अझै बामे सर्दैछन्,’ उनले भनेका छन्, ‘मैदानभित्रका यी दुई दशक जीवन रहुञ्जेल मिठो यादका रुपमा मसँग रहनेछन् । हामी सबैले मिलेर नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने छौँ भन्ने विश्वास लिएको छु ।’ नेपालका सफल कप्तान तथा अलराउन्डर खड्काले नेपाललाई २००४, २००६ र २००८ गरी तीनवटा अन्डर १९ विश्वकपमा नेपालको प्रतिनिधित्व गरेका थिए । उनी सन् २००९ मा नेपाली क्रिकेट टोलीको कप्तान बनेका थिए । सन् २००७ को अन्डर–१९ एसीसी ट्रफीमा उनी म्यान अफ द टुर्नामेन्ट घोषित भएका थिए । उनको प्रेरणामा नेपाल अन्डर १९ विश्वकपमा स्थान बनाउन सफल भएको थियो । नेपालका लागि उनले १० वटा...
टी–२० क्रिकेटमा ङ्ग्ल्यान्डद्वारा पाकिस्तान पराजित

टी–२० क्रिकेटमा ङ्ग्ल्यान्डद्वारा पाकिस्तान पराजित

खेलकुद
एजेन्सी । इङ्ग्ल्यान्डले दोस्रो टी–ट्वान्टी क्रिकेटमा पाकिस्तानलाई ४५ रनले पराजित गरेको छ । लिड्समा गएराति इङ्ग्ल्यान्डले दिएको २०१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर मात्र १५५ रन बनायो । पाकिस्तानका मोहमद रिजवानले ३७, शादब खानले ३६, कप्तान बाबर आजम २२ तथा इमाद वासिमले २० रन बनाए । इङ्ग्ल्यान्डका साकिब महमुदले ३ तथा मोइल अली र आदील राशिदले दुई दुई विकेट तथा टोम करन र माट पाकिर्नसनले एक एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको इङ्ग्ल्यान्डले १९ ओभर ५ बलमा अलआउट हुँदै २०० रन बनाएको थियो । इङ्ग्ल्यान्डका जोस बट्लरले ५९ रनको अर्धशतकीय पारी खेले भने लियाम लिभिङस्टोनले ३८, मोइन अलीले ३६, क्रिस जोर्डनले १४ रन जोडे । पाकिस्तानका मोहमद हासनेनले ३ विकेट लिए भने हरिस राउफ र इमाद वासिमले दुई दुई विकेट लिए । यस्तै शहेन साह अफ्रिदी र शादब खानले एक एक विकेट लिए । ...
मेस्सीले बार्सिलोनासँगको सम्झौता लम्ब्याउने

मेस्सीले बार्सिलोनासँगको सम्झौता लम्ब्याउने

खेलकुद
एजेन्सी । अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीले स्पेनी क्लब बार्सिलोनासँग आफ्नो अनुबन्धन लम्ब्याउने तयारी गरेका छन् । मेस्सीले सन् २०२६ सम्म बार्सिलोनासँगको अनुबन्धन लम्ब्याउने तयारी गरेको विदेशी सञ्चारमाध्यमहरुले जनाएका छन् । बार्सिलोनामा रहन मेस्सी महत्त्वपूर्ण पारिश्रमिक कटौतीका लागि समेत सहमत भएको बताइएको छ । बार्सिलोनासँगको २० वर्षे यात्रा समाप्त गर्न इच्छा देखाएपछि स्वतन्त्र रहेका मेस्सीले पेरिस सेन्ट जर्मेइन र म्यानचेस्टर सिटी क्लबमा रुचि देखाएका थिए । ३४ वर्षीय मेस्सीको बार्सिलोनासँगको पछिल्लो अनुबन्धन चार वर्षका लागि पाँच सय ९४ मिलियन डलरमा भएको थियो । उक्त सम्झौता गत जुन ३० मा सकिएको थियो । जोन लापोर्टा गत मार्चमा बार्सिलोनाका अध्यक्ष भएपछि मेस्सीले क्याम्प नाओमा बसिरहन इच्छा देखाएका थिए ।...
डेनमार्कलाई हराउँदै इङ्ग्ल्यान्ड युरो कपको फाइनलमा

डेनमार्कलाई हराउँदै इङ्ग्ल्यान्ड युरो कपको फाइनलमा

खेलकुद
एजेन्सी । इङ्ग्ल्यान्ड पहिलो पटक युरो कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । डेनमार्कलाई २–१ गोलले हराउँदै इङ्ग्ल्यान्ड उपाधि नजिक पुगेको हो । आज बिहान वेम्बली रंगशालामा भएको खेलमा इङ्ग्ल्यान्डका कप्तान ह्यारी केनले एक गोल गरे । इङ्ग्ल्यान्डले एक गोल आत्मघाती उपहार पाएको थियो । डेनमार्कका मिकेल डाम्सगार्डले एक गोल गरे । डेनमार्कले खेलको ३० औं मिनेटमा डाम्सगार्डले गरेको गोलबाट अग्रता बनाए पनि जोगाउन सकेन । खेलको ३९ औं मिनेटमा डेनमार्कका कप्तान सिमोन क्येरले आत्मघाती गोल गरेपछि खेलमा १–१ को बराबरी भयो । दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको १०४ औं मिनेटमा इङ्ग्ल्यान्डका कप्तान केनले गोल गरे । इङ्ल्यान्ड मुख्य प्रतियोगितामा ५५ वर्षपछि फाइनल पुगेको हो। यसअघि सन् १९६६ को विश्वकपमा फाइनल पुगेकामा त्यतिबेला उपाधि पनि जितेको थियो। त्यसयता विश्व...
समर्थकले रोनाल्डोलाई कोकको बोतलले हानेपछि….

समर्थकले रोनाल्डोलाई कोकको बोतलले हानेपछि….

खेलकुद
एजेन्सी । पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो निकै फर्ममा देखिएका छन् । उनले जारी युरो कपका समूह चरणका तीनवटै खेलमा गोल गरे । फ्रान्स विरुद्धको खेलमा २ गोल गर्दै इरानी फुटबलर अली देईको १ सय ९ अन्तर्राष्ट्रिय गोलको कीर्तिमान बराबरी गर्न रोनाल्डो सफल भएका छन् । यस खेलमा उनले दुबै गोल पेनाल्टीमार्फत गरेका थिए । दोस्रो पेनाल्टीमार्फत खेललाई २–२ गोलको बराबरीमा ल्याएपछि रोनाल्डोको खुसीको सीमा थिएन । तर, खुसीयाली मनाइरहेका रोनाल्डोमाथि अचानक एक समर्थकले कोकको बोतल प्रहार गरे । उक्त खेल बराबरी भएसँगै ४ अंक बटुलेको पोर्चुगल दोस्रो चरणमा छनोट भएको छ । रोनाल्डोले हंगेरीविरुद्धको सुरुवाती खेल अघिको पत्रकार सम्मेलनका दौरानमा टेबुलमा राखिएका कोकाकोलाका बोतल हटाएका थिए । त्यसपछि पानीको बोतल उठाउँदै उनले सबैलाई पानी पिउन प्रेरित गरे । यस घटनाको भोलिपल्ट कोकाकोला कम्पनीको मार्केट भ्यालु ४ अर्ब अमेरिकी...