खेलकुद

रोनाल्डोको ह्याट्रिकमा पोर्चुगलको फराकिलो जित, विश्वकप सम्भावना कायमै

रोनाल्डोको ह्याट्रिकमा पोर्चुगलको फराकिलो जित, विश्वकप सम्भावना कायमै

खेलकुद
काठमाडौं । कतार विश्वकप तथा युरोपियन छनोटमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा पोर्चुगलले लग्सम्बर्गमाथि फराकिलो जित निकालेको छ । मंगलबार राति घरेलु मैदानमा भएको खेलमा पोर्चुगलले लग्सम्बर्गमाथि ५-० को जित निकालेको हो । रोनाल्डोले ह्याट्रिक गर्दा ब्रुनो फर्नाण्डेज र जोआओ पाल्हिन्होले एक एक गोल गरे । खेलको आठौं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । १३औं मिनेटमा पोर्चुगलले अर्को पेनाल्टी पायो । जसलाई रोनाल्डोले नै गोल परिणत गरे । १७औं मिनेटमा फर्नान्डेसले गोल गर्दै टिमलाई ३-० को अग्रता बनाए । पोर्चुगलले ६९औं मिनेटमा जाओओको गोलमा चौथो गोल गर्‍यो । ८७औं मिनेटमा रोनाल्डोले गोल गर्दै ब्यक्तिगत ह्याट्रिक तथा टोलीको लागि पाचौं गोल गरे । रोनाल्डोको यो करियरको ५८औं ह्याट्रिक हो । उनले करियरमा म्यानचेस्टर युनाइटेडबाट एक पटक, रियल मड्रिडबाट ४४ पटक...
नेपाल क्रिकेट संघका उपाध्यक्ष र सचिवद्वारा राजीनामाको घोषणा

नेपाल क्रिकेट संघका उपाध्यक्ष र सचिवद्वारा राजीनामाको घोषणा

खेलकुद
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुर्‍यालले राजीनामा दिएका छन् । क्यानका अध्यक्ष चतुरबहादुर चन्दसँग असहमति राख्दै राजीनामा घोषणा गरेका हुन् । ‘हामीले क्यानलाई अप्ठेरो परेका बेला लड्यौं र क्यानलाई स्थापित पनि गर्‍यौं । अब हामी यो गौरवान्वित क्षणमा राजीनामा दिएर बाहिरिन चाहन्छौं,’ सचिव प्याकुर्‍यालले भने, ‘अब नयाँ नेतृत्व आउनुपर्छ ।’ आफूहरू क्यान कमजोर भएको बेला लागेको र अब क्यान बलियो भइसकेकाले बाहिरिन चाहेको उनले बताए ।...
कुशल र रोहित चम्किँदा नेपालको शानदार जीत

कुशल र रोहित चम्किँदा नेपालको शानदार जीत

खेलकुद
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ क्रिकोणान्तमक शृङ्खला अन्तरगतको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको छ । अमेरिकाले प्रस्तुत गरेको २ सय ३१ रनको लक्ष्य नेपालले ६ बल बाँकी छँदै सफलतापूर्वक पछ्यायो । यसअघि नेपाल र अमेरिकाबीच सन् २०२० को फेब्रुअरीमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रतिस्पर्धा भएको थियो । नेपालले दुवै खेलमा अमेरिकालाई पराजित गरेको थियो । नेपाललाई जीत दिलाउन प्लेयर अफ द म्याच घोषित कुशल भुर्तेलले सर्वाधिक ८४ रनका योगदान दिए । ३ चौका र ३ छक्का हिर्काएका उनले ओपनर आशिफ शेखसँग मिलेर नेपाललाई राम्रो शुरुवात दिलाए । शेखले २३ रन बनाउँदै अर्धशतकीय साझेदारी गरे । त्यस्तै, रोहित पौडेलले नटआउट रहँदै ६२ रन बनाएर नेपाललाई लक्ष्यसम्म पुर्याए । उनलाई विनोद भण्डारीले ३७ रन बनाउँदै राम्रो साथ दिए । यसअघि ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ रोजेको अ...
नेपाल र बंगलादेश आज भिड्दै

नेपाल र बंगलादेश आज भिड्दै

खेलकुद
काठमाडौं। नेपाली महिला राष्ट्रिय फुटबल टोली तथा बंगलादेशी महिला राष्ट्रिय फुटबल टोलीबीच आज (आईतवार) दोस्रो मैत्रीपूर्ण खेलको तालिका रहेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुने सो खेलमा नेपाल पुनः जितकै लागि मैदान प्रवेश गर्नेछ। उता पहिलो खेलमा निकै प्रतिस्पर्धात्मक खेल खेल्दा खेल्दै पनि २-१ गोलको पराजय बेहोरेको बंगलादेश आज नतिजा आफ्नो पक्षमा पार्न चाहन्छ। बिहीवार खेलिएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले उत्कृष्ट पहिलो हाफको प्रदर्शनीमा खेल जित्न सफल भएको थियो। राष्ट्रिय टोलीकी प्रमुख स्ट्राइकर सावित्रा भण्डारी उर्फ साम्बाको अनुपस्थितिमा डेब्यू गरेकी सबिता रानाले पहिलो हाफको १४औं मिनेटमा हेडर गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्। खेलको २३औं मिनेटमा अर्की डेब्यू गर्ने खेलाडी प्रिती राईले शानदार लङ रेन्जर गोल गर्दा नेपालको अग्रता दोब्बर बनाएकी थिइन्। यद्यपि पहिलो हाफमा...
नेपालको शानदार जित, सन्दीपको उत्कृष्ट प्रदर्शन

नेपालको शानदार जित, सन्दीपको उत्कृष्ट प्रदर्शन

खेलकुद
काठमाडौं। नेपाल र पपुवा न्यूगिनी (पीएनजी)बीचको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले शानदार जित प्राप्त गरेको छ। ओमानको राजधानी मस्कटस्थित अल एमिरट क्रिकेट मैदानमा भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। नेपालका लागि रोहित पौडेलले सर्वाधिक ८६ रनको योगदान दिएका थिए। कप्तान ज्ञानेन्द्र मल्लले ४६ तथा अलराउन्डर करन केसीले ४२ रनको योगदान दिँदा नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाएर २३३ रनको योगफल तयार गरेको थियो। जवाफमा २३४ रनको लक्ष्य लिएर मैदान उत्रेको पीएनजीले १९.१ ओभरमा सबै विकेट गुमाएर मात्र ८३ रन बनाउन सफल भएको थियो। पीएनजीका लागि ओपनर टोनी उराले १९ रन बनाउँदा अमिनीले १६ रनको योगदान दिएका थिए। नेपालका लागि स्पिनर सन्दीप लामिछानेले सर्वाधिक ६ विकेट लिन सफल भएका थिए भने तिब्र गतिका बलर सोमपाल कामी, विक्रम सोब तथा सुसन भारीले समान १-१ विकेट लिएका थिए।...
पपुवा न्यूगिनीविरुद्ध चम्किए सन्दीप, नेपाललाई पाँचौं सफलता

पपुवा न्यूगिनीविरुद्ध चम्किए सन्दीप, नेपाललाई पाँचौं सफलता

खेलकुद
काठमाडौं । नेपाल र पपुवा न्यूगिनीबीचको दोस्रो एकदिवसीय क्रिकेट जारी छ। खेलमा नेपालले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको पपुवा न्यूगिनीको ५ विकेट गिरेको छ। नेपालका लागि पाँचौं सफलता लेग स्पिनर सन्दीप लामिछानेले दिलाएका हुन्। खेलमा सन्दीपको यो व्यक्तिगत दोस्रो विकेट हो। सन्दीपले ३ ओभर बलिङ गर्दा ३ रन दिएर २ विकेट चट्काएका हुन्। नेपालका लागि त्यसअघि सोमपाल कामी, बिक्रम सोबले एक–एक विकेट लिएका थिए। पिएनजीका एक खेलाडी रन आउट भएका थिए। हाल पिएनजीले १४ ओभरमा ५ विकेट गुमाउँदै ५३ रन बनाएको छ। त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ४९.३ ओभरमा अलआउट हुँदै २ सय ३३ रन बनाएको थियो। नेपालका लागि रोहित पौडेलले ८६ रनको शानदार पारी खेलेका थिए। ज्ञानेन्द्र मल्लले ४५ रन बनाउँदा करण केसीले ४२ रनको योगदान दिएका थिए।...
पीएनजीमाथि नेपालको संघर्षपूर्ण जीत, रोहित र सोमपाल बने नायक

पीएनजीमाथि नेपालको संघर्षपूर्ण जीत, रोहित र सोमपाल बने नायक

खेलकुद
काठमाडौं । ओमनमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो एकदिवसीय अन्तराष्ट्रिय खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई २ विकेटले पराजित गरेको छ । मंगलबार ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपालले पीएनजीलाई २ विकेटले पराजित गरेको हो। पीएनजीले दिएको १ सय ३५ रनको सामान्य लक्ष्य नेपालले ३९ ओभर ३ बलमा ८ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा म्याचको अन्त्यतिर रोहित कुमार पौडेल र सोमपाल कामीले उत्कृष्ट ब्याटिङ गरेका थिए। नेपालको जितमा सर्वाधिक रोहितले ४१, ओपनर कुशल भुर्तेलले १५ रन बनाए भने डेब्यु खेलाडी आसिफ शेखले ३० रनमा बनाउदा सोमपालले २२ रनको योगदान दिए। आठौं विकेटका लागि रोहित र सोमपालले ५२ रनको महत्वपूर्ण साझेदारी गरे । पीएनजीका गौडी टोकाले ३ तथा चाड सोपेर र डामिन राभुले २/२ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ३३ ओभरमा अलआउट हुँदै १ सय ३४ रन बनाएको थियो । पीएनजीका लिगा...
अर्मेनियाको पोस्टमा जर्मनीको आधा दर्जन गोल

अर्मेनियाको पोस्टमा जर्मनीको आधा दर्जन गोल

खेलकुद
काठमाडौं। जारी फिफा विश्वकप २०२२ को युईएफए क्षेत्र अन्तर्गत छनोट चरणको खेलमा जर्मनीले अर्मेनियालाई ६-० गोलको फराकिलो अन्तरले पराजित गरेको छ। जर्मनीको घरेलु मैदानमा खेलिएको समूह ‘जे’को खेलमा घरेलु टोलीले सुरुवाती ६ मिनेटमै अग्रता लिएको थियो। जर्मनीका फरवार्ड सर्ज ग्नाब्रीले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए। त्यसपछि खेलको १५औं मिनेटमा ग्नाब्रीले व्यक्तिगत दोस्रो गोल गरे। पहिलो हाफको ३५औं मिनेटमा जर्मनीको अग्रता तेब्बर भयो। यस पटक जर्मनीका भेट्रान खेलाडी मार्को रुइसले गोल गर्न सफल भएका थिए। पहिलो हाफको खेलको अन्तिम मिनेटमा जर्मनीले चौथो गोल गर्यो। रुइसको पासमा चेल्सीका स्ट्राइकर टीमो वर्नरले गोल गर्दै जर्मनीलाई पहिलो हाफमा ४० गोलको अग्रता दिलाउन सफल भए। दोस्रो हाफमा जर्मनीले अर्को दुई गोल थप्यो। खेलको ५२औं मिनेटमा जोनस होफम्यानले गोल गरेका थिए। खेलको अधिकांश समय बलमा कब्जा जनाएको जर...
घरेलु दर्शकमाझ आज नेपालले भारतको सामना गर्दै, हेड टु हेडमा को बलियो ?

घरेलु दर्शकमाझ आज नेपालले भारतको सामना गर्दै, हेड टु हेडमा को बलियो ?

खेलकुद
काठमाडौं । नेपाली फुटबल टोलीले आज (बिहीबार) भारतीय फुटबल टोलीको सामना गर्दै छ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह ५ बजे शुरु हुनेछ। मैत्रीपूर्ण यो खेलमा नेपाललाई घरेलु दर्शकको साथ मिल्नेछ। कोरोनाको दुबै खोप लगाएकाहरुलाई टिकट काटेर जाने दिइने व्यवस्था भएको छ। करिब ६ हजार दर्शकले आजको खेल हेर्न पाउने बताइएको छ। खेलअघि नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपालले इतिहास लेख्न चाहेको बताएका छन्। भारतविरुद्धको दुबै खेल जित्नका लागि खेलिने जानकारी दिँदै उनले रियल गोर्खालीहरु भारतको सामना गर्न तयार रहेको बताए। अक्टोबरमा हुने साफ च्याम्पियनसिपको तयारीस्वरुप नेपाल र भारतले २ मैत्रीपूर्ण खेल खेल्न लागेका हुन्। दोस्रो खेल २० गते शनिबार हुनेछ। हेड टु हेडमा को बलियो ? हालसम्म नेपाल र भारतबीच हालसम्म १९ खेलमा प्रतिस्पर्धा भएको छ। तीमध्ये भारतले १३ खेल जितेको छ। नेपालले २ मात्र खे...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक वाट्मोरले एक्कासी किन दिए राजीनामा ?

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक वाट्मोरले एक्कासी किन दिए राजीनामा ?

खेलकुद
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ वाट्मोरले जिम्मेवारीबाट राजीनामा दिएका छन्। जनवरीमा मात्र नेपालको प्रशिक्षकमा नियुक्त भएका उनले ‘सरप्राइज’ हुने गरी शुक्रबार राजीनामा दिएका हुन्। क्यानका एक पदाधिकारीका अनुसार उनले इमेलमार्फत राजीनामा पठाएका हुन्। इमेल पनि उनको एजेन्टमार्फत आएको बताइएको छ। क्यानसँग वाट्मोरको डिसेम्बरसम्म सम्झौता थियो। सम्झौताअघि नै उनले राजीनामा दिएपछि क्रिकेट क्षेत्र तरंगित भएको छ। आईसीसी विश्वकप लिग २ का लागि उनी नेपाली टोलीसहित ओमानमा छन्। नेपाली टोली सेप्टेम्बर २० सम्मका लागि ओमान भ्रमणमा रहने छ। पपुवा न्यु गिनीसँग दुई एकदिवसीय अन्तर्राष्ट्रिय खेलेपछि नेपालले ओमान र अमेरिकासँग लिग २ का खेलहरु खेल्ने कार्यतालिका छ। यस्तोमा उनले किन राजीनामा दिए ? क्यानका ती पदाधिकारीका अनुसार वाट्मोरले आफ्ना व्यक्तिगत र घरायसी कारण जिम्मेवारी सम्हाल्न नसक्...