खेलकुद

टिम इण्डियाका पूर्व क्रिकेटर युवराज सिंह गिरफ्तार

टिम इण्डियाका पूर्व क्रिकेटर युवराज सिंह गिरफ्तार

खेलकुद
एजेन्सी : भारतीय प्रहरीले पूर्व क्रिकेटर युवराज सिंहलाई गिरफ्तार गरेको छ। अनुसुचित जातिलाई लिएर सामाजिक सञ्जालमा आपत्तिजनक टिप्पणी गरेको आरोपमा उनलाई हरियाणा पुलिसले पक्राउ गरेको हो। शनिबार पक्राउ परेका सिंहलाई केहीबेरपछि नै अन्तरिम जमानतमा रिहा गरिएको छ। सिंहले पछिल्लो लकडाउनको समयमा इन्स्टाग्राममा क्रिकेटर रोहित शर्मासँग कुराकानी गरेका थिए। यस दौरान उनले यजुवेन्द्र चहलमाथि एक आपत्तिजनक शब्द प्रयोग गरेका थिए। त्यसपछि सिंहविरुद्ध एमसी–एसटी एक्टमा मुद्धा दर्ता भएको थियो। उनलाई पक्राउ गरेको विषय प्रहरीले केही समय गोप्य राखेको थियो। उनलाई शनिबार नै हरियाणा प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। उनको गिरफ्तारी आइतबार अबेर राति मात्र सार्वजनिक भएको थियो। पक्राउ परेको केही समयपछि उच्च अदालतको निर्देशनअनुसार उनलाई जमानतमा छाडिएको थियो। सामाजिक सञ्जालमा उक्त टिप्पणीबारे चर्चा भएपछि उनले आ...
नेपाललाई हराउँदै भारत आठौं पटक च्याम्पियन

नेपाललाई हराउँदै भारत आठौं पटक च्याम्पियन

खेलकुद
काठमाडौं । भारतले १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । माल्दिभ्समा शनिबार भएको फाइनलमा नेपाललाई ३-० गोल अन्तरले पराजित गर्दै भारत च्याम्पियन बनेको हो । भारतको जितमा कप्तान सुनिल क्षेत्री, सुरेश सिंह वाङजाम र साहल अब्दुलले समान एक एक गोल गरे । पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको भारतले ४९ औं मिनेटमा सुनिलको गोलबाट अग्रता बनाएको थियो । यस संस्करणमा सुनिलको यो पाँचौं गोल हो । खेलको ५० औं मिनेटमा सुरेशले गोल गर्दै भारतलाई २-० को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा साहलले गोल गर्दै भारतलाई ३-० को जित दिलाए। यससँगै भारतले कीर्तिमानी आठौं पटक साफको उपाधि जित्न सफल भएको छ । नेपालको भने पहिलो पटक साफको उपाधि जित्ने सपना चकनाचुर भएको छ । तर, नेपाल पहिलो पटक सफामा उपविजेता बनेको छ । नेपालले पहिलो पटक साफको फाइनल खेलेको हो । पाँच राष्ट्र सहभागी प्रतियोगितामा भा...
साफ च्याम्पियनसिफ फाइनल : नेपाविरुद्ध भारतलाई २–० को अग्रता

साफ च्याम्पियनसिफ फाइनल : नेपाविरुद्ध भारतलाई २–० को अग्रता

खेलकुद
काठमाडौं । माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिफको फाइनल खेलमा नेपाल विरुद्ध भारतले २–० को अग्रता बनाएको छ । पहिलो हाफमा बराबरीमा रोकिएको खेल दोस्रो हाफमा भारतले लगातार २ गोल गरेको छ । यसअघि भएको खेलमा भारतसँग नेपाल १–० गोल अन्तरले पराजित भएको थियो ।
दोस्रो हाफको सुरुवातमै भारतलाई अग्रता

दोस्रो हाफको सुरुवातमै भारतलाई अग्रता

खेलकुद
काठमाडौं । साफ च्याम्पियनसिप २०२१ अन्तर्गत फाइनल खेलमा भारतले नेपालविरुद्ध दोस्रो हाफको सुरुवातमै २-० को अग्रता लिएको छ । गोलरहित रहेको पहिलो हाफपछि भारतले दोस्रो हाफको सुरुवातमै लगातार २ गोल गरेको हो । खेलको ४८ औं मिनेटमा कप्तान सुनिल क्षेत्रीले भारतलाई अग्रता दिलाएका थिए । उनले प्रितम कोटलको क्रसलाई हेडरमार्फत गोल गरेका थिए । लगत्तै सुरेश सिंह वाङजामले गोल गर्दै भारतको अग्रता दोब्बर पारे । उनले यासिर मोहमदको कटब्याकलाई पेनाल्टी क्षेत्र भित्रबाट गोल गरेका थिए । त्यसअघि पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । खेलको चौथो मिनेटमा नै कप्तान किरण चेम्जोङले दोहोरो बचाउ गर्दै खेल गोलरहित राखे । यासिर मोहमदको पेनाल्टी क्षेत्र बाहिरको प्रहारलाई पहिलो पटकमा विफल पारेका किरणले रिबाउन्डमा अनिरुद्ध थापाको वन भर्सेस वनको प्रहारलाई उत्कृष्ट ढंगले बचाए । त्यसपछि लगत्तै अर्कोतर्फ नेपालको काउन्टरमा नव...
पहिलो हाफमा नेपाल र भारतको बराबरी

पहिलो हाफमा नेपाल र भारतको बराबरी

खेलकुद
काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको फाइनल अहिले नेपालले भारतसँग प्रतिस्पर्धा गरिरहेको छ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपाल र भारतले गोलरहित बराबरी खेलेका छन् । पहिलो हाफमा दुबै टिमले पाएको मौकामा गोल निकाल्न सकेनन् । आज नेपाल भारतलाई हराएर पहिलो पटक साफको उपाधि जित्न चाहन्छ । भारत भने आठौं पटक उपाधि आफ्नो बनाउन चाहन्छ ।...
साफ च्याम्पियनसिपको फाइनल खेल सुरु (LIVE)

साफ च्याम्पियनसिपको फाइनल खेल सुरु (LIVE)

खेलकुद
माले । नेपाल र भारतबीच साफ चयाम्पियनसिप २०२१ को फाइनल खेल सुरु भएको छ । माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा खेल सुरु भएको हो । नेपालले ४–५–१ लाइनअपमा खेलेको छ । नेपालका लागि पहिलो रोजाइमा गोलकिपर तथा कप्तान किरणकुमार लिम्बु रहेका छन् । त्यस्तै पहिलो रोजाइमा डिफेन्डरका रूपमा अनन्त तामाङ र दीनेश राजवंशीले सेन्टर डिफेन्स तथा विंगब्याकमा गौतम श्रेष्ठ र सुमन अर्याल रहेका छन् । मिडफिल्डमा पुजन उपरकोटी, तेज तामाङ र रोहित चन्द रहेका छन् । आक्रमणमा सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ र सुमन लामा रहेका छन् । अन्जन विष्ट भने दोहोरो पहेँलो कार्ड पाएका कारण मैदान बाहिर रहेका छन् । त्यस्तै मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी पनि दर्शकदिर्घामा मात्र रहनेछन् । उनलाई साफले दोहोरो पहेँलो कार्ड पाएको भन्दै फाइनलमा प्रतिबन्ध गरेको हो। https://www.facebook.com/dishhome/videos/409768570802559...
साफ च्याम्पियनसिपको फाइनल खेल सुरु, यी हुन् भारतविरुद्ध पहिलो रोजाइका खेलाडी

साफ च्याम्पियनसिपको फाइनल खेल सुरु, यी हुन् भारतविरुद्ध पहिलो रोजाइका खेलाडी

खेलकुद
माले । नेपाल र भारतबीच साफ चयाम्पियनसिप २०२१ को फाइनल खेल सुरु भएको छ । माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा खेल सुरु भएको हो । नेपालले ४–५–१ लाइनअपमा खेलेको छ । नेपालका लागि पहिलो रोजाइमा गोलकिपर तथा कप्तान किरणकुमार लिम्बु रहेका छन् । त्यस्तै पहिलो रोजाइमा डिफेन्डरका रूपमा अनन्त तामाङ र दीनेश राजवंशीले सेन्टर डिफेन्स तथा विंगब्याकमा गौतम श्रेष्ठ र सुमन अर्याल रहेका छन् । मिडफिल्डमा पुजन उपरकोटी, तेज तामाङ र रोहित चन्द रहेका छन् । आक्रमणमा सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ र सुमन लामा रहेका छन् । अन्जन विष्ट भने दोहोरो पहेँलो कार्ड पाएका कारण मैदान बाहिर रहेका छन् । त्यस्तै मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी पनि दर्शकदिर्घामा मात्र रहनेछन् । उनलाई साफले दोहोरो पहेँलो कार्ड पाएको भन्दै फाइनलमा प्रतिबन्ध गरेको हो।...
दिल्लीलाई हराउँदै कोलकत्ता फाइनलमा

दिल्लीलाई हराउँदै कोलकत्ता फाइनलमा

खेलकुद
काठमाडौं । कोलकत्ता नाइट राइडर्स इण्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति सारजाहमा भएको दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गर्दै कोलकाता फाइनलमा पुगेको हो । दिल्लीले दिएको १ सय ३६ रनको सामान्य लक्ष्य कोलकत्ताले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्यो । कोलकत्ताको जितमा भेन्कटेस एयरले ५५ रनको अर्धशतकीय इनिङ्स खेले । दिल्लीका कागिसो राबडा, एन्रिच नोर्किया र रविचन्द्र आश्विनले २/२ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३५ रन बनाएको थियो । दिल्लीका लागि शिखर धवनले ३६ रन जोड्दा श्रेयस एयरले अविजित ३० रन बनाए । कोलकत्ताका वरुण चक्रवर्तीले २ विकेट लिए । लक्की फर्गुसन र शिबम माभीले १/१ विकेट लिए । अब फाइनलमा शुक्रबार कोलकत्ताले चेन्नई सुपर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ।...
अब्दुल्लाहले साफपछि नेपाली टोली नहेर्ने, राजीनामा दिने घाेषणा

अब्दुल्लाहले साफपछि नेपाली टोली नहेर्ने, राजीनामा दिने घाेषणा

खेलकुद
काठमाडौं । नेपाली फुटबल राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले मुख्य प्रशिक्षकको जिम्मेवारीबाट राजीनामा दिने भएका छन् । बुधबार साफ च्याम्पियनसिप अन्तर्गत बंगलादेशसँग बराबरी खेल्दै पहिलो पटक नेपाललाई फाइनलमा पुर्‍याएका प्रशिक्षक अब्दुल्लाहले खेलपछिको प्रेस कन्फरेन्समा नेपाली टोलीको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिने बताएका हुन् । उनले साफ च्याम्पियनसिपपछि आफू नेपाल नआई सोझै कुवेत फर्किने बताएका छन् । अल्मुताइरीको प्रशिक्षणमा बुधबार नेपालले ऐतिहासिक सफलता हात पारेको छ । नेपालले साफ च्याम्पियनसिपको इतिहासमा पहिलो पल्ट फाइनल यात्रा तय गरेको छ । फाइनल पुग्न एक अंक आवश्यक्ता रहेको अवस्थामा बंगलादेशलाई अन्तिम समय बराबरीमा रोक्दै नेपाल पहिलो पटक साफको इतिहासमा २८ बर्षपछि फाइनल पुग्न सफल भएको हो । यस अघि गत फागुनमा नेपाल झरेका अब्दुल्लाह चैतमा मुख्य प्रशिक्षकको रुपमा भित्रिएका...
नेपाल इतिहासमै पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा

नेपाल इतिहासमै पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा

खेलकुद
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोली साफ च्याम्पियनसिप २०२१ को फाइनलमा प्रवेश गरेको छ । बुधबार मालेस्थित राष्ट्रिय रंगशालामा बंगलादेशसँग लिग चरणको अन्तिम खेलमा १-१ को बराबरी खेलेसंगै नेपाल इतिहासमै पहिलो पटक फाइनल प्रवेश गर्न सफल भएको हो । पहिलो हाफमा सुमन रेजाको गोलमा बंगलादेशले अग्रता लिएको थियो । तर नेपालका अन्जन विष्टले ८६ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै नेपालको फाइनल यात्रा पक्का गरेका थिए । यस बराबरीले नेपालको ४ खेलमा ७ अंक भएको छ । बंगलादेश भने ४ खेलमा ५ अंक जोड्दै लिग चरणबाटै बाहिरिएको छ । नेपाललाई फाइनल पुग्न एक अंक चाहिएकोमा बंगलादेशलाई राउन्ड रोबिनको आफ्नो अन्तिम खेलमा १–१ को बराबरीमा रोकेको हो । सन् १९९३ देखि सुरु भएको प्रतियोगितामा नेपालले फाइनल पुगेको यो पहिलो पटक हो । खेलको ७९ औं मिनेटमा आफ्नो पेनाल्टी एरिया बाहिर बल ह्यान्ड गरेपछि बंगलादेशी गोलरक्षक अनिसुर रहमानलाई सि...