खेलकुद

बंगलादेशद्वारा वेस्ट इन्डिज ६ विकेटले पराजित

बंगलादेशद्वारा वेस्ट इन्डिज ६ विकेटले पराजित

खेलकुद
एजेन्सी । आईसीसी मेन्स क्रिकेट वर्ल्डकपमा बंगलादेशले पहिलो वान डेमा बुधबार वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गरेको छ । सुपर लिग अन्तर्गत भएको खेलमा बंगलादेशले १ सय २३ रनको लक्ष्य पाएकोमा चार विकेट गुमाएर ३३.५ ओभरमा पूरा गरेको थियो । बंगलादेशका लागि कप्तान तमिम इक्बालले सर्वाधिक ४४ रन बनाए र जितको आधार तयार पारे । यसअघि साकिब अल हसनले चार विकेटको उत्कृष्ट प्रदर्शन गरेपछि वेस्ट इन्डिज ३२.२ ओभरमा १ सय २२ रन बनाएर अलआउट भएको थियो । वेस्ट इन्डिजका लागि केली मेयर्सले बनाएको ४० रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । साकिबले ७.२ ओभरमा आठ रन मात्र खर्चेर चार विकेट लिए र उनी ‘म्यान अफ द म्याच’ भए ।...
प्रधानसेनापति ट्रफी खेलकूद प्रतियोगिता-२०७७ शुरु

प्रधानसेनापति ट्रफी खेलकूद प्रतियोगिता-२०७७ शुरु

खेलकुद
काठमाडौं । स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद नारासहित प्रधान सेनापति ट्रफी खेलकूद प्रतियोगिता, २०७७ आजदेखि शुरु भएको छ । नेपाली सेनाको भद्रकालीस्थित मुख्यालय जङ्गी अड्डामा शुरु भएको उक्त प्रतियोगिताको नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरे । उद्घाटनको दिन आज पुरुष र महिलातर्फ १०० मिटर तथा आठ सय मिटरतर्फका खेल सम्पन्न भएका छन् । पुरुष १०० मिटर दौडमा मध्यपश्चिम पृतनाका प्यूठ धर्मेन्द्र सिंह पहिलो भए । उनले सो दौड १० दशमलव ७८ सेकेन्डमा पूरा गरे। सो स्पर्धामा मध्य पृतनाका सिपाही दिपक विश्वकर्मा दोस्रो तथा १४ नम्बर बाहिनी अड्डाका सिपाही दिवश विष्ट तेस्रो भए । विश्वकर्माले सो दौड १० दशमलव ८२ सेकेण्ड तथा विष्टले १० दशमलव ८२ सेकेण्डमा पूरा गरे । यस्तै महिला १०० मिटर दौडतर्फ १६ नम्बर बाहिनी अड्डाकी गनर करुणा लामिछाने पहिलो भए । उनले सो दौड १३ दशमलव ४३ सेकेन्डमा पू...
क्रिकेटर विनोद भण्डारी कोरोना मुक्त

क्रिकेटर विनोद भण्डारी कोरोना मुक्त

खेलकुद
काठमाडौं । राष्ट्रिय क्रिकेट टीमका विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीले कोरोना भाइरस कोभिड–१९ संक्रमणबाट मुक्त भएका छन् । सामाजिक सञ्जाल मार्फत २१ दिनको आइसोलेसन बसाईपछि कोरोना मुक्त भएकोमा विनोदले खुसी व्यक्त गरेका छन् । विनोदलाई गत मंसिर अन्तिममा चितवनको भरतपुरमा भएको गौतमबुद्ध कप प्रतियोगितापछि कोरोना संक्रमण देखिएको थियो । धुर्मुस सुन्तली फाउन्डेसनले जनस्तरबाट निर्माण गरि रहेको नमुना मैदानमा बागमती प्रदेशले आयोजना गरेको गौतम बुद्ध कप प्रतियोगितामा विनोदले राप्तीको कप्तानी गरेका थिए । सोमबारमात्र राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान समेत रहेका पारस खड्काले पनि २५ दिन पछि कोरोना संक्रमणबाट मुक्त भएका थिए । कप्तान ज्ञानेन्द्र मल्ल, रोहित कुमार पौडेल र दीपेन्द्रसिंह ऐरी पनि गत मंसिरमा कोरोना संक्रमण मुक्त भएका थिए ।...
सन्दीप लामिछाने पाकिस्तान सुपर लिगको ड्राफ्टमा पर्न सफल

सन्दीप लामिछाने पाकिस्तान सुपर लिगको ड्राफ्टमा पर्न सफल

खेलकुद
नेपालका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टमा पर्न सफल भएका छन् । यस वर्ष हुने छैटौँ संस्करणको प्रतियोगिताका लागि पिएसएलले मङ्गलबार लामिछानेसहित २५ विदेशी खेलाडीलाई प्लाटिनम श्रेणीमा राखेको छ । प्लाटिनम प्रतियोगिताकै महङ्गो श्रेणी हो । प्लाटिनम श्रेणीमा पर्ने खेलाडीको पारिश्रमिक न्यूनतम एक लाख ४७ हजार अमेरिकी डलर (रु एक करोड ७२ लाख) देखि अधिकतम दुई लाख १८ हजार अमेरिकी डलर (रु दुई करोड ५५ लाख) तोकिएको छ । पिएसएलको ड्राफ्टको प्लाटिनम श्रेणीमा नेपालका लामिछानेसँगै रासिद खान, डेभिड मिल्लर, क्रिस गेल, लेन्डन सिमन्स, कार्लोस ब्रेथवेट, डेविड मलान, मुजिब उर रहमानलगायत विश्वकै चर्चित खेलाडी पर्नुभएको छ । एउटा टोलीले तीन खेलाडी प्लाटिनम श्रेणीबाट लिन पाउने व्यवस्था गरिएको छ । यस्तै डाइमण्ड श्रेणीबाट तीन, गोल्डनबाट तीन, सिल्भरबाट पाँच र इमर्जिङबाट दुई खेलाडी राख्न पाउन...
पारस खड्का कोरोना संक्रमण मुक्त

पारस खड्का कोरोना संक्रमण मुक्त

खेलकुद
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का कोरोना संक्रमण मुक्त भएका छन् । पूर्व कप्तान खड्का काेराेना संक्रमण भएकाे २५ दिनपछि संक्रमण मुक्त भएका हुन् । पारसले सोमबार पीसीआर परिक्षण रिपोर्ट निगेटिभ आएको जानकारी दिएका हुन् । उनी घरमै आइसोलेसनमा बसेका थिए । कोरोना पोजेटिभ भएसँगै पारसले चितवनमा भएको गौतम बुद्ध कप गुमाएका थिए । अब यस सिजनमा टिम आबु धाबीका लागि इमर्जिंग ट्यालेन्ट मेन्टरको भूमिकामा रहेका छन् । यस सिजनामा नेपाली तीन खेलाडी करण केसी, सोमपाल कामी र कुशल मल्ल पनि खेल्ने भएका छन् ।...
बिग बास खेल्नका लागि सन्दीप लामिछाने अस्ट्रेलिया प्रस्थान

बिग बास खेल्नका लागि सन्दीप लामिछाने अस्ट्रेलिया प्रस्थान

खेलकुद
काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने बिग बास लिग (बीबीएल) का लागि आज अस्ट्रेलिया प्रस्थान गरेका छन् ।बीबीएल सुरु भइसक्दा काठमाडौंमा रहेका उनी मंगलबार बिहान ११ बजे अस्ट्रेलिया प्रस्थान गरेका हुन् । अस्ट्रेलिया पुगेपछि उनी १४ दिन क्वारेन्टाइनमा बस्नेछन् । त्यसपछिको पीसीआर परीक्षणमा कोरोना रिपोर्ट नेगेटिभ आएमा उनले खेल खेल्नेछन् । सन्दीप यो सिजनको बिग बास लिग होबर्ट हुरिक्यान्समा आवद्ध छन् । उनको टोलीले अहिलेसम्म खेलेका दुई खेलमा दुवै जित हात पारेको छ । सन्दीप केही समय अगाडि कोरोना संक्रमीत भएका थिए । तर, केही दिनको अस्पतालमा उपचार पछि उनी निको भइसकेका छन् । पिटर ह्यान्डस्कोम्बको कप्तानी गरेको हुरिक्यान्सले यो सिजनका लागि नेपालका युवा सेन्सेसन सन्दीपलाई टिममा आवद्ध गरेको हो । सन्दीपले यसअघिका दुई संस्करण मेलबर्न स्टारबाट खेलेका थिए । जसमा उनको प्रदर्शन उत्कृष्ट रहँदै आएको थियो । दु...
सागका स्वर्ण विजेता खेलाडीलाई सम्मान !

सागका स्वर्ण विजेता खेलाडीलाई सम्मान !

खेलकुद
कास्की । मदन भण्डारी स्पोर्ट्स एकेडेमी गण्डकी प्रदेशले १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा बक्सिङतर्फ स्वर्ण पदक विजेता खेलाडीलाई सम्मान गर्ने भएको छ । एकेडेमीले आगामी पुस २ गते पोखरामा कार्यक्रम आयोजना गरी नेपालमा गत वर्ष सम्पन्न सागमा स्वर्ण पदक विजेता नेपाल पुलिसका भूपेन्द्र थापामगर तथा नेपाल आर्मीका मीनु गुरुङ र सनिल शाहीलाई सुनको पदकसहित सम्मान गरिने राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्यसमेत रहनुभएका एकेडेमीका संयोजक राजेश गुरुङले जानकारी दिनुभयो । सो दिन सागमा विशेष योगदान गर्ने व्यक्ति तथा सङ्घसंस्थालाई समेत सम्मान गरिने जनाइएको छ । सोही दिन खुला रक्तदान कार्यक्रम राखिएको छ । सागमा बक्सिङको बन्द प्रशिक्षण पोखरामा सञ्चालन भइरहेको समयमा स्वर्ण पदक जित्ने खेलाडीलाई सुनको पदक दिने आफूले घोषणा गरेबमोजिम पदक विजेता खेलाडीलाई सुनको पदकले सम्मान गरिने गुरुङले बताउनुभयो । उहाँले भन्नुभय...
पारस खड्कालाई कोरोना संक्रमण पुष्टि

पारस खड्कालाई कोरोना संक्रमण पुष्टि

खेलकुद
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कालाई कोरोना संक्रमण पुष्टि भएकाे छ । शुक्रबार बिहान गरिएको परीक्षणमा उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । क्यानको बन्द प्रशिक्षणमा सहभागिता जनाएका पारस दुईदिन यता आइसोलेशनमा रहेका थिए । उनको कोरोना परीक्षणको रिपोर्टमा संक्रमण पुष्टि भएको हो। क्रिकेटर खड्काले आफू कोरोना पोजेटिभ भएको भन्दै पछिल्लो पटक आफ्नो सम्पर्कमा रहेकाहरुलाई सचेत रहन आग्रह गरेका छन्। उनले हाल आफू घरमै आइसोलेशनमा बसिरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन्।...
महिला र पुरुष खेलाडीलाई समान तलब

महिला र पुरुष खेलाडीलाई समान तलब

खेलकुद
काठमाडौं । अखिल नेपाल फुटबल संघ(एनफा) ले महिला र पुरुष खेलाडीलाई समान तलब उपलब्ध गराउने निर्णय गरेको छ । एनफाकाे बिहीबार बसेकाे बैठकले पुरुष र महिला राष्ट्रिय टोलीका सदस्यहरुलाई समान १८ हजार रुपैयाँ मासिक तलब दिने निर्णय गरेको हो । यसअघि पुरुष राष्ट्रिय टोलीका खेलाडीहरुलाई १५ हजार र महिला राष्ट्रिय टोलीका खेलाडीहरुलाई ७ हजार तलब दिइदैं आइएको थियो । यसअघि महिला र पुरुष खेलाडीहरुको तलब समान हुनुुपर्ने आवाज विश्वव्यापी रुपमा उठेसँगै एन्फाका केही पदाधिकारीहरुले पनि समान रुपमा तलब वितरण हुनुपर्ने माग गरेका थिए ।...
सन्दीप लामिछाने बिग बास खेल्न अष्ट्रेलिया जाँदै

सन्दीप लामिछाने बिग बास खेल्न अष्ट्रेलिया जाँदै

खेलकुद
काठमाडाैं । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बिग बास लिग (बिबिएल) खेल्न अर्को साता अष्ट्रेलिया जाने भएका छन् । तेस्रो पटक बिग बास खेल्ने तयारीमा रहेका लामिछाने आगामी मङ्गलबार कतार एयरवेजबाट अष्ट्रेलिया प्रस्थान गर्नेछन् । अष्ट्रेलिया पुगेपछि लामिछाने १४ दिन क्वारेन्टिनमा बस्ने उनका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए । यसपटक लामिछाने होबार्ट हुरिकन्सबाट बिग बास खेल्ने तयारीमा छन् ।  यसअघि उनले लगातार दुई सिजन मेलबर्न स्टार्सबाट बिग बास खेलेका थिए । दशौँ संस्करणको बिग बास लिग आजदेखि शुरु भएको छ । आज सम्पन्न पहिलो खेलमा लामिछाने आबद्ध हुरिकन्सले सिड्नी सिक्सर्सलाई १६ रनले पराजित गरेको छ । क्वारेन्टिनमा बस्नुपर्ने भएकाले लामिछानेले केही खेल गुमाउनुपर्ने व्यवस्थापक शिवाकोटीले बताए । उनले पछिल्ला दुई सिजनमा २० खेल खेल्दै २६ विकेट लिएका थिए । यसअघि लामिछानेले गत साउनमा क्यारेबियन प्रिमि...