खेलकुद

गौतम बुद्धकपका लागि ३ टिमको घोषणा

गौतम बुद्धकपका लागि ३ टिमको घोषणा

खेलकुद
काठमाडौं । गौतम बुद्ध कप क्रिकेटको लागि तीन टोलीको घोषणा भएको छ । बागमती प्रदेश क्रिकेट संघको आयोजनामा यही मंसिर २७ गतेदेखि चितवनमा हुने क्रिकेटको प्रतियाेगिताकाे लागि आयोजकले बुधबार बागमती, राप्ती र नारायणी नामको तीन टोलीको घोषणा गरेको हो । राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लले बागमतीको कप्तानी गर्नेछन् भने अलराउण्डर पारस खडकाले नारायणी टिमको कप्तानी गर्नेछन् । यस्तै विनोद भण्डारीले भेरीको कप्तानी गर्नेछन् । तीनवटै टिममा समान १४ खेलाडी रहेका छन् । राष्ट्रिय टिमका सदस्य युवा लेग स्पीनर सन्दीप लामिछाने भने बिग बास लिग बीबीएल खेल्न अस्ट्रेलिया जाने भएकोले गौतमबुद्ध कप खेल्ने छैनन् । उनी अर्को साता अस्ट्रेलिया जाँदैछन् । बिग लिगको १०औं संस्करण भने बिहीबारदेखि सुरु हुँदैछ ।...
सन्दीप लामिछाने कोरोना मुक्त

सन्दीप लामिछाने कोरोना मुक्त

खेलकुद
काठमाडाैँ । नेपाली क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने कोरोना संक्रमण मुक्त भएका छन् । उनी १० दिनको आइसोलेसन बसाइपछि कोरोनामुक्त भएका हुन् । आइसोलेसनमा बसिरहेको अवस्थामा स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनी गत शनिबार काठमाडौंस्थित ह्याम्स अस्पतालमा भर्ना भएका थिए । कोरोनामुक्तसँगै सन्दीप नेपाल क्रिकेट संघ (क्यान)ले बोलाएको बन्द प्रशिक्षणमा सहभागी हुनेछन् । केही दिन बन्द प्रशिक्षणमा बिताएपछि उनी बिग बास लिग (बीबीएल)को १० औँ सिजन खेल्न अष्ट्रेलिया जाने छन् । उनी यो पटक होबार्ट हरिकेन्सबाट बीबीएल खेल्न लागेका हुन् ।...
क्यानले बनायो क्रिकेट समिति र छनोट समिति

क्यानले बनायो क्रिकेट समिति र छनोट समिति

खेलकुद
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले दुई नयाँ समिति निर्माण गरेको छ । यही मंसिर १५ गते बसेको कार्यसम्पादन समितिको बैठकले क्रिकेट समिति र छनोट समिति निर्माण गरेको क्यानले बुधबार विज्ञप्तीमार्फत जनाएको छ । क्यानका उपाध्यक्ष राजुबाबु श्रेष्ठको संयोजकत्वमा क्रिकेट समिति र राष्ट्रिय टिमका पहिलो कप्तान उत्तम कर्माचार्य संयोजकत्वमा छनोट समिति निर्माण गरेको क्यानले जनाएको छ । क्यानका अनुसार क्रिकेट समिति र छनोट समितिका अन्य सदस्यहरु क्यानको आगामी बैठकबाट थप गरिनेछ । उपाध्यक्ष राजुबाजु स्वयं क्यानको कार्यसम्पादन समिति सदस्यको रुपमा रहेका छन् । क्यानले गत पुस २२ गते दैनिक कार्यसम्पादन सहज होस् भन्ने उद्द‍ेश्यले अध्यक्ष चतुर बहादुर चन्द, उपाध्यक्ष राजुबाबु श्रेष्ठ, सचिव अशोकनाथ प्याकुरेल, कोषाध्यक्ष रोशन सिंह र केन्द्रीय सदस्य अमितविर पाण्डे सम्म्लित पाँच सदस्यीय कार्यसम्पादन समिति बनाएको थियो ।...
सन्दीप लामिछाने अस्पताल भर्ना

सन्दीप लामिछाने अस्पताल भर्ना

खेलकुद
काठमाडौं । नेपाली क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन्। सन्दीप हिजो बेलुकी ह्याम्स अस्पतालमा भर्ना भएको उनका म्यानेजर रमन शिवाकोटीले जानकारी दिए । ‘त्यस्तो समस्या भएर होइन खासै, अलिकति कमजोर महसुस गरेकोले हस्पिटलमा केयर हुने भएकाले पठाएको हो हिजो,’ शिवाकोटीले भने, ‘घरमा एक्लै बस्नुभन्दा हस्पिटलमा राम्रो हुन्छ भनेर हो। उनले पनि अलिकति कमजोरी महसुस गरेकाले हो। फेरि गेमहरु पनि आइरहेकोले रिस्क किन लिने भनेर हस्पिटल पठाएको हो।’ शनिवार कोरोना संक्रमण पुष्टिभएका उनले समाजिक सञ्जालमार्फत आफूलाई सामान्य लक्षण देखिएको जनाएका थिए।...
१३औं सागको खर्च विवरण सार्वजनिक, खेलकुद तर्फ १ अर्ब ३१ करोड बढी खर्च

१३औं सागको खर्च विवरण सार्वजनिक, खेलकुद तर्फ १ अर्ब ३१ करोड बढी खर्च

खेलकुद
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले १३ औं दक्षिण एसियाली खेलकुदको खर्च विवरण सार्वजनिक गरेकाे छ। राखेपले आइतबार पत्रकार सम्मेलन गर्दै खर्च विवरण सार्वजनिक गरेको हो । राखेपका सदस्य सचिव रमेस सिलवालले सागको खर्च विवरण सार्वजनिक गरेका हुन् । सार्वजनिक खर्च विवरणअनुसार साग खेलकुद तर्फ १ अर्ब ३१ करोड ७८ लाख ४३ हजार ६१ रुपैया १५ पैसा खर्च भएको छ । यस्तै निर्माणतर्फ २ अर्ब ८६ करोड १४ लाख २८ हजार ९ सय ७३ रुपैया खर्च भएको विवरणमा उल्लेख गरिएको छ । नेपालले १३औं सागमा हालसम्मकै सर्वाधिक स्वर्ण जितेको थियो । जसमा नेपालले ५१ स्वर्ण पदक, ६० रजत र ९६ कास्य पदक गरि कुल २०७ पदक जितेको थियो ।...
होबर्ट हुरिकेन्सबाट सन्दीपले बिग ब्यास लिग खेल्ने

होबर्ट हुरिकेन्सबाट सन्दीपले बिग ब्यास लिग खेल्ने

खेलकुद
काठमाडाैँ । होबर्ट हुरिकेन्सबाट नेपाली स्पीनर सन्दीप लामिछानेले बिग ब्यास लिग खेल्ने भएका छन्। हुरिकेन्सका अनुसार यो सिजनका लागि सन्दीपले बिग ब्यासमा आबद्ध हुने छन्। सन्दीप बीबीएलका लागि हुरिकेन्समा जनवरीबाट जोइन हुने बताएका छन्। ‘मैले अस्ट्रेलियामा सँधै समर्थनमा माया पाएको छु। र, बिग ब्यासको उच्चस्तरको प्रतिस्पर्धा सँधै उत्साही हुन्छ। ब्लन्डस्टोन एरेनामा खेल्नको लागि पर्खाइमा छु।’ सन्दीपले भनेका छन्। त्यस्तै हुरिकेन्सका प्रशिक्षक आडम ग्रिफ्तले सन्दीपको उपस्थितिले टिमको बलिङमा राम्रो हुने बताएका छन्। ‘हामीले देखेका छौं कसरी सन्दीपले उनको स्पीनले कसरी ‘गेम चेन्ज’ गर्छन्। र, उनले पारीको कुनै पनि अवस्थामा बलिङ गर्न सक्छन्। उनी आफूलाई प्रमाणित गरिसकेको ‘विकेट टेकर’ हुन जसले हाम्रो बलिङ ग्रुपमा अर्को आयाम थप्ने छन्।’ यसअघि बीबीएलमा दुई सिजनमा २० खेल खेलेका सन्दीपले कुल २६ विकेट लिएक...
दिल्लीमाथि मुम्बईको शानदार जित

दिल्लीमाथि मुम्बईको शानदार जित

खेलकुद
काठमाडौं । आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटलमाथि ९ विकेटको शानदार जित निकालेकाे छ । दिल्लीले दिएकाे ११० रनकाे सामान्य लक्षय मुम्बईले १५ औं ओभरमा मात्र एक विकेट गुमाएर पुरा गरेकाे थियाे । उसका लागि इशान किशनले नटआउट ७२ रन बनाए । उनले क्विन्टन डिककसँग मिलेर राम्रो सुरुवात गरेका थिए । पहिलो विकेटका लागि ६८ रनको साझेदारी गरेर डिकक व्यक्तिगत २६ रनमा आउट भए । तर इशानको शानदार प्रदर्शन कायमै रहृयो । ३७ बलमा अर्धशतक पुरा गरेका उनले १५औं ओभरको दोस्रो बलमा छक्का हानेर मुम्बईलाई जित दिलाए । यसअघि जसप्रित बुमराह र ट्रेन्ट बोल्डको बलिङमा मुम्बई, दिल्लीमाथि हावी भएको थियो । टिल्लीको टिम इनिङभर रन जोड्न संघर्षरत रहे र २० ओभरमा ९ विकेट गुमाएर ११० रन जोड्न सक्यो । उसका कप्तान श्रेयस अथ्यरले २५ र ऋषभ पन्तले २१ रन बनाए । मुम्बईका लागि बुमराहले १७ रन दिएर ३ तथा बोल्टले २१ रन दिएर ३ विकेट...
आइपिएल : दोहोरो सुपर ओभरमा पन्जाब विजयी

आइपिएल : दोहोरो सुपर ओभरमा पन्जाब विजयी

खेलकुद
एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) को ३६ औं खेलमा किंग्स इलेभेन पन्जाबले मुम्बई इन्डियन्सलाई दोस्रो सुपर ओभरमा पराजित गरेको छ । पहिलो सुपर ओभरमा स्कोर बराबर हुँदा खेलको नतिजा दोस्रो सुपर ओभरमा लिइएको थियो । जितका लागि १ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७६ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । त्यसपछि पहिलो सुपर ओभरमा पन्जाबले ५ रन जोड्दा जवाफमा मुम्बईले पनि ५ रन नै जोडेपछि खेल दोस्रो सुपर ओभरमा पुगेको थियो । दोस्रो सुपर ओभरमा मुम्बईले ११ रन जोड्दा पन्जाबले १ बल बाँकी रहँदै लक्ष्य प्राप्त गर्यो । पहिलो सुपर ओभरमा पहिलो ब्याटिङ गरेका पन्जाबका केएल राहुलले पहिलो बलमा सिंगल लिए । दोस्रो बलमा जसप्रित बुमराहले निकोलस पुरनलाई क्याच आउट गराए । त्यसपछि दुई बलमा राहुल र दीपक हुडाले १-१ रन जोडे । पाँचौ बलमा राहुलले २ रन जोडे । अन्तिम बलमा राहुल एल...
रोनाल्डोलाई कोरोना संक्रमण

रोनाल्डोलाई कोरोना संक्रमण

खेलकुद
एजेन्सी । क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण भएको छ । पोर्चुगल राष्ट्रिय फुटबल टोलीका कप्तान तथा इटालियन च्याम्पियन युभेन्टसका फरवार्ड समेत रहेका रोनाल्डोलाई मंगलबार कोरोना संक्रमण भएको हाे । यूईएफए नेसन्स लिग तथा मैत्रीपूर्ण खेलका लागि हाल राष्ट्रिय टोलीको साथमा रहेका रोनाल्डोलाई संक्रमण देखिएको पोर्चुगिज फुटबल महासंघले मंगलबार पुष्टि गरेको छ । यूईएफए नेसन्स लिग अन्तर्गत बुधबार स्विडेनको सामना गर्ने तयारी गरिरहेको पोर्चुगलको टोलीका अन्य सदस्यमा भने संक्रमण देखिएको छैन । रोनाल्डोको कोरोना परिक्षण नतिजा पोजेटिभ आएपनि हालसम्म उनलाई कुनै लक्षण नदेखिएको महासंघले जनाएको छ । रोनाल्डोलाई सेल्फ आइसोलेसनमा बस्नका लागि घर पठाइएको छ । रोनाल्डोले आइतबार मात्र फ्रान्सविरुद्ध गोलरहित बराबरी भएको खेलमा खेलेका थिए ।...
राजस्थानविरुद्ध ब्याटिङ गर्दै दिल्ली, सन्दीप बेन्चमा

राजस्थानविरुद्ध ब्याटिङ गर्दै दिल्ली, सन्दीप बेन्चमा

खेलकुद
काठमाडौं । १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत नेपाली राष्ट्रिय टोलीका खेलाडी सन्दीप लामिछाने आवद्ध दिल्लीले राजस्थान रोयलस्सँग प्रतिस्पर्धा गर्दैछ । सारजाहाँ क्रिकेट स्टेडियममा टस जितेर राजस्थानले पहिले ब्याटिङ गर्ने भएको छ । दिललीले केही बेरमा राजस्थानविरुद्ध ब्याटिङ थाल्नेछ । आजको खेलमा दिल्लीले सन्दीपलाई बेन्चमा राखेको छ । दिल्लीले छैटौं खेल खेल्न लाग्दा सन्दीप आजको खेलमा पनि बेन्चमा बस्न बाध्य भएका छन् । उनी पछिल्लो पाँच खेलमा पनि दिल्लीका लागि खेल्न सकेनन् । आजको खेलमा दुबै टोली जित निकाल्ने योजनामा हुनेछ । जित निकाल्दै दिल्ली शीर्ष स्थानमा उक्लने योजनामा छ । लिगमा टैटौं खेल खेल्न लागेको दिल्ली आजको खेलमा पनि जित निकाल्दै आफूलाई लिगमा बलियो बनाउने योजनामा छ । लिगमा पाँच खेल खेलेको दिल्लीले पाँच खेल खेल्दै ८ अंक जोडेको छ । दिल्ली तालिकाको दोस्...