नेपाल सत्य

9638 Posts
‘सन् २०२० भित्रै कोरोना भाइरसको खोप उपलब्ध हुन्छ’

‘सन् २०२० भित्रै कोरोना भाइरसको खोप उपलब्ध हुन्छ’

बीबीसी। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०२१ अगावै अमेरिकासँग कोरोनाभाइरसको खोप हुने आफूले विश्वास गरेको बताएका छन्।फक्स न्यूससँगको अन्तर्वार्तामा उनले भने: "यो वर्षको अन्त्यसम्ममा हामीसँग खोप हुने कुरामा हामी विश्वस्त छौँ।" संसारभरका वैज्ञानिकहरु अहिले कोरोनाभाइरसको खोप विकास गर्न मिहेनत गरिरहेका छन् तर धेरै विज्ञहरू यस्तो खोप सबैका लागि उपलब्ध सन् २०२१ तिरमात्रै हुने विश्वास गर्छन्।ट्रम्पले भने आफ्ना स्वास्थ्य सल्लाहकारहरूले यति छिटो समयावधिमा खोप उपलब्ध हुन गार्हो हुने बताएपनि त्यो हुने विश्वास गर्छन्। उनले भने, "चिकित्सकहरूले मलाई यस्तो भन्न हुँदैन भन्छन् तर म आफूलाई लागेको कुरा बोल्छु।" बन्ला त खोप छिटै? सियाटलमा कोरोनाभाइरसको खोपको पहिलो मानव परीक्षण भएको एक महिनाभन्दा बढी…
Read More
कोरोना अपडेट: मृतकको संख्या २ लाख ५२ हजार नाघ्यो, संक्रमित ३६ लाख ४४ हजार बढी

कोरोना अपडेट: मृतकको संख्या २ लाख ५२ हजार नाघ्यो, संक्रमित ३६ लाख ४४ हजार बढी

काठमाडौं । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विश्वमा ज्यान गुमाउनेको संख्या २ लाख ५२ हजार ३६४ पुगेको छ । कोरोना भाइरसका कारण युरोपियन मुलुकहरुमा १ लाख ४२ हजार १४३ जना, उत्तर अमेरिकी मुलुकहरुमा ७६ हजार ८९१ जनाको मृत्यु भएको छ । यस्तै एसियाली मुलुकहरुमा २० हजार ७८, दक्षिण अमेरिकी मुलुकहरुमा ११ हजार २७४ जनाको मृत्यु भएको छ । अफ्रिकी मुलुकहरुमा १ हजार ८४८ र अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ११५ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी संक्रमण भएको मूलुक अमेरिकामा अमेरिकामा १२ लाख १२ हजार ८३५ जना संक्रमित भएका छन् । कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको…
Read More
आगामी वर्षको बजेटमा यस्ता छन् योजना

आगामी वर्षको बजेटमा यस्ता छन् योजना

काठमाडाैँ। आगामी आर्थिक वर्षको बजेटमा औद्योगिक क्षेत्रलाई कसरी सञ्चालनमा ल्याउने भन्ने विषय नै प्रमुख प्राथमिकतामा रहेको छ । विशेषगरी खानीसँग जोडिएका उद्योगलाई विशेषरूपमा अगाडि बढाउने तयारी गरिएको छ । यस्तै उत्पादित वस्तुको भण्डारण वितरण प्रणाली, मन्त्रालयका कामलाई थप प्रभावकारी बनाउने, खर्च घटाउने, लघु तथा घरेल साना उद्योगको विकासको कार्यक्रममा जोड दिने गरी नीति तथा कार्यक्रम र बजेटको तयारीमा आफूहरु जुटेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले जानकारी दिए । यस्तै आगामी आवमा रोजगारी बढाउने, औद्योगिक पूर्वाधार बढाउने तथा खानीको अनुसन्धानलाई विशेष प्राथमिकता दिने तयारी गरिएको छ । यस्तै धौवादी फलाम खानीको उत्खनन र उद्योग सञ्चालन गर्ने, वैदेशिक रोजगारीबाट फर्कनेलाई…
Read More
भारतमा कोरोनाकाे कहर: एकैदिन ३९ सय नयाँ संक्रमित थपिए

भारतमा कोरोनाकाे कहर: एकैदिन ३९ सय नयाँ संक्रमित थपिए

काठमाडौं । भारतमा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा तीन हजार नौ सय नयाँ संक्रमित थपिएका छन् भने एक सय ९५ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक हजार पाँच सय ६८ पुगेको छ भने संक्रमितको संख्या ४६ हजार चार सय ३३ पुगेको छ । भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसको कारण करिब १४ हजार पाँच सय ४१ जना संक्रमित भइसकेका छन् भने मृत्यु हुनेको संख्या पाँच सय ८३ पुगेको छ । त्यस्तै गुजरातमा पाँच हजार आठ सयभन्दा बढी संक्रमित फेला परिसकेका छन् भने तीन सय १९ जनाको मृत्यु भइसकेको…
Read More
फेरि लकडाउनको अवधि बढाउने तयारी

फेरि लकडाउनको अवधि बढाउने तयारी

काठमाडौं। एकैदिन १० जनामा कोरोना संक्रमण भेटिएपछि  लकडाउनको अबधि बढ्ने संकेत देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वीरगञ्जमा १ र नेपालगञ्जमा ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। २५ गतेपछि लकडाउन खुुकलो बनाउने बारे समाचार आइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनलाई कडा बनाउन निर्देशन दिएका छन् । उनले सीमामा कडाई गर्न पनि निर्देशन दिए । आइतबारको मन्त्रिपरिषद्को बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् । परीक्षण नै थोरै भएकाले लकडाउन बढाएरै नियन्त्रणतर्फ सरकार लागेको बालुवाटार स्राेतले जनाएकाे छ।
Read More
काेराेना अपडेट: ६३ हजार  बढीको नमूना परीक्षण, ७७ जना आइसोलेसनमा

काेराेना अपडेट: ६३ हजार बढीको नमूना परीक्षण, ७७ जना आइसोलेसनमा

काठमाडौं। पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७९ जनाको नमूना परीक्षण भएको छ। नेपालमा हालसम्म ६३ हजार १ सय २ जनाको नमूना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार १३ हजार ४ सय १४ जनाको पिसिआर र ४९ हजार ६ सय ८८ जनाको आरडिटिबाट परीक्षण भएको  छ। मन्त्रालयका अनुसार प्रदेश १ मा ५ हजार ४ सय ९९, प्रदेश २ मा ५ हजार ७ सय ९, बागमतिमा ८ हजार ५ सय १५, गण्डकीमा ५ हजार ८ सय ३४, प्रदेश ५ मा ४ हजार ४ सय ९२, कर्णलीमा ५ हजार ५ सय ६७ र…
Read More
नेपालमा काेराेना संक्रमितकाे संख्या ६९ पुग्यो

नेपालमा काेराेना संक्रमितकाे संख्या ६९ पुग्यो

काठमाडौं। नेपालमा थप १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। याे सँगै संक्रमितकाे संख्या ६९ पुगेकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वीरगञ्जमा १ र नेपालगञ्जमा ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार छपकैयाका ३६ वर्षीय पुरुष तथा नेपालगञ्जमा ५ जना पुरुष र ४ जना महिलामा कोरोना संक्रमण देखिएको हो। उनीहरुको उमेर ७ देखि ५८ वर्ष रहेको उनले जानकारी दिए। यो सहित नेपालमा कोरोना भाइरसको संक्रमण देखिनेको संख्या ६९ पुगेको छ। जसमध्ये १६ जना निको भइसकेका छन्।
Read More
वीरगन्जमा थप एक जनामा कोराना पुष्टि, संक्रमितकाे संख्या ६० पुग्याे

वीरगन्जमा थप एक जनामा कोराना पुष्टि, संक्रमितकाे संख्या ६० पुग्याे

काठमाडाैँ। नेपालमा काेराेना भाइरस संक्रमितकाे संख्या ६० पुगेकाे छ। वीरगन्जमा आइतबार थप एकजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि संक्रमितकाे संख्या ६० पुगेकाे हाे। वीरगन्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका अन्दाजी ३६ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । काठमाडौंबाट आइतबार दिउँसो नारायणी अस्पताललाई प्राप्त रिपोर्टअनुसार वीरगन्ज ३ छपकैयाका ३६ वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । रिपोर्ट पोजेटिभ आएपछि ती संक्रमीतलाई आइतबार दिउँसो एम्बुलेन्समा राखेर नारायणी अस्पतालमा ल्याएर भर्ना गरिएको छ । तर नारायणी अस्पतालले भने यसको आधिकारीक पुष्टि गरेको छैन। यसअघि वैशाख १७ मा वीरगन्ज महानगरपालिका २ छपकैयाका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको थियो । वैशाख १४…
Read More
संसद् बजेट अधिवेशन बोलाउन सिफारिस

संसद् बजेट अधिवेशन बोलाउन सिफारिस

काठमाडौं । संसदको वजेट अधिवेशन बोलाउन सिफारिस गरिएको छ । सरकारले संसदको वजेट अधिवेशन वैशाख २६ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको हाे। आइतबार बसेको मन्त्रिपरिषद बैठकले बजेट अधिवेशन बोलाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । सरकारले जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । बजेटअघि राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र छलफल गरी पारित गर्नुपर्ने हुन्छ । बजेट सार्वजनिक गर्नु अगाडि सरकारको नीति तथा कार्यक्रम संसदमा पेश गर्नु पर्ने हुन्छ । संघीय संसद सचिवालयले संसदको बजेट अधिवेशन सञ्चालन गर्नका लागि आवश्यक तयारी लगभग पूरा भइसकेको जनाएको छ ।
Read More
मन्त्रिपरिषद बैठक शुरु, नीति तथा कार्यक्रमबारे छलफल हुँदै

मन्त्रिपरिषद बैठक शुरु, नीति तथा कार्यक्रमबारे छलफल हुँदै

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनानुसार आइतबार मध्याह्न बोलाइएको बैठक केही समय अगाडिदेखि शुरु भएको हो । बालुवाटार स्राेतका अनुसार सरकारका नीति तथा कार्यक्रमका विषयमा छलफल गर्न बैठक बोलाइएको छ। संवैधानिक व्यवस्थाअनुसार आगामी जेठ १५ भित्र सरकारले आगामी आर्थिक वर्षको वार्षिक बजेट सार्वजनिक गरिसक्नु पर्ने हुन्छ । बजेट सार्वजनिक गर्नु अगाडि सरकारको नीति तथा कार्यक्रम संसदमा पेश गर्नु पर्ने हुन्छ । हालसम्म शुरु भइसक्नुपर्ने संसदको बजेट अधिवेशन कोरोना भाइरसको महामारीका कारण शुरु हुन सकेको छैन । संघीय संसद सचिवालयले संसदको बजेट अधिवेशन सञ्चालन गर्नका लागि आवश्यक तयारी लगभग पूरा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.