कोरोना अपडेट: मृतकको संख्या २ लाख ५२ हजार नाघ्यो, संक्रमित ३६ लाख ४४ हजार बढी

काठमाडौं । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विश्वमा ज्यान गुमाउनेको संख्या २ लाख ५२ हजार ३६४ पुगेको छ । कोरोना भाइरसका कारण युरोपियन मुलुकहरुमा १ लाख ४२ हजार १४३ जना, उत्तर अमेरिकी मुलुकहरुमा ७६ हजार ८९१ जनाको मृत्यु भएको छ ।

यस्तै एसियाली मुलुकहरुमा २० हजार ७८, दक्षिण अमेरिकी मुलुकहरुमा ११ हजार २७४ जनाको मृत्यु भएको छ । अफ्रिकी मुलुकहरुमा १ हजार ८४८ र अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ११५ जनाको मृत्यु भएको छ ।

सबैभन्दा बढी संक्रमण भएको मूलुक अमेरिकामा अमेरिकामा १२ लाख १२ हजार ८३५ जना संक्रमित भएका छन् । कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ६९ हजार ७०९ पुगेको छ। पछिल्लो २४ घण्टामा त्यहाँ २३ हजार ७१७ जना नयाँ संक्रमित थपिएका छन् ।

अमेरिकामा संक्रमितमध्ये १ लाख ८७ हजार २५ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ९ लाख ५५ हजार १०५ जनामध्ये १६ हजार ४३ जनाको अवस्था गम्भीर रहेको छ।

अमेरिकापछि कोरोना भाइरसको सबैभन्दा धेरै संक्रमण देखिएको स्पेनमा २ लाख ४८ हजार ३०१ जना संक्रमित भएका छन् । स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले १६४ जनाको मृत्यु भएको छ भने १ हजार १७९ जना नयाँ संक्रमित थपिएका छन् ।

स्पेनमा कोरोना भाइरसले मृत्यु हुनेको कुल संख्या २५ हजार ४२८ पुगेको छ । १ लाख ५१ हजार ६३३ जना उपचारपछि निको भएका छन् । ७१ हजार २४० जना उपचाररत छन् । त्यसमध्ये २ हजार २५४ जनाको अवस्था गम्भीर रहेको स्पेनका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

इटालीमा मृतकको संख्या २९ हजार ७९ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार २२१ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख ११ हजार ९३८ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये ८२ हजार ८७९ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ९९ हजार ९८० जनामध्ये १ हजार ४७९ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको यो भाइरसबाट विश्वका ३६ लाख ४४ हजार ७९५ जना संक्रमित छन् । संक्रमितमध्ये ११ लाख ९४ हजार ८३५ जना उपचारपछि घर फर्किएका छन् । २१ लाख ९७ हजार ५९६ जनाको उपचार भइरहेको छ । उपचाररत मध्ये ४९ हजार ६३५ जनाको अवस्था गम्भीर छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलगायतक विभिन्न स्वास्थ्य विशेषज्ञले अबको दुई हप्ता अमेरिकीहरुका लागि सबैभन्दा पीडादायी समय हुने चेतावनी पनि दिँदै आएका छन्

यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।

विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

Facebook Comments