फेरि लकडाउनको अवधि बढाउने तयारी

काठमाडौं। एकैदिन १० जनामा कोरोना संक्रमण भेटिएपछि  लकडाउनको अबधि बढ्ने संकेत देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वीरगञ्जमा १ र नेपालगञ्जमा ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

२५ गतेपछि लकडाउन खुुकलो बनाउने बारे समाचार आइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनलाई कडा बनाउन निर्देशन दिएका छन् । उनले सीमामा कडाई गर्न पनि निर्देशन दिए ।

आइतबारको मन्त्रिपरिषद्को बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् । परीक्षण नै थोरै भएकाले लकडाउन बढाएरै नियन्त्रणतर्फ सरकार लागेको बालुवाटार स्राेतले जनाएकाे छ।

Facebook Comments