ओलीले आफ्नो समर्थनमा सडक आन्दोलन गर्न दिए निर्देशन

काठमाडाैँ । काठमाडौं-नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले आफ्नो समर्थनमा सडक आन्दोलन गर्न आफ्ना पक्षका युवा नेताहरुलाई निर्देशन दिएका छन्।

बिहीबार राति ९ बजे पूर्वमन्त्री महेश बस्नेत, युवा संघका रमेश पौडेल, ऐन महर, सुनिता बराललगायतलाई बोलाएर उनले यस्तो निर्देशन दिएका हुन्।

‘अब पार्टी फुट्ने भयो, तपाईंहरुले सडक आन्दोलन गरेर साथ दिनुपर्‍यो,’ ओलीको भनाई उद्दृत गर्दै भेटघाटमा सहभागी एक नेताले भने।

ओलीले पार्टी बैठक भनेर बोलाई आफ्नो उछितो काडिएको र राजीनामा माग गरिएको प्रसंग उल्लेख गर्दा सहभागी युवा नेताहरुले प्रधानमन्त्री र अध्यक्ष दुवैबाट राजीनामा दिन नहुने सुझाव दिएको जनाइएको छ।

सहभागीहरुसँग ओलीले वर्तमान राष्ट्रवादी सरकारविरुद्ध देशी-विदेशी शक्ति लागिरहेकाे र त्यो प्रवृत्ति पार्टीमा पनि देखिएकाे भन्दै यसको भण्डारफोर गर्न आग्रह गरेका थिए।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.