घट्यो सुनको मूल्य

काठमाडौं- सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ। बिहीबार नेपाली बजारमा छापावाल सुन ९१ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो। शुक्रबारका लागि भने तोलामा ५ सय रुपैयाँले घटेर ९० हजार ५ सय रुपैयाँ मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै बिहीबार प्रतितोला ९० हजार ५ सय ६५ रुपैयाँमा कारोबार भएको तेजावी सुन शुक्रबार ९० हजार ६५ रुपैयाँ कायम भएको छ।

त्यसैगरी चाँदीको मूल्यसमेत प्रतितोला १० रुपैयाँ घटेको छ। बिहीबार ९ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबारका लागि प्रतितोला ९ सय ४० रुपैयाँ कायम भएको छ।

Facebook Comments