कञ्चनपुरमा ट्यांकरकाे ठक्करबाट एक जनाको मृत्यु,ट्यांकरमा आगजनी

कञ्चनपुर। कञ्चनपुरमा पानी बोक्ने ट्यांकरकाे ठक्करबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको पुनर्वास नगरपालिकाको कालिका स्वास्थ्यचौकीनजिक पानी बोक्ने ट्यांकरकाे ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा पुनर्वास नगरपालिका ७ का ३८ वर्षीय लोकेन्द्रसिंह ठकुरीको रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाक्षेत्रीले जानकारी दिए।

से ६ प ६४२६ नम्बरको मोटरसाईकलमा सवार ठकुरीलाई ट्यांकरले ठक्कर दिएको उनले बताए। घटनापछि आक्रोसित स्थानीयले उक्त ट्यांकरमा आगजनी गरेका छन्।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.