त्रिशूलीमा जिप खस्यो, गाेताखाेर टाेली परिचालन

काठमाडौं । जिप त्रिशूली नदीमा खसेर वेपत्ता भएको छ । पृथ्वी राजमार्गको मौवाखोला नजिकैबाट जिप त्रिशूली नदीमा खसेर वेपत्ता भएको हाे । धादिङ र चितवनको सिमानामा पर्ने धादिङतर्फको सो खोलाको बाँदरेमोडबाट आज बिहान जिप नदीमा खसेको सशस्त्र प्रहरी तालिम शिक्षालय कुरिनटारका प्रमुख सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक कालिदास धौबजीले जानकारी दिए ।

उनका अनुसार स्थानीय सुनमाया चेपाङले माछा मार्न थापिएको जाल लिन जाँदा जिप खसेको देखेपछि नजिकैका व्यक्तिमार्फत सशस्त्र प्रहरीलाई खबर आउन साथ गोताखोर टोली परिचालन गरिएकाे छ। अहिले सशस्त्रको सो टोली सहित जिल्ला प्रहरी कार्यालय धादिङ र आदमघाटस्थित सशस्त्र टोलीले खोजी कार्य जारी राखेका छन् ।

वरिष्ठ उपरीक्षक धौबजीले भने, “जीप काठमाडौंतर्फ जाँदै गरेको अनुमान गरिएको छ । जिपमा कति सवार रहेका थिए भन्ने एकीन भइसकेको छैन । गोताखोरले पानीभित्र झण्डै २५ फिट तलसम्म हेर्दासमेत जीप फेला परेको छैन । ”

प्रत्यक्षदर्शीका अनुसार खसेको सो जिप एम्बुलेन्स जस्तो देखिने सेतोमा कालो धर्का भएको बताइएको छ ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.