काठमाडौँ : दुई पिल्लरमा अडिएको एक यस्तो देश जहाँ २७ जना मात्र बसोबास गर्छन।
इंगल्याण्डको साफोल्स समुन्द्री तटबाट १० किलोमिटर टाढा रहेको सील्याण्ड माइक्रो नेसनका नामले पनि चिनिन्छ । सुन्दा अच्चम्म लाग्छ तर यो सत्य हो। मात्र शून्य दशमलव शून्य शून्य एक वर्ग किलोमिटर क्षेत्रफल भएको सील्याण्ड युरोपको बिकसित देश बेलायतको नजिकै रहेको छ ।
यसले आफूलाई विश्वकै सबैभन्दा सानो देशका रुपमा दाबी गर्दछ ।यस देशका राष्ट्रपति, प्रधानमन्त्री वा मालिक जो भनेपनि रोय बेट्स नामक एक व्यक्ति थिए । उनको मृ’त्यु पश्चात् त्यस देशको जिम्मेवारी उनका छोरा माइकलले लिएका छन् । यस देशको निर्माण दोश्रो विश्वयुद्धताका ब्रिटेनले गरेको भनाइ छ । यद्यपि यस देशलाई कुनैपनि अन्तर्राष्ट्रिय मान्यता भने दिइएको छैन ।
आफ्नै कुनै जीविकोपार्जनको साधन नभएता पनि यस देशको आफ्नै मु्द्रा र स्ट्याम्प टिकट छ । खासमा यस देशमा थुप्रै विदेशी आर्थिक सहयोग आउने गरेको छ । अन्तर्राष्ट्रिय मान्यता प्राप्त विश्वको सबैभन्दा सानो देश भने भ्याटिकन सिटी हो । एजेन्सीको सहयोगमा












Facebook Comments