क्वारेन्टिनमा मृत्यु भएकी महिलाको पिसिआर नेगेटिभ देखियाे

प्युठान । जेठ १३ गते क्वारेन्टिनमा मुत्यु भएकी प्युठानकी महिलाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

ऐरावती गाउँपालिका वडा नं ६ बिजुली जनता माध्यमिक विद्यालयमा निर्मित क्वारेन्टिनमा बस्दै आएकी महिलाको पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले जानकारी दिए।

ती महिलाले लामो समयदेखि भारतमा बे्रन ट्युमरको उपचार गराइरहेकामा चिकित्सकले निको नहुने भनी घर पठाएका थिए । उनीसंँगै क्वारेन्टिनमा बसेका उनका श्रीमान्, आमा, भाइ र दुई छोराको यसअघि आरडिटी रिपोर्ट नेगेटिभ आएको थियो ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.