कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ७ पुग्याे

सुर्खेत । कोरोना भाइरसका कारण दैलेखमा एक जनाको मृत्यु भएको पुष्टि भएको छ । जिल्लाका दुल्लुस्थित विद्युत कार्यालयको क्वारेन्टिनमा शनिबार बिहान मृत्यु भएका युवकको रिपोर्ट पोजेटिभ आएको हो ।

दुल्लु–११ का ३५ वर्षीय पुरुषको विहान निधन भएको थियो । दिउँसो उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर विधिबाट गरिएको परीक्षणमा युवकको नतिजा पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए ।

उनको स्वाब तीन दिनअघि पठाइएको थियो । उनी ७९ जना साथीसहित १० दिन अघिमात्र भारतको गुजरातबाट गाउँ फर्किएका थिए । याेसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

Facebook Comments