विराटनगर । निरन्तरको वर्षाका कारण केसलीया खोलामा आएको बाढी विराटनगर विमानस्थलमा पसेको छ ।
बुधबार बिहान विमानस्थलमा बाढी पसेको हो ।
विमानस्थलको रनवे र पार्किङ एरिया जलमग्न भएको विमानस्थल प्रमुख उत्सव खरेलले जानकारी दिए ।
उनका अनुसार बाढीका कारण उडान प्रभावित भएको छ । क्वाटरमा पनि बाढी पस्ने जोखिम रहेको उनले बताए ।











Facebook Comments