नेकपा सचिवालय बैठकमा ओली र प्रचण्डबीच भनाभन

काठमाडाैँ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा भनाभन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अधयक्ष प्रचण्डबीच मंगलबार पनि भनाभन भएको हाे।

प्रचण्डले ओलीमाथि प्रश्नको वर्षा गर्दै प्रतिवेदन ल्याएपछि नेकपाभित्रको विवाद नयाँ चरणमा प्रवेश गरेको थियो भने ओलीले पनि प्रचण्डको जवाफी प्रतिवेदन ल्याएपछि पार्टीभित्रको विवाद र नेतृत्वतहमा इगो कुन हदसम्म रहेछ भन्ने सार्वजनिक भएको थियो ।

दुई अध्यक्ष पार्टीको वैचारिक लाइन, नीति र एजेण्डामा भन्दा पनि व्यक्तिगत र राजनीतिक खिचातानीमा रुमल्लिरहेको उनीहरुले ल्याएको प्रस्तावबाट झल्किएको कतिपयले टिप्प्णी गर्दै आएका छन् ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले आजको बैठकमा ओली र प्रचण्डको दुबै प्रस्तावमाथि छलफल सुरु भएको औपचारिक तथा अनौपचारिक तहबाट छलफल गरेर समस्याको समाधान खोजिने बताए । उनका अनुसार बैठकमा प्रचण्ड र ओलीले आफ्नो धारणा राख्नुका साथै पार्टी विभाजन हुन नदिन सबैले प्रतिवद्धता जनाएका थिए ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.