काेसँग लगनगाँठाे कस्दै छन् रमेश प्रसाई?

काठमाडाैं । नवगायक तथा प्रखर वक्ता रमेश प्रसाईले लगनगाँठाे कस्ने भएका छन् ।

रमेशले यहि मंसिर २२ गते विहे गर्ने तय भएको उनका निकट मित्र जीवन विष्टले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन्।

जीवनले पनि रमेशसँगै एकै मण्डपमा सँगै विहे गर्दैछन्। उनले दुबैको संयुक्त विहेको निमन्त्रणा पत्र समेत सार्वजनिक भएकाे छ।

समसामयिक विषयमा खरो रुपमा बोल्ने प्रसाईको परिचय पछिल्लो समय गायकका रुपमा बनेको छ। उनले हालसालै गाएको ‘रिंकी बुन्को रागोलाई’ बोलको ‘कभर संङ्ग’ लोकप्रिय बनेको छ।

ताप्लेजुङ निवासी प्रसाईले कालिकोट डिल्लीकोटकी नन्दा सिंहसँग विहे गर्न लागेका हुन्। नन्दा पनि दृष्टिविहीन हुन्। उनले अभिभावक नभएका बालबालिकालाई सहारा दिँदै आएकी छन्। बाल्यकाकी साथी गीता बस्नेतसँग मिलेर बालबालिकाको हेरचाहका लागि काठमाडौंमा ‘अन्तरदृष्टि नेपाल’ नामक संस्था चलाएकी छन्। संस्थाले अनाथ असहाय बालबालिकाको हेरचाह, पढाई र अन्य सबै जिम्मेवारी पुरा गर्दै आएको छ।

रमेशका साथी जीवनले भने जुनु तामाङसँग गर्दैछन्। रमेश र जीवन १२ वर्षदेखि सँगै बस्दै आएका छन्। आफ्नो मित्रतालाई कायम राख्दै उनीहरुले एकै मण्डपमा एकै दिन विहे गर्ने निर्णय गरेका हुन् ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.