बालुवाटारबाटै देशभर गुटबन्दी गरेकाे प्रचण्डकाे आरोप

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीमा ठूलो अहंकार देखिएको आरोप लगाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेकाे नेकपा सचिवालय बैठमका प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका ओलीले गुटबन्दी गरेको पनि जिकिर गरेका छन् । यसअगाडि पनि ओलीमाथि शक्तिकेन्द्रित गरेको तथा व्यक्तिवाद बढिरहेको आरोप पार्टीभित्रैबाट लाग्दै आएको थियो ।

नेकपा सचिवालयका एक सदस्यका अनुसार प्रचण्डले ओलीलाई ‘तपाईंले अगाडि सारेको पत्रमा व्यक्तिवाद छ, अंहकार छ । तपाईंमा ‘आई एम द स्टेट’ भन्ने ठूलो भ्रम छ,’ भनेका थिए ।

प्रचण्डले आफूमाथि लगाइएका आरोपको पनि खण्डन गरेका छन् । सचिवालयका ती सदस्यका अनुसार ओलीले गुटबन्दी गरेको आरोप लगाउँदै दाहालले भनेका थिए, ‘तपाईंमा जति गुटवाद कसैमा छैन । दिनदिनै बालुवाटारमा गुटबन्दी गर्नुहुन्छ । देशभरी मदन भण्डारी फाउन्डेशनमार्फत गुटबन्दी गर्ने काम तपाईंले नै गर्नुभएको छ । अरुलाई आरोप लगाउनुको कुनै तुक छैन ।’

Facebook Comments