लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

 झापा । जिल्ला प्रहरी कार्यालय झापाले एकजना फरार प्रतिवादी पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा दमक नगरपालिका-७ बस्ने ६५ वर्षीय टेकबहादुर नेम्बाङ रहेका प्रहरीले जनाएकाे छ।

जिल्ला अदालत झापाको २०७५ असार २१ गतेको फैसलाले लागूऔषध गाँजा मुद्दामा २ वर्ष ६ महिना कैद र २० हजार रुपैयाँ जरिवाना सुनाएको थियो । तर २ वर्ष ४ महिना १५ दिन कैद असुल हुन बाँकी छँदै उनी फरार भएका थिए ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई घरबाटै पक्राउ गरेको हो ।

पक्राउ परेका नेम्बाङलाई मंगलबार जिल्ला अदालत झापामा उपस्थित गराइएको थियाे । अदालतले उनलाई बाँकी कैद भुक्तानका लागि कारागार कार्यालय चन्द्रगढी पठाउने आदेश दिएकाे छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.