लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

 झापा । जिल्ला प्रहरी कार्यालय झापाले एकजना फरार प्रतिवादी पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा दमक नगरपालिका-७ बस्ने ६५ वर्षीय टेकबहादुर नेम्बाङ रहेका प्रहरीले जनाएकाे छ।

जिल्ला अदालत झापाको २०७५ असार २१ गतेको फैसलाले लागूऔषध गाँजा मुद्दामा २ वर्ष ६ महिना कैद र २० हजार रुपैयाँ जरिवाना सुनाएको थियो । तर २ वर्ष ४ महिना १५ दिन कैद असुल हुन बाँकी छँदै उनी फरार भएका थिए ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई घरबाटै पक्राउ गरेको हो ।

पक्राउ परेका नेम्बाङलाई मंगलबार जिल्ला अदालत झापामा उपस्थित गराइएको थियाे । अदालतले उनलाई बाँकी कैद भुक्तानका लागि कारागार कार्यालय चन्द्रगढी पठाउने आदेश दिएकाे छ।

Facebook Comments