विवाद बढेकाे बेला सचिवालय बैठककाे औचित्य छैन त्यसैले अब बैठक नराखौं : केपी ओली

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकको औचित्य नभएको बताएका छन् ।

मंगलबार बालुवाटारमा बसेकाे नेकपा सचिवालय बैठकमा बोल्दै उनले तत्काल सचिवालय बैठक आवश्यक नभएको बताएका हुन्।

‘विवाद भइरहेको अवस्था छ। यस्तो अवस्थामा बैठक राखेर काम छैन। बैठकको औचित्य पनि छैन’, ओलीको भनाइ उद्धृत गर्दै एक सचिवालय सदस्यले भने, ‘त्यसैले अब बैठक नराखौं।’ ओलीले बैठकको सुरुमै आफ्नो धारणा राखेका थिए।

ती सचिवालय सदस्यका अनुसार विष्णु पौडेल बाहेक सबैले बैठक राख्नुपर्ने कुरामा जोड दिएका थिए। ‘विष्णु कमरेड भने मौन बस्नुभयो’, उनले भने।

बैठकमा पुष्पकमल दाहाल प्रचण्डले आफूमाथि मंसिर १३ को बैठकमा ओलीले लगाएको आरोपको खण्डन गरेका थिए। उनले बुँदागत रुपमा आफूमाथि सबैजसो आरोपको खण्डन गरेका थिए।

प्रचण्डले बैठकबारे ओलीको धारणाको पनि खण्डन गर्दै बैठकको औचित्यबारे बोलेका थिए।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.