बुटवलमा ५५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

बुटवल । बुटवलको धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा आज बिहान थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका–८ का ५५ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्तालमा उपचार गर्दा गर्दे मृत्यु भएको अस्पतालमा सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका उनको सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचार गर्दागर्दे बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

संक्रमित पुरुष उच्च रक्तचाप, मधुमेह र फोक्सोको दीर्घरोगीसमेत रहेका थिए ।

Facebook Comments