सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार घटेर ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छ ।

यस्तै शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ।

बिहीबार तोलामा ११८० रुपैयाँ प्रतितोला रहेको चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

Facebook Comments