काठमाडौंका सीडीओ दाहाललाई कोरोना संक्रमण

काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) जनकराज दाहाल र उनकी पत्नीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

सीडीओ दाहालको अवस्था सामान्य रहेको र हाल होम आइसोलेसनमा रहेको बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले सीडीओ दाहाललाई बुधबार कोरोना संक्रमण पुष्टि भएको बताए।

सीडीओ दाहालले आफू र पत्नीलाई कोरोना भएको विषयमा बिहीबार गृह मन्त्रालयलाई जानकारी गराएका छन् ।

Facebook Comments