सुनसरीकी ५२ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौं । सुनसरीकी ५२ वर्षीया कोरोना संक्रमित महिलाको बी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएकाे छ ।

हाइपरटेन्सन र डायबिटिज रोग समेत भएकी महिलामा कार्तिक ३ गते कोभिड १९ संक्रमण पुष्टि भएको थियो ।

त्यसपछि उनलाई कार्तिक ५ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालमा उपचारकै क्रममा शुक्रवार साँझ ५ बजेर ५ मिनेटमा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

Facebook Comments